×

NMB BANK
NIC ASIA

मध्यरातको सहमति

...अनि मध्यरातमा गगनको प्रस्ताव मान्न तयार भए देउवा

काठमाडाैं | फागुन ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

महासमिति बैठकको उद्घाटन सत्रमा चुनावी गठबन्धनको विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका कांग्रेस सभापति शेरबहादुर देउवा बन्द सत्रअघि अन्ततः आफ्नो अडानबाट पछि हटेका छन् । 

Muktinath Bank

उद्घाटनलगत्तै महामन्त्री गगन थापालाई डोहोर्‍याएर आफ्नो निवास बूढानीलकण्ठ पुर्‍याएका देउवा करिब ६ घण्टाको छलफलपछि आफ्नो अडानबाट पछाडि हटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाको प्रस्तावमा सभापति देउवा सहमत भएसँगै महासमितिमा मूल प्रस्ताव, सांगठनिक र राजनीतिक प्रस्ताव प्रस्तुत हुने वातावरण बनेको हो । 


Advertisment
Nabil box
Kumari

यसअघि सोमबार महासमिति बैठकको उद्घाटन गर्दै सभापति देउवाले ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने/नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका थिए । पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकतालगायत विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेला उचित निर्णय लिने उनको भनाइ थियो ।
 
महामन्त्री थापाले अहिलेको गठबन्धनप्रति प्रतिवद्धता जनाएका थिए । तर, थापाले अर्को चुनावमा कांग्रेसका कार्यकर्तालाई अन्य पार्टीका चुनाव चिह्नमा भोट हाल्न नदिने गरी महासमितिले राजनीतिक निर्णय लिनुपर्ने विषय सांगठनिक प्रस्तावमा मात्रै लेखेनन् । निरन्तर अडान पनि लिइरहे । 

Vianet communication
Laxmi Bank

देउवा पनि उद्घाटनसम्म आफ्नो अडानमा लिए । लिखित भाषणको आशयबाट पछाडि फर्किँने संकेतसम्म उनले गरेका थिएनन् । 

मुख्य मर्म नै हट्ने भए प्रस्ताव नै नलाने चेतावनी थापाले दिएपछि देउवा अन्ततः सहमतिमा पुग्न बाध्य भएका हुन् । 

कसरी माने देउवा ? 
महामन्त्रीको प्रस्ताव नै अलपत्र परेपछि महासमिति उद्घाटनलगत्तै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी देउवाको निवासमा भेला भएका थिए । थापाको अडान निरन्तर कायम थियो । ‘नेपाली कांग्रेस दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं’ थापाले प्रस्तावमा भनेका छन्, ‘हाम्रा मतदातालाई हाम्रो चुनाव चिह्न रुखमा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले गठबन्धनको विरोध नगर्ने भएपछि समझदारी बनेको जानकारी दिइन् । ‘बाहिर आएजस्तो सभापति अप्ठ्यारो स्थितिमा हुनुहुन्नथ्यो । उहाँले अहिले गठबन्धनमा तिक्तता नआओस् भन्ने मात्रै चाहनुभएको थियो । किनकी हामी एउटै चुनावी गठबन्धन बनाएर सरकारसम्म पनि सँगै भएकोले धेरै आक्रामक कुरा प्रस्तावमा नलेखौं भन्ने मात्रै हो,’ डिनाले लोकान्तरसँग भनिन्, ‘अहिले गठबन्धनमा छौं । भोलि चुनावमा गठबन्धन नगर्न पनि सकिन्छ । यसैले गठबन्धन नगर्ने विषय नलेखौं अरु विषयको भाषा मिलाएर लेखौं भन्ने भएपछि सहमति भएको हो । कांग्रेसका कार्यकर्ताले रुख चिह्नमा भोट दिन पाउनुपर्छ भन्ने विषय स्वाभाविक हो । यसैको वरिपरीबाट समझदारी भएको हो ।’

गठबन्धनको विरोध नगरी आफ्नै तागतमा लड्ने र रुखमा मात्रै भोट दिन पाउने विषयमा समझदारी भएको डिनाले जानकारी दिइन् । यो समझदारीपछि अब ‘नेपाली कांग्रेस दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं । हाम्रा मतदातालाई हाम्रो चुनाव चिह्न रुखमा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’ भन्ने आशयको भाषा थापाको प्रस्तावमा आउने तयारी छ । 

तीन घण्टासम्म छलफल गर्दा पनि थापाको एक्लै चुनाव लड्ने मतसँग देउवा सहमत थिएनन् । थापा नगल्ने देखिएपछि देउवा बैठकबीचमै उपसभापति पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाइएको थियो । 

गठबन्धन सरकार भएकोले थापाको प्रस्ताव पास गर्दा राजनीतिक रूपले अप्ठ्यारो पर्ने तर्क देउवाको थियो । यसैले गठबन्धनप्रति प्रतिवद्ध रहेको र अप्ठ्यारो नपर्ने जानकारी प्रचण्डलाई गराउन देउवा बालुवाटार पुगेको स्रोतको दाबी छ । पछि अप्ठ्यारो आउनुभन्दा अहिले नै प्रधानमन्त्रीलाई आश्वस्त पार्दा सहज हुने बुझाइपछि देउवा बालुवाटार पुगेर आधा घण्टापछि फेरि निवास बूढानीलकण्ठमा फर्किएका थिए । 

