×

NMB BANK
NIC ASIA

नेपाल-क्यानडा एकदिवसीय सिरिज

क्यानडाविरुद्धको सिरिज जित्दा नेपालका लागि जो बने नायक

काठमाडाैं | माघ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । तीन खेलको सिरिजका लागि नेपाल भ्रमणमा रहेको क्यानडालाई लगातार दुई खेलमा पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।

Muktinath Bank

पहिलो खेलमा अविश्वसनीय जस्तो लाग्ने स्थितिबाट कप्तान रोहित पौडेलले ४ विकेट लिँदै नेपाललाई ७ रनको सनसनीपूर्ण जीत दिलाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो खेलमा पनि सिनियर टिमका कप्तान रोहित, जुनियर यू–१९ टिमका कप्तान देव खनाल र ओपनर अनिल साहको शानदार खेलमा नेपालले सहजै सिरिज जितेको हो । 


Advertisment
Nabil box
Kumari

कीर्तिपुरस्थित मैदानमा शनिवार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले ९ विकेट गुमाउँदै २८५ रन जोडेको थियो । जवाफी २८६ रनको लक्ष्य पछ्याउँदा नेपालका लागि तीन खेलाडी (अनिल, रोहित र देव)ले अर्धशतकीय महत्त्वपूर्ण पारी खेले । ​

Vianet communication
Laxmi Bank

चुनौतीपूर्ण लक्ष्य भए पनि कुशल भुर्तेलले ठाउँमा अवसर पाएका अनिल साहले १९ बलमा ५० रनको आक्रामक कीर्तिमानी अर्धशतक प्रहार गरे ।

आशिफ शेखले एकदिवसीय  क्रिकेटमा नेपालको तर्फबाट सबैभन्दा छिटो अर्धशतक हानेको कीर्तिमान साहले राखे । साहको यो आक्रामक रनले नेपालको मनोबल बढाइदियो । 

नेपालको ५५ रन हुँदा आशिफ शेख १० रन बनाएर आउट भए । ६४ रन हुँदा अनिल साह पनि आउट हुन पुगे । 

null

यसपछि भने कप्तान रोहित पौडेल र देव खनालले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाली टिमको लागि जीतसम्म पुग्ने आधार प्रस्तुत गरे । 

यस क्रममा देव खनालले ७६ रन बनाए । जसमा उनले २ छक्का र ७ चौका प्रहार गरे । बलियो शतकीय साझेदारीमा साथ दिएका कप्तान रोहितले १०१ बलमा ८७ रन बनाए । यस क्रममा उनले ४ छक्का र ८ चौका प्रहार गरे । ३३.५ ओभरमा २१४ रन हुँदा नेपालको तेस्रो विकेट गुमेको थियो । 

त्यसपछि २५३ मा चौथो र २६१ रन हुँदा नेपालको पाँचौं विकेट गुमे पनि नेपाल दबाबमा आएन । भीम सार्कीले २३ रन बनाए । जमेका ब्याटर आउट भएपछि आएका उनले २१ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए । फिल्डिङका क्रममा सेट ब्याटरलाई आउट गर्दा उत्कृष्ट फिल्डिङ र २३ रनको महत्त्वपूर्ण योगदान पनि सार्कीको थियो ।

पवन शर्राफले १४ रनको योगदान दिए । कुशल मल्ल  र सोमपाल कामी ९/९ रनमा अविजित रहँदा नेपाल २९ बल अगावै ४ विकेटले खेल जित्दै सिरिज जित्न सफल भयो । 

पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जित्यो ।

पहिलो खेलमा अविश्वसनीय जस्तो लाग्ने स्थितिबाट कप्तान रोहित पौडेलले ४ विकेट लिँदै नेपाललाई ७ रनको सनसनीपूर्ण जीत दिलाएका थिए । 

दोस्रो खेलमा पनि सिनियर टिमका कप्तान रोहित, जुनियर यू–१९ टिमका कप्तान देव खनाल र ओपनर अनिल साहको शानदार खेलमा नेपालले सहजै सिरिज जितेको हो । 

नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा क्यानडाका लागि आरोन जोन्सनले ६२ बलमा ६५ रनको अर्धशतकीय पारी खेले । नवनति थलिवालले ६० बलमा ४६ रन बनाए । पर्गत सिंहले ३८ बलमा ३८, निकोलास किर्तोनले २० रनको योगदान दिए । 

बलिङमा जसले सम्हाले 

टस जितेर ब्याटिङका लागि उत्रिएपछि क्यानडाले नेपालविरुद्ध आक्रामक शुरूवात गरेको थियो । १८.२ ओभरमा ९४ रनको बलियो स्थितिमा क्यानडा पुगेको थियो ।

जसले खेलमा कम्तीमा तीन सयमाथिको रन बन्ने स्थिति देखाएको थियो । तर १८.३ ओभरमा ४६ रन बनाएर खेलिरहेका नवनीत धलिवाललाई आशिफ शेखबाट क्याचआउट गराए । 

फेरि २२.२ ओभरमा आक्रामक खेलिरहेका आरोप जोनसनलाई भीम सार्कीले उत्कृष्ट फिल्डिङ गर्दै आशिफ शेखको सहयोगमा रनआउट गरे ।

यसपछि पनि पर्गत सिंह र निकोलास किर्तोनले फेरि क्यानडालाई १७९ रनसम्म पुर्‍याए । तर रोहितले ३८ रन बनाएका पर्गगतको विकेट लिएपछि नेपालले खेलमा फर्किने महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

त्यसपछि १८० मा ४, १९३ मा ५ र २१२ मा ६ विकेट गुमाउने स्थितिमा क्यानडा पुग्यो । २१६ मा ७ र २३९ मा ८ गुमाएपछि भने क्यानडा केही सम्हालियो । 

नेपालका लागि रोहित पौडेलले ८ ओभरमा ३२ रन दिँदा २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ५१ रन दिएर २ विकेट लिए । 

श्रेयश मोभ्भा र उदय भगवानले चुनौतीपूर्ण २८६ रनको लक्ष्य दिने क्रममा ४० र २० रन जोडे । तर बलिङमा प्रभाव देखाउन नसक्दा चुनौतीपूर्ण लक्ष्य दिए पनि क्यानडा पराजित हुन पुग्यो ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x