×

NMB BANK
NIC ASIA

कलिलो उमेरमै लोभलाग्दो सफलता

‘टेक्निक’ लगाएर पढ्दा १९ वर्षमै निमावि शिक्षक बनिन् लेकिडोमा, ६ घण्टा पैदल हिँडेर स्कूल जान्थे नवीन

विराटनगर | माघ १३, २०८०

NTC
Premier Steels

पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ नवमीडाँडाकी लेकिडोमा तामाङ भर्खर १९ वर्षकी पुगिन् । तर उनले सफलता भने लोभलाग्दो हासिल गरेकी छिन् । लेकिडोमाले शिक्षक सेवा आयोगको परीक्षामा एकैपटकमा नाम निकाल्न सफल भएकी हुन् । उनी कम उमेरमै निमाविकी स्थायी शिक्षक बन्न सफल भइन् । यसले उनको स्थानीय स्तरमा मात्र नभएर देशैभरि वाहवाही भएको छ ।

Muktinath Bank

लेकिडोमा गत वैशाखको ९ गते आयोगको परीक्षामामा सहभागी भएकी थिइन् । शिक्षक सेवा आयोगले कोशी प्रदेशका लागि गणित विषयमा ४७ जनाको दरबन्दी खुलाएको थियो । जसमा ८५३ जनाले दरखास्त दिएका थिए । लेकिडोमाले १६ आँै नम्बरमा नाम निकालेकी छिन् । आदिवासी–जनजाति समुदायकी उनले खुलामा नाम निकालेकी हुन् । ‘आदिवासी–जनजाति कोटामा नाम निक्लिए हुनेथियो जस्तो लागेको थियो,’ उनले लोकान्तरसँग कुराकानी गर्दै भनिन् ‘तर खुलामै नाम निकाल्न सफल भएँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 


Advertisment
Nabil box
Kumari

लेकिडोमाले १४ वर्ष पूरा नभई एसइई दिन नपाइने भएपछि कक्षा ९ को ‘रजिस्ट्रेसन फारम’ भर्दा एकवर्ष उमेर बढाएकी थिइन् । सरकारी कागजातमा २० वर्ष उमेर भए पनि आफू अहिले १९ वर्षकी मात्रै भएको उनले बताइन् ।

Vianet communication

२०७४ सालमा सिद्धकाली मावि फेदायपबाट एसईई उत्तीर्ण गरेर लेकिडोले २०७६ सालमा फिदिमस्थित कञ्चनजंघा माविबाट गणित विषयमा प्लस टू सकेकी थिइन् । उनी अहिले मोरङको सुकुना बहुमुखी क्याम्पस बीए दोस्रो वर्षमा अध्ययनरत छिन् ।  उनले पढाइमा धेरै मेहनत नगरेको बताइन् । तर ‘टेक्निक’ लगाएर नियमित रुपमा थोर–थोरै पढ्ने आफ्नो बानी रहेको उनी सुनाउँछिन् । २०७९ मा शिक्षकको लाइसेन्स परीक्षा पहिलो पटक पास गरेकी लेकिडोमाले शिक्षक सेवाको परीक्षा पनि पहिलो पटक नै पास गरेकी हुन् । 

उनकी आमा वीरमाया तामाङ सिद्धकाली मावि, फेदायपको निमावि तहमा सामाजिक विषय शिक्षिका हुन् भने बुवा सन्तवीर सिद्धदेवी माविकै  गणित विषयका शिक्षक छन् । बुवा–आमा नै शिक्षक– शिक्षिका भएकाले कुनै पनि दुःख–कष्ट भोग्नु नपरेको उनले सुनाइन् ।

लेकिडोमा तामाङ ।

लेकिडोमा सिद्धकाली माविमा ऐच्छिक गणित विषय पढ्ने एक्ली विद्यार्थी थिइन् । यसले उनी पढाइमा तगडा थिइन् भन्ने पुष्टि गर्छ ।   