कुरा नमिल्ने अवस्था आए थापाको प्रस्तावलाई केन्द्रीय समितिमा भोटिङ गरेर टुंग्याउने सम्मका विकल्प पनि आएका थिए । थापा एउटा केन्द्रीय सदस्यले साथ दिए पनि आफू तयार हुने मनस्थितिमा पुगेका थिए । थापाको आत्मविश्वास र आफू निकटका केही नेताको सुझावपछि देउवाले भोटिङ उपयुक्त नभएको भन्दै मध्यरातमा थापाको प्रस्तावमा सहमति जनाएको छलफलमा सहभागी नेता गोपालमान श्रेष्ठले बताए । 

‘कांग्रेस एक्लै चुनाव लडेर १५ साल, २०४८ र २०५६ सालमा बहुमत ल्याएको पार्टी हो । अहिले समानुपातिक प्रणालीले बहुमत आउन नसक्ने अवस्था छ तर, आउने चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने मत पार्टीमा देखिएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘यो महासमिति नीति अधिवेशन पनि हो । देशतरबाट आएका मित्रले यसबाट जोश र जाँगरसहित संगठन गरुन् भन्ने निर्णय गर्नुपर्छ भन्ने मत बनेको छ । जबर्जस्ती कांग्रेस मतदातालाई रुख बेगर भोट हाल्न उचित हुँदैन बरु चुनाव जितेर आइसकेपछि गठबनधनको सरकार बनाउन मिल्छ भन्ने भएपछि मध्यरातमा सहमति भएको हो ।’

सभापतिसहित नेताहरू बालुवाटार पुगेर गठबन्धन पाँचै वर्ष टिकाउने आश्वासन दिएपछि सहमति सम्भव भएको श्रेष्ठको संकेत छ । ‘अहिलेको गठबन्धनलाई असर पर्छ कि भनेर सभापति चिन्तित हुनुभएको हो । तर, गठबन्धन पाँचै वर्ष टिकाउने समझदारीपछि  सभापतिले प्रस्तावमा मान्नु भएको हो,’ श्रेष्ठले भने, ‘हामी सबैले राम्रोसँग बुझाएपछि सभापतिले ठीक छ हुन्छ भनेर सहमति जनाउनुभयो । यो कसले गरेकोभन्दा पनि सबै सामूहिक बुझाइमा पुग्दा सम्भव भएको हो ।’ 

देउवाले भने बालकुमारी घटनाको प्रतिवेदन कार्यान्वयनको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएको दाबी गरेका थिए । 

देउवा लचक हुन खोज्दा पार्टी प्रवक्ता डा. महतसहित केही देउवा पक्षीय नेता भने गगनको प्रस्ताव मान्न नहुने पक्षमा थिए । तर, देउवापक्षकै गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय डिना, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, भीष्मराज आंगदेम्बेसहितले नीति महाधिवेशनमा नेता कार्यकर्तालाई निराश बनाउन नहुने बताएका थिए । आफ्नो पार्टीमा भोट हाल्नुपर्छ भन्ने विषय अनुचित नभएको भन्ने नेताहरूको भनाइपछि देउवा अडानबाट पछाडि हटेको नेताहरू बताउँछन् । गठबन्धनको विरोध नगरी प्रस्तावमा नरम भाषाशैली हुन्छ भने मान्ने आशय देउवाले दिएका थिए ।  

यसपछि देउवाले प्रस्ताव प्रेसमा पठाउनु भन्ने निर्देशन दिएको नेताहरू बताउँछन् । सहमहामन्त्री डिनाले केही विषय मिलाएपछि मंगलबार बिहान तीनवटै प्रस्ताव प्रस्तुत हुने जानकारी दिइन् । ‘विवादको कुरा थिएन । गठबन्धन बनाएर चुनाव लडेपछि तिक्तता हुने शब्दावली प्रयोग नगरौं भन्ने भएपछि कुरा मिलेको हो,’ डिनाले भनिन्, ‘अब सबै प्रस्तावहरू बैठकमा प्रस्तुत हुनेछन् ।’

महाधिवेशनको कार्यतालिका आउने
महासमितिमा १५औं महाधिवेशनको कार्यतालिकाको विषय भने संसोधन नहुने भएको छ । महामन्त्री थापाले २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउन आपत्ति नभएको बताइन् ।

‘कार्यतालिका विधानमा स्पष्ट छ । हिजोका दिनमा पनि विधानमा चार वर्षमा महाधिवेशन गर्ने विषय उल्लेख थियो । पहिले पनि चार वर्षमा गर्ने भनेको थियो । तर केही कारण परेर पाँच साढे पाँच वर्ष पुगेको हो,’ डिनाले लोकान्तरसँग भनिन्, ‘तर कार्यतालिका अनुसार अगाडि बढ्नुपर्छ भन्नेमा आपत्ति हुने विषय छैन । एकैपटक साढे पाँच वर्षमा महाधिवेशन गर्ने भन्न मिल्दैन । नसक्दा समय थप्ने हो । नत्र विधानअनुसार कार्यतालिकाको विषय अस्वाभाविक होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x