माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडाैं | माघ १६, २०८०
अप्ठ्यारो स्थितिमा पनि सत्ता गठबन्धनलाई सौहार्द बनाउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवा कोशीको पछिल्लो प्रकरणपछि सशंकित बनेका छन् । प्रधानमन्त्री बन्न आफ्नो पालो कुरिरहेका देउवा राष्ट्रिय सभा निर्वाचनको नतिजाले सशंकित बनेका हुन् ।
माघ ११ गते अरू ६ प्रदेशमा गठबन्धनको भावनाअनुसार नै नतिजा आएको थियो । तर, मुख्यमन्त्री निर्वाचनदेखि नै पेचिलो बनेको कोशीमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् ।
कार्की पक्का जित्नुपर्ने मतभार कोशीमा थियो । तर, गठबन्धन दल कांग्रेसको एक समूहबाट भोट क्रश हुँदा देउवाले सौहाद्र्र बनाउन खोजेको गठबन्धनमा अविश्वासको बिउ रोपिएको छ ।
असन्तुष्टि भए पनि कोशीको यो विद्रोहले सत्ता गठबन्धन भत्किनेसम्मको स्थिति भने नआउने माओवादीका नेताहरूले बताएका छन् । तर, कोशीमा माओवादीको इन्द्र आङ्वोको सट्टा कांग्रेसबाट विद्रोह हुँदा केदार कार्की मुख्यमन्त्री भएको धेरै भएको छैन ।
यसबीचमा फेरि भोट क्रश हुनुले असन्तुष्टि भने बढाएको छ ।
‘माओवादीका वर्षमान पुनसहितका केही नेताले कोशीमा फेरि पनि धोका भयो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्रीले अहिलेसम्म आपत्ति जनाउने गरी प्रतिक्रिया दिनुभएको छैन,’ कांग्रेसका एक नेता भन्छन्, ‘गत चुनावदेखि कोशीको सरकार गठन र अहिले राष्ट्रिय सभामा कांग्रेसभित्रैबाट भोट क्रश भएपछि हाम्रो सभापति सशंकित बन्नुभएको चाहिँ सत्य हो ।’
गठबन्धन दलमा आपसी विश्वास सिर्जना गर्दै देउवा आफू प्रधानमन्त्री हुने चाहनामा छन् । तर, आफूलाई समेत अप्ठ्यारो पार्ने गरी कहिले मुख्यमन्त्री त कहिले राष्ट्रिय सभामा अस्वाभाविक खेल भएको बुझाइ देउवाको रहेको एक नेता बताउँछन् ।
‘समझदारी कायम गरिराख्न र विश्वास आर्जन गर्न धेरै कुराको जरुरत पर्छ । तर, बिगार्नलाई धेरै चिजको खाँचो पर्दैन । आगो लगाउन एउटा झिल्को काफी हुन्छ । गठबन्धन दलबीच कोशीको विषयले नै दुरी बढाउँदैन, तर पटक–पटक यस्तो भएपछि जोकोहीलाई पनि घोत्लिन बाध्य बनाउँछ,’ कांग्रेसका संस्थापनपक्षीय एक नेता भन्छन्, ‘सभापतिले गठबन्धनमा अप्ठ्यारो नआओस् भनेर हरेक कदममा संयमता अपनाउनुभएको छ । बोल्नुपर्ने विषयमा समेत उहाँले मौनता साँध्नुभएको छ । तर, पटक–पटक यस्तो हुन थालेपछि झस्का पस्नु अस्वाभाविक होइन ।’
कोशीको घटनालाई कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि स्वाभाविक मान्दैनन् ।
‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा गठबन्धनको पक्षमा आएको परिणाम स्वाभाविक छैन । यो अप्रत्याशित र चिन्ताजनक विषय हो,’ उनले लोकान्तरसँग भने, ‘कोशीकै कारणले सत्ता गठबन्धनलाई कुनै राजनीतिक प्रतिकूलता त आउँदैन तर, यो घटना गम्भीर भएको कांग्रेसको बुझाइ छ । यसबारे गम्भीर रूपमा समीक्षा गर्न हामी तयार छौं ।’