संखुवासभा सिलिचोङ गाउँपालिका वडा नम्बर– ४ माङसेवाका नवीन राई पनि भर्खर २० वर्षका भए । तर उनले सफलता भने लोभलाग्दो हासिल गरेका छन् । नवीनले विज्ञान विषयतर्फ निम्न माध्यमिक तहमा नाम निकालेका छन् । नवीनले जनजाति माध्यमिक विद्यालय, माङसेवुङवाट एसएलसी उतीर्ण गरेका थिए । उनले कक्षा–३ सम्मको अध्ययन भने ज्ञानोदय आधारभूत विद्यालयबाट गरे । कक्षा ४ दखि १० सम्म भने जनजाति माविमा अध्ययन गरेका थिए । त्यहाँ अध्ययन गर्दा उनले दैनिक ६ घण्टा पैदल हिँड्नु पर्यो । ‘स्कूल जान तीन घण्टा र आउन तीन घण्टा पैदल हिँड्नु पथ्र्याे । मैले ६ वर्षसम्म यसरी नै दुःख गरेँ,’ उनी भन्छन् । बिहान ७ बज्दा स्कूल हिँड्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

नवीन १० कक्षामा पढ्न थालेपछि उनको दुख देखेर बुवाआमाले विद्यालय छेउमै घर किनिदिएका थिए ।

शिक्षक सेवा आयोगमा नाम निकालेर लेकिडोमा र नवीन नेपालकै कान्छा–कान्छी शिक्षक बन्न सफल भएका छन् ।

त्यसाे त नवीनको परिवार सामान्य खालको छ । उनका बुवा–आमा खेतीकिसानी गर्ने गर्छन् । पहिले अवस्था झनै नाजुक थियो । उनका बुवा प्रजाबहादुर सामान्य हातमुख जोर्न अर्काकोमा हली बसेका थिए । तर अहिले आर्थिक अवस्था सुधार भएको छ । ‘पारिवारकोे आर्थिक अवस्था कमजोर भएका कारण बुवा हली बस्नु भएको रहेछ,’ रवीनले लोकान्तरसँगको कुराकानीका क्रममा भने, ‘ऋण तिर्न १९ वर्षसम्म अर्काकोमा हलो जोत्नुभएको थियो ।’ बुवा प्रजाबहादुर २ वर्षको हुँदा नै हजुरबुवा बितेकाले घरको ऋण बुवाको काँधमा आएको उनले सुनाए ।

नवीनका अनुसार उनका बुवा १९ वर्षपछि ऋणमुक्त भएर घरमा आइ पढ्न थालेका थिए ।  ‘बुवा १९ वर्षको उमेरमा कक्षा १ मा भर्ना हुनु भएको थियो रे,’ उनले भने, ‘२५ वर्षको उमेर कक्षा ५ मा पुग्नुभएछ । ५ कक्षा पढ्दै गर्दा उहाँको विवाह भएकाले पढाइ रोकिएछ ।’ आमा कल्पना राईले भने पढ्न पाइनन् । आफूले नपढे पनि उनले छोराछोरीको पढाइमा ठूलो सहयोग गरेको नवीनले सुनाए ।

नवीन राई ।

परिवारका जेठा सन्तान नवीनले २०७८ सालमा संखुवासभाको सदरमुकाम खाँदबारीको बागेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । उनले ०७९ सालमा अध्यापन अनुमति पत्रमा नाम निकालेका थिए । उनले पहिलोपटकमै नाम निकालेका हुन् । यद्यपि, उनले एक वर्षअघिदेखि नै अध्यापन गराइरहेका छन् । आफैँले पढेको विद्यालयमा २०७९ सालदेखि पढाउन थालेको उनले बताए । उनी यसअघि भने करारमा काम गर्ने गर्थे । 

शिक्षकसेवा आयोगमा नाम निकालेका नवीन र लेकिडोमा दुवैजना नेपालकै कान्छा–कान्छी शिक्षक भएको सुकुना बहुमुखी क्याम्पसको दाबी छ । ‘हामीले सोधी खोजी गर्दा दुवैजना नेपालमै कम उमेरका स्थायी शिक्षक हुन् भन्ने बुझेका छौँ,’ सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले भन्छन् । 

नवीन र लेकिडोमा दुवै कक्षा १ देखि १० सम्म नै प्रथम भएका विद्यार्थी हुन् । दोस्रो स्थान ल्याउँदा कस्तो हुन्छ उनीहरूसँग अनुभव छैन ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x