×

NMB BANK
NIC ASIA

सुपर सिक्समा पुग्दाको नालीबेली

यसरी सम्भव बनेको थियो अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडाैं | माघ १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बलियो अफगानिस्तानविरुद्ध नेपालले आईसीसी यू–१९ विश्वकपमा अन्ततः सनसनीपूर्ण जीत हासिल गर्दै सुपर सिक्समा प्रवेश पायो । समूह ‘डी’को रोमाञ्चक खेलमा नेपालले अन्ततः सकसपूर्ण रुपमा जीत हात पार्दै अर्को चरणमा खेल्ने सुनिश्चित गरेको हो । 

Muktinath Bank

अघिल्ला दुवै खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजय ब्यहोरेपछि नेपाल र अफगानिस्तान एक अर्कालाई हराएमात्रै सुपर सिक्समा प्रवेश गर्थे । यसैले दुवै टोलीका लागि अन्तिम खेल ‘गर या मर’को अवस्थामा थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले सिनियरजस्तै अहिले जुनियर टोलीमा पनि नेपालमाथि अफगानिस्तान सधैँजस्तो तगारो बन्दै आएको थियो । तर शुक्रवार भने टेस्ट मान्य प्राप्त राष्ट्रिय टोलीको जुनियर टीमलाई नेपालले स्तब्ध पारिदियो ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication
Laxmi Bank

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत इस्ट लन्डनमा भएको उक्त निर्णायक खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले १४५ रन मात्र बनायो । ‘लो स्कोरिङ म्याच’ (मात्र १४६ रनको लक्ष्य) हुँदा पनि नेपालले जित्नेमा सकस देखियो । तर अन्ततः नेपाल १ विकेटको रोमाञ्चक जीत दर्ता गर्न सफल भयो । प्रत्यक्ष खेल हेर्नेका लागि निक्कै सकसपूर्ण उतारचढावले भरिएको खेलमा मुख्यतः नेपालका चार खेलाडी मुख्य नायक बने । 

बलिङमा आकाश चन्दको सनसनी

पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डविरुद्ध ब्याटिङमा फिक्का देखिएको थियो अफगानिस्तान । तर नेपालविरुद्ध भने चुनौतीपूर्ण लक्ष्य दिने गरी पहिले ब्याटिङमा उत्रियो । चौथो बलदेखि नै अफगानिस्तानको विकेट पतनको शुरूआत भयो । ओपनर नुमन शाहलाई गुलसन झाले दीपक डुम्रेबाट क्याचआउट गराए । त्यसपछि मध्यम गतिका बलर आकाश चन्दको जादुयी बलिङ शुरू भयो । 

खालिद तनवाललाई शून्य रनमा आउट गरेर उनले अफगानिस्तानलाई २ रन २ विकेटको स्थितिमा पुर्याए । टीमको रन १७ हुँदा अर्का ओपनर जमशिद जद्रानको विकेट पनि आकाशले नै हात पारे । पूरा टीमले २७ रन बनाएर खेलिरहँदा आकाशले फेरि सोहेल खानको विकेट लिए । लगत्तै ३५ रनको स्थितिमा अफगानिस्तानका अलि अहमेदको विकेट पनि उनकै नाममा रह्यो । फेरि ११.३ ओभरमा ३५ बलमा २० रन बनाएर खेलिरहेका हसन इशाखिलको विकेट पनि आकाशले नै लिएपछि अफगानिस्तान दयनीय स्थितिमा पुग्यो । यो विकेटसँगै आकाशले गर्दै ५ विकेट पनि पूरा गरे । यो सनसनीपूर्ण बलिङ हो । बलियो मानिएको टीमलाई यसरी शुरूआतबाटै ४३–६ को स्थितिमा पुर्याएर धराशयी बनाउन चन्द​ले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनी खेलको प्लेयर अफ दी म्याच पनि चुनिए ।

null 

यसपछि भने एम घन्जानफर आक्रामक बन्न पुगे । उनले ४ चौका र ३ छक्कासहित २१ बलमा आक्रामक ३७ जोड्न पुगे । जसले अफगानिस्तान ४३–६ बाट ८५–७ को स्थितिमा पुग्यो । आक्रामक बनेका घन्जानफरको विकेट सुवास भण्डारीले लिएपछि नेपाल फेरि खेलमा फर्किने अवस्थामा देखियो । 

घन्जनाफर र नासिर खानले ४२ रन र नासिर खान र फरिद्दोन दावदजाइले ५५ रनको रनको पार्टनरसीप गरे । तर फेरि नेपाली बलर चम्किँदा अफगानिस्तान ४०.१ ओभरमै सबै विकेट गुमाएर १४५ रनमा समेटियो । 

ब्याटिङमा देव, दिपक र सुवास

अफगानिस्तानको कसिलो बलिङसामु नेपाललाई यही १४६ रनको लक्ष्य पनि सहज मान्ने अवस्था थिएन । किनकि, निर्णायक खेल भएकाले उत्तिकै दबाब पनि थियो । आशा गरिएका अर्जुन कुमाल १०, विपिन रावल २ र गुलसन झा १ रनमा आउट भएपछि नेपाल २४–३ को खराब अवस्थामा पुग्यो । यो किनै नै दबाबपूर्ण अवस्था थियो । 

