×

NMB BANK
NIC ASIA

ग्रामथान गाउँपालिकामा निर्मम राजनीति

अध्यक्ष कोमामाः एमाले उपाध्यक्षले कार्यबाहक पाएपछि उपनिर्वाचन गराउने कांग्रेस रणनीति

विराटनगर | फागुन ८, २०८०

NTC
Premier Steels

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूलाई राजीनामा गराउन कांग्रेसले छलफल थालेको छ । राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन अर्थात् माघ १० गते विराटनगरको एक होटलमा कांग्रेसको भेलामा उनी ढलेका थिए । उनको नोबेल मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको छ ।

Muktinath Bank

गठबन्धनका उम्मेदवार जिताउन भन्दै कांग्रेसले भेला आयोजना गरेको थियो । स्ट्रनस्टार होटलमा खाना खाने लाइनमा बसेका थारू साँझ ७ः १० बजेतिर ढलेर बेहोस् भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढलेपछि नेताहरूले नोबेल अस्पतालमा उपचार