बैशाख २०, २०८१
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
काठमाडाैं | फागुन १, २०८०
गूड आफ्टरनून, जापान २०२४ आर्टिकल-IV मिसनको समापनमा हामीसँग सामेल हुनुभएकोमा धन्यवाद ।
हामीले हाम्रो निष्कर्षमा पुग्नु अघि म यो चिन्न चाहन्छु कि सन् जापानको वर्ष २०२४ भयानक त्रासदीबाट सुरु भयो । नोटो प्रायद्वीपमा जनवरी १ मा गएको भूकम्पबाट प्रभावितहरूप्रति अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को तर्फबाट हाम्रो गहिरो सहानुभूति छ । हामी यस प्रकोपबाट भएको क्षतिको पुनर्निर्माण राम्रोसँग होस् भन्ने आशा गर्दछौं ।
म बैंक अफ जापानका अधिकारीहरू र निजी क्षेत्रका हाम्रा साझेदारहरूलाई पनि यस प्रक्रियामा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु । हामीले जापानको अर्थतन्त्रको मूल्याङ्कन गर्न टोकियोमा विगत केही हप्ता रहँदा हाम्रो टोलीसँगको तपाईंको संलग्नताको कदर गर्छौं ।
संक्षेपमा मैले हाम्रो खोज र सिफारिस पाँच विषयमा राख्नेछु ।
पहिलो-जापानको आर्थिक दृष्टिकोण
दशकौंदेखि जापानले मुद्रास्फीति न्यून राख्न र अहिलेसम्म देखिएको कमजोर घरेलु माग बढाउन संघर्ष गरिरहेको छ । अर्थशास्त्रीहरूले यस घटनालाई तनावपूर्ण ढंगबाट व्याख्या गरिरहेका छन् । जापानले सबैभन्दा पहिला नयाँ 'नीति उपकरण' विकास गरेको छ, जुन पछि विश्वभर लागू गरिएको छ ।
अब यो अवधि समाप्त हुँदैछ भन्ने मलाई लाग्छ । २०२३ मध्यमा बन्द भएको आउटपुट ग्यापले यो माग अब अर्थव्यवस्थाको क्षमतासँग मिलाइएको देखाउँछ । हामी २०२४ मा १ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छौं । हाम्रो पछिल्लो विश्व आर्थिक दृष्टिकोणको तुलनामा जापानले गरेको बलियो सरकारी खर्चको लागि धन्यवाद छ । यसबाट निरन्तर २ प्रतिशत मुद्रास्फीति कायम रहने सम्भावना बढ्दो देखिन्छ ।
किनभने मूल्यवृद्धि विगत तीन दशकमा पहिलो पटक वस्तु र सेवामा आधारित बनेको छ । श्रम बजारमा ज्यालादारी १९९५ पछि सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । माग-पक्ष कारकहरूले मुद्रास्फीति बढ्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । धेरैजसो घरपरिवार र फर्महरूले अब मुद्रास्फीति २ प्रतिशतभन्दा माथि रहने आशंका गरेका छन् ।
आगामी दिनहरूमा मुद्रास्फीतिमा आयात-मूल्यको प्रभाव कम हुनेछ । तर हामी आशा गर्छौं कि धेरै बलियो श्रम बजारले ज्यालादारीमा छिटो बढोत्तरी ल्याउने छ र २०२५ को दोस्रो अर्धवार्षिकसम्म मुद्रास्फीति दुई प्रतिशतको लक्ष्य भन्दा माथि जानेछ । यसले जापानप्रतिको हाम्रो नीति र सल्लाहलाई मूर्तिकृत गर्नेछ ।
अब दोस्रो विषयमा जाउँ : मौद्रिक नीति
जापानको स्फीतिको इतिहास र हालको तथ्याङ्कबाट प्राप्त मिश्रित सङ्केतहरूलाई ध्यानमा राख्दै बैंक अफ जापान (बीओजे)ले आफ्नो नीतिमा उचित सावधानी अपनाएको छ भन्ने हाम्रो धारणा छ ।
