×

NMB BANK
NIC ASIA

आजदेखि घट्यो बैंकको ब्याजदर, कुन बैंकको कति ?

काठमाडाैं | माघ १, २०८०

NTC
Premier Steels

वाणिज्य र विकास बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

Muktinath Bank

१८ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा कम गरेका छन् भने विकास बैंकहरूले पनि अधिकतम सीमामा शून्य दशमलव २५ प्रतिशत कम गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्काल कर्जाको माग नबढ्ने देखेपछि आफ्नो खर्च कम गर्न निक्षेपमा आजदेखि लागू हुनेगरी ब्याजदर कम गरेको बैंकहरूले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

ब्याजदर कम भएपछि बैंकको न्यूनतम् पूँजीकोषमा दबाब कम पर्ने र पूँजीकोषमा कम दबाब परेपछि कर्जा विस्तारमा सहजीकरण हुने विश्वासमा ब्याजदर कम गरिएको एक वाणिज्य बैंकका सीईओले दाबी गरे ।

Vianet communication

कुन वाणिज्य बैंकको ब्याजदर कति ?

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १८ ले निक्षेपमा ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंकले पुसको तुलनामा १ दशमलव ९ प्रतिशतले ब्याज घटाएको छ ।

त्यस्तै पुसमा माछापुच्छ्रे बैंकले मुद्दतिमा ९ प्रतिशत ब्याज दिन्थ्यो भने माघका लागि ८ प्रतिशत तय गरेको छ ।

नेपाल एसबीआईले अघिल्लो महिनाको ९ दशमलव ६ प्रतिशतबाट घटाएर ८ दशमलव २५ प्रतिशत बनाएको छ भने कुमारी बैंकले ९ दशमलव ३१ प्रतिशतबाट ८ दशमलव ११ प्रतिशतमा झारेको छ ।

प्रभु बैंकको ९ प्रतिशतबाट ८ दशमलव ०६ प्रतिशत, सानिमाको ९ प्रतिशतबाट ८ दशमलव १५, लक्ष्मी सनराइजको ९ प्रतिशतबाट ८ मा, एनआईसी एसियाको ८ दशमलव ६७ प्रतिशतबाट ८ दशमलव ०६ र राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशतबाट ८ दशमलव ०७ प्रतिशतमा झरेको छ ।

एनएमबी बैंकले आफ्नो ब्याजदरमा कुनै परिवर्तन गरेको छैन भने नबिल बैंक र ग्लोबल आईएमई दुवै बैंकले ८ दशमलव ६ बाट ८ दशमलव १ प्रतिशतमा झारेका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ दशमलव ५६ प्रतिशतबाट ८ दशमलव ०७ प्रतिशतमा कायम गरेको छ ।

नेपाल बैंकले ८ दशमलव ५५ प्रतिशतबाट ८ प्रतिशतमा ब्याजदर झारेको छ भने पुसमा ८ प्रतिशत ब्याज दिइरहेको एभरेस्ट बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज दिँदै आएकोमा माघ महिनाका लागि ८ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै सिटिजन्सले ९ दशमलव ३५ प्रतिशतबाट ९ दशमलव १५ प्रतिशतमा झारेको छ ।

सिद्धार्थ बैंकले ९ दशमलव २५ प्रतिशतबाट ८ दशमलव १ प्रतिशत ब्याजदर कम गरेको छ भने हिमालयन बैंकले ८ दशमलव ६ प्रतिशतबाट ८ दशमलव १५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

गत साउनदेखि बैंकहरूबीच ब्याजदर तलमाथि गर्ने भद्र सहमति तोडिएको थियो । त्यसयता राष्ट्र बैंकले तोकेको सीमाअनुसार बैंकहरूले छुट्टै ब्याजदर तय गर्दै आइरहेका छन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेपछि बैंकहरू ब्याजदर अझै घटाउनु पर्ने मनोवैज्ञानिक दबाबमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x