×

NMB BANK
NIC ASIA

कर्मचारी कोटामा छोरालाई विदेश पठाएपछि खानेपानी मन्त्रीलाई सतर्कता केन्द्रको स्पष्टीकरण

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

​कर्मचारी कोटामा छोरा सुनिल अधिकारी (यादव)लाई विदेश भ्रमणमा पठाएका खानेपानी मन्त्री महिन्द्रराय यादवलाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ ।

Muktinath Bank

मन्त्री यादवका छोरा सुनिल गत माघ ३ देखि ८ गतेसम्म कर्मचारी कोटामा मन्त्रालयका कर्मचारी​सँगै भारतको उडिसा प्रदेश पुगेका थिए । मन्त्री यादवले सुनिललाई उपसचिव सरहको सेवा सुविधामा स्वकीय सचिव नियुक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रले खानेपानी मन्त्रालयलाई स्पष्टीकरण सोध्दै ७ दिन भित्र जवाफ पेश गर्न पत्र काटेको छ ।


Advertisment
Nabil box
Kumari

केन्द्रका प्रवक्ता कृष्णप्रसाद पन्थका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ र राष्ट्रिय सतर्कता केन्द्रको कार्य सञ्चालन नियमावली, २०६५ को नियम ५ बमोजिम खानेपानी मन्त्रालयसँग विवरण माग गरिएको हो ।

Vianet communication

'कार्यक्रम आयोजक तथा प्रायोजकको विवरण, आमन्त्रण गरिएको आमन्त्रित कर्मचारीहरूको विवरण तथा उक्त निकाय/संस्थाद्वारा प्राप्त पत्र, भ्रमणका लागि मनोनयन भएका कर्मचारीहरूको निर्णय गरिएको विवरण, मन्त्रालय तथा मातहत कार्यालयबाट भ्रमणमा सहभागी भएका कर्मचारीहरूको विवरण माग गरेका छौं', पन्थले लोकान्तरसँग भने ।

कर्मचारीको कोटामा मन्त्रीका पीए, स्वकीय सचिव, सल्लाहकारहरू समेत विदेश भ्रमणमा जान लागेपछि त्यस्ता भ्रमणमा नपठाउन भन्दै केन्द्रको सचिव स्तरीय निर्णय गरी सबै मन्त्रालयहरूमा परिपत्र गरिएको थियो । तर, उक्त परिपत्रका विपरीत खानेपानी मन्त्री यादवले आफ्ना पीए छोरालाई भारत भ्रमणमा पठाएका थिए । ​

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुई जना सीडीईहरू रवीन्द्र पोखरेल र रतिश ओझासँगै मन्त्रीका छोरा (स्वकीय उपसचिव) सुनिल पनि भारत भ्रमणमा गएका थिए ।​

यूएन हेबिट्याटले प्रायोजन गरेको तथा उडिसा प्रदेश सरकारले आयोजना गरेको ’इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एण्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा भाग लिन मन्त्रीपुत्रसहितको उक्त टोली भारत भ्रमणमा गएका थिए।​

यो पनि पढ्नुहोस् 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x