अपरम्परागत मौद्रिक नीतिले रिकभरीलाई समर्थन गर्दै मुद्रास्फीतिका अपेक्षाहरू बढाउने काम गरेको छ तर मुद्रास्फीतिको लक्ष्य हासिल गर्न अब आवश्यक छैन । यसको मतलब बीओजेले 'यील्ड कर्भ कन्ट्रोल'बाट बाहिर निस्कनुपर्छ र धितोपत्र बजारमा देखिन सक्ने अचानक परिवर्तनहरूबाट बच्न यसले परिपक्व रोलओभर जारी राख्दै मात्रात्मक र गुणात्मक सहजताको फ्रेमवर्क समाप्त गर्नुपर्छ ।
त्यसपछि बीओजेले बिस्तारै ब्याजदर बढाउनु पर्छ । यी नीति परिवर्तनहरू क्रमशः राम्रोसँग सञ्चार हुनुपर्छ ।
मैले चर्चा गर्न खोजेकोतेस्रो विषय: वित्तीय नीति
बन्द उत्पादन अन्तर र उच्च सार्वजनिक ऋण-जीडीपीसँग वित्तीय नीति अर्थपूर्ण रूपमा बलियो हुनुपर्छ ।
उमेर सम्बन्धित खर्च दबाबलाई समायोजन गर्न लामो अवधिमा सार्वजनिक ऋण-जीडीपी अनुपात स्थीर रूपमा बढ्नेछ । राजस्व र व्यय दुवै उपायहरूद्वारा आधारित वित्तीय बफरहरू पुनर्निर्माण गर्न र ऋणको दिगोपन सुनिश्चित गर्न वित्तीय सीमाको नाप आवश्यक छ ।
राजस्व पक्षमा धेरै विकल्पहरू छन्, उदाहरणका लागि उच्च आय हुनेहरूका लागि आयकरलाई बलियो बनाउने । खर्चतिरको लक्ष्य बेकामे रकमान्तरलाई सीमित गरेर वा ऊर्जा क्षेत्रलाई अनुदान दिएर चरणबद्ध रूपमा हासिल गर्न सकिन्छ । अतिरिक्त खर्च गर्ने नीति अपनाउने हो भने उच्च र दिगो राजस्व नीति अपनाउनु पर्छ ।
चौथो:हामीले हाम्रो वित्तीय क्षेत्र मूल्याङ्कन कार्यक्रमको एकअंगकारूपमा वित्तीय क्षेत्रको लचिलोपनकोगहन मूल्याङ्कन पनि गरेका छौं ।
यसअघि गरिएका तनावपूर्ण परीक्षण अभ्यासहरूले विदेशी र घरेलु ब्याजदरमा हुने सम्भावित वृद्धि र वृद्धिमा तीव्र गिरावट लगायत समष्टिगत संकुचनको दायरामा वित्तीय प्रणाली व्यापक रूपमा लचिलो रहेको सुझाव दिएका छन् ।
तर त्यहाँ केही कमजोरीहरू छन्, जसमा ठूला धितोपत्र होल्डिङहरू, विदेशी मुद्रा एक्सपोजरहरू र रियलस्टेट बजारका अंगहरू असहज भएका संकेतहरू पनि समावेश छन् । यसका लागि अनुगमन आवश्यक छ र वित्तीय पर्यवेक्षण र संकट तयारी ढाँचालाई अझ बलियो बनाउन आवश्यक छ ।
अन्तमा,संरचनात्मक सुधारहरूले जापानी अर्थतन्त्रलाई थप गतिशील,थप हरियाली र थप समावेशी बनाउन मद्दत गर्न सक्छ ।
जापानी अर्थतन्त्रमा श्रम बजारमा महिलाहरूलाई सशक्तिकरण गर्ने उपायहरू समावेश छन्, जस्तै बाल हेरचाह सुविधाहरूमा बढ्दो खर्च र कामलाई थप लचिलो बनाउने खालका प्रशस्त सुधारहरू भएका छन् ।
जापानले साझा विश्वव्यापी चुनौतीको सामना गर्ने क्रममा र भविष्यका लागि आफ्नो अर्थतन्त्रलाई तयार पार्ने क्रममा हामी बहुपक्षीय सहयोग र अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको साझेदारीलाई बढावा दिने गरी नेतृत्व गर्न पाएकोमा कृतज्ञ छौं । धन्यवाद ।
२०२४जापान आर्टिकल-IVपरामर्श मिशनको समापनसमारोहमा गत फेब्रुअरी ९ मा आयोजितपत्रकार सम्मेलनमाअन्तर्राष्ट्रिय मुद्रा कोषकीप्रथम उप-प्रबन्ध निर्देशक गीता गोपीनाथद्वारागरिएको सम्बोधन लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...