×

NMB BANK
NIC ASIA

पुषको जाडोमा पनि ४ चलचित्र छायाङ्कनकाे काम धमाधम

काठमाडाैं | पुस २९, २०८०

NTC
Premier Steels

अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।

Muktinath Bank

काठमाडौंका विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिए । ‘हाम्रो विषयअनुसार बढी छायाङ्कन रातमा गरिरहेका छौँ । हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ,’ उनले भने । यसको अन्तिम चरणको काम भइरहेको उनले जानकारी दिए । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौंमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको छायाङ्कन काठमाडौं आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मिरुना छिन् ।

Vianet communication

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको छायाङ्कन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ शुरू गर्नेछन् । 
 
शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिए । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ । 

चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाङ्कन सकिएको र काठमाडौंसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहेका छन् । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x