पार्टी समुदायमा कांग्रेस अभियान कार्यक्रममा व्यस्त भएकाले केही समयपछि यसबारे समीक्षा हुने उनले बताए ।
यसअघि माओवादीका आङ्वोलाई मुख्यमन्त्री बन्न नदिने गरी कांग्रेसको विद्रोही शेखर पक्षले एमालेको साथ लिएको थियो । यसपटक देखिने गरी शेखर समूह गठबन्धनको विरोधमा लागेको छैन, तर जित्नुपर्ने माओवादी उम्मेदवार कांग्रेसबाटै भोट क्रश हुँदा हारेपछि संशय बढेको कांग्रेस नेता उदयशमशेर राणा बताउँछन् ।
‘अरू प्रदेशमा सहजै भोटिङ भएर गठबन्धनका उम्मेदवार जिते । तर, कोशीमा पहिले पनि मुख्यमन्त्रीमा तनावको स्थिति आएपछि यसपटक फेरि गठबन्धनलाई धोका भयो,’ राणाले लोकान्तरसँग भने, ‘यसले तत्कालै गठबन्धनलाई अप्ठ्यारो पार्नेभन्दा पनि अविश्वास बढ्ने ठाउँ बढेर गयो । आममतदाताले भोट क्रश गरेजस्तो विषय होइन यो । नेताहरूले भोट हाल्दा यसरी किन क्रश गरे भन्ने चिन्ताजनक विषय छ ।’
प्रमुख प्रतिपक्षी दल एमालेले खुलारूपमै सत्ता ढाल्ने चेतावनी दिइरहेका बेला कोशीबाटै गठबन्धनमा अविश्वास पैदा भएपछि शेखर पक्ष पनि केही रक्षात्मक बनेको एक नेता बताउँछन् ।
‘कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा ८ जनाको विरोध भएपछि यसपटक राष्ट्रिय सभामा पनि उनीहरूतिर समेत लक्षित गर्ने काम भयो भन्ने सुनेका छौं । तर शेखर पक्षका ८ सांसदले सिटौलालाई भोट हालेको फोटो खिचेरै देखाए भन्नेसम्मको विषय सुन्यौं,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘तर कसले कहाँ कसरी खेले यो छानबिनको विषय बन्नुपर्छ । कसैलाई हराउन खोजेको भए धेरै नै भोट क्रश हुन्थ्यो होला, तर केही लोभीपापीले कांग्रेसमा खेलेको देखियो ।’
माघ ११ गते अरू ६ प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार सहजै विजयी भए । तर, कोशीमा भने परिणाम फरक देखियो । सत्ता गठबन्धनका कृष्णप्रसाद सिटौला निकै मेहनतपछि जित्न सफल भए पनि माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् ।
महिलातर्फ गठबन्धनका तीन सांसदले उम्मेदवार चम्पादेवी कार्कीलाई भोट नदिई एमालेकी रुक्मिणी कोइरालालाई भोट दिएर जिताइदिए । गठबन्धनबाटै प्रदेशका ३ र स्थानीय तहका १३ जनप्रतिनिधिले माओवादीको सट्टा एमाले उम्मेदवारलाई भोट दिएपछि यस्तो ट्वीस्ट आएको हो । तर प्रधानमन्त्री प्रचण्डदेखि, कांग्रेसका शीर्ष नेतृत्वसम्मलाई विश्वास लिएर टिकट लगेका कृष्णप्रसाद सिटौला भने जसोतसो जित्न पुगे ।
सिटौलाले ५,२९२ मत भार ल्याउँदा एमालेको समर्थन पाएका राप्रपाका उद्धवप्रसाद पौडेलले ४,५६२ मत प्राप्त गरे । सिटौलालाई गठबन्धनबाट प्रदेशसभाका दुई सांसदले भोट दिएनन् । अर्थात् गठबन्धनका ४७ मध्ये ४५ जनाको भोट सिटौलाले पाए । स्थानीय तहमा भने सिटौलाले गठबन्धनको सबै भोट पाए ।