तर कप्तान देव खनाल र आकाश त्रिपाठीले संयमतापूर्वक ब्याटिङ गर्दै ९० बलमा ४९ रनको महत्पूर्ण साझेदारी गर्न पुगे । त्रिपाठी ३९ बलमा १६ रन बनाएर आउट भए । तर उनले सुस्त खेलेर भए पनि विकेट जोगाए । जसले २४–३ बाट नेपाल ७३–४ को स्थितिमा पुग्यो । त्यसपछि ८६ मा ५ र ९१ रनमा छैठौं विकेट गुम्न पुगे । तर जमेर ब्याटिङ गर्न तम्सिएका कप्तान देव कत्ति पनि आत्तिएनन् । 

दिपक बोहोरासँग ५३ बलमा ३६ रनको साझेगरी गरेपछि नेपाल फेरि सहजै लक्ष्य तर्फ अघि बढ्यो । तर यही स्थितिमा कप्तान देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यसपछि भने अफगानिस्तान खेलमा हाबी हुनेतर्फ अघि बढ्यो । किनकि खेल जित्न नेपाललाई अझै १९ रन आवश्यक थियो । खेलमा पुछारका ब्याटम्यान मात्रै बाँकी थिए । 

तर बोहोरा र सुवास भण्डारी नआत्तिकन टिकिरहे । ४१ बलमा २३ रन बनाएर खेलेका बोहोरोले ४१.१ ओभरमा चौका प्रहार गर्दा नेपाल १४० रनको स्थितिमा पुग्यो । किनकी अब दुई विकेट बाँकी हुँदा नेपाल जीतबाट ६ रनले मात्रै टाढा थियो । तर लगत्तैको बलमा २७ रन बनाएर खेलिरहेका बोहोरा बोल्ड हुन पुगे । भण्डारीसँग २९ बलमा १३ रनको साझेदारी तोडिएपछि भने खेलमा ट्वीस्ट आउने देखियो । किनकि, सेट भएका बोहोराको विकेट १४०–८ को स्थितिमा गुमेपछि खेलमा जे पनि हुने स्थिति उत्पन्न भयो । दिपकले ४२ बलमा २७ रन बनाउँदा ४ वटा चौका प्रहार गरे । सेट ब्याटसम्यान आउट भएपछि अफगानी बलर झन् हाबी हुने ठाउँ थियो । 

दिपक आउट भएपछि जित्नका लागि आवश्यक रन ६ र र विकेट २ थियो । दिपक आउट भएपछि आकाश चन्द र सुवास भण्डारीले लगातार १२ बल डट खेल्न पुगे । जसले झन् दबाब नेपाललाई बनाइदियो । ४३.३ ओभरमा चन्दले १ रन लिँदै स्ट्राइक सुवासलाई दिए । लगत्तै सुवासले बाउन्ड्री प्रहार गर्न खोजे तर दुई रन मात्रै आयो । पाँचौ बलमा सुवासले फेरि १ रन लिएपछि नेपाल १४४–८ को अवस्थामा पुग्यो । अब जीतका लागि २ र बराबरी हुन १ रन टाढा देखियो । २ विकेट बाँकी हुँदा यो अप्ठ्यारो नेपालतिर भन्दा अफगानिस्तानतिर सोझिन पुग्यो । तर ओभरको अन्तिम बलमा ८ बल खेलेर १ रन बनाएका चन्द आउट हुन पुगे । यसले खेलमा फेरि जे पनि हुन सक्ने स्थिति देखियो ।

null 

जीतका लागि २ रन आवश्यक हुँदा नेपालसँग १ विकेट मात्रै बाँकी रह्यो । चन्दको विकेट अन्तिम बलमा गुमेपछि ४४ औँ ओभरको पहिलो बल खेल्ने अवसर सुवासले पाए । धेरै बल खेलेर सेट भएकोले अर्कोतिर भएका तिलक भण्डारीभन्दा सुवासले बल खेल्न पाउँदाको फाइदा नेपाललाई हुन पुग्यो । ओभरको पहिलो बल अफगानी बलर अरब गुलले वाइड फ्याँके । जसले खेललाई बराबरीमा पुर्यायो । 

यस्तोमा खेल नेपालले नहार्ने तर सुपरओभरमा जान सक्ने स्थिति बन्यो । अर्कोतिर अफगानिस्तान जीतबाट टाढा देखियो । त्यसपछि अफगानी फिल्डरले घेर्दा पनि सुवासले आत्मविश्वास देखाएर लगातार ३ बल डट खेले । यतिखेरसम्म पनि खेल जे पनि हुन सक्ने स्थितिमा पुग्यो । तर चौथो बललाई स्लीपबाट निकालेर बाउन्ड्रीतिर दिशा दिन सुवास सफल भए अनि नेपालले रोमाञ्चक १ विकेटको जीत हात पार्यो । २९ बलमा ९ रन मात्र बनाउनका बाबजुद नेपाललाई जीतसम्म डोहोर्याउने निर्णायक नायक अन्ततः सुवास बन्न पुगे । 

अब सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्नेछ ।

     

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x