‘गठबन्धनमै धोका हुँदा माओवादी उम्मेदवार चम्पा कार्कीले हार्ने स्थिति आयो । कृष्ण सिटौलालाई पनि हराउने सबै प्रयत्न भएको थियो । तर, यसको भेउ पाएर हामीले पनि तयारी गरेका थियौं,’ सिटौला निकट स्रोत भन्छ, ‘गठबन्धनको ४७ भएकाले देखिनलाई गठबन्धनतर्फ प्रदेशका २ सांसदले सिटौलालाई भोट नदिँदा दुई भोट मात्रै तलमाथि हो कि भन्ने देखिन्छ । तर कोशीमा यस्तो मात्रै अवस्था बनेन । सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच धेरै भोट यताउति भएको छ ।’
गठबन्धनबाट धोका पाए पनि सिटौलाले एमाले–राप्रपा गठबन्धनका स्थानीय तहका प्रतिनिधिको भोट पनि पाए । पौडेललाई एमाले–राप्रपाका ११९ जना स्थानीय तहका प्रतिनिधिले भोट हाल्नुपर्ने थियो । तर, १०९ को मात्रै भोट आयो । एमालेका सातजनाको भोट सिटौलातिर गएको देखिन्छ । सिटौला पक्षले यस्तो भोटलाई गणतन्त्रवादीको विश्वास भनेको छ ।
‘कोशीमा तनाव हुन्छ भन्ने हामीले पहिलेदेखि नै बुझेका थियौं, किनकि मुख्यमन्त्री बनाउनेदेखि नै कोशीले राम्रो संकेत गरेको थिएन । एमालेले कांग्रेसमा खेल्नैका लागि राप्रपासँग तालमेल गर्यो,’ सिटौलानिकट स्रोत भन्छ, ‘तर हामी पनि गठबन्धनबाट सबै भोट आउन सक्नेमा संशयमा थियौं । आफ्नालाई टिकट नदिएर राजावादी उम्मेदवार खडा गरेपछि गणतन्त्रवादीको भोट पनि हामीलाई आयो ।’
राप्रपासँग मिल्ने र कांग्रेसको समेत एक पक्षको भोट तान्ने रणनीति सफल हुँदा एमालेले रुक्मिणी कोइरालालाई जिताउन सक्यो । तर, सहमतिमा उठाएका पौडेलको पक्षमा सबै भोट झार्न सकेन । नाम फिर्ता लिए पनि कोशीमा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मतभार ल्याए । एमालेका एक प्रदेश सांसद र पाँच स्थानीय प्रतिनिधिको भोट उनले पाउँदा राप्रपाले आफूरूलाई एमालेले धोका दिएको आरोप लगाएको छ ।
अप्रत्याशित नतिजा आएपछि विजयी भए पनि सिटौलाले छानबिनको माग गरेका छन् । उनले खुलेर शेखर पक्षबाट असहयोग भएको आरोप लगाएका छैनन्, तर माओवादी उम्मेदवार हार्नुमा कांग्रेस सांसद सुनिल शर्मालगायत जिम्मेवार रहेको नेताहरू बताउँछन् ।
‘मुख्यमन्त्रीमा तनाव भएपछि प्रधानमन्त्री, कांग्रेस सभापति र शेखर कोइरालाले संयुक्त विज्ञप्तिमा निकालेर स्थितिलाई ट्रयाकमा ल्याएका थिए । त्यसैले शेखर पक्षले खुलेरै यसपटक असहयोग गर्ने नीति लिएको देखिँदैन,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसपटक माओवादीलाई हराउन उनै शर्माले अनेक खेल खेलेको उनका गतिविधिले देखाउँछन् ।’
शर्मा कार्कीलाई मुख्यमन्त्री बनाउन शेखर पक्षमा खुलेर लागेका हुन् । तर उनको पावर र पैसामा राजनीति गर्ने शैलीलाई शेखर पक्षले नै नरुचाएको नेताहरू बताउँछन् ।
‘यिनको कदम र गतिविधि राजनीतिक छैनन् । हामीलाई नै यिनले अप्ठ्यारो पार्छन् भन्ने बुझाइमा शेखर पक्ष छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यिनकै कारण कोशीमा शेखर पक्षले फेरि धोका दिएको हो कि भन्नेलाई बल पुगेको छ । तर यस्तो हुँदो हो त प्रदेशका धेरै सांसदको भोट क्रश हुँदा सिटौला पनि चुनाव हार्थे ।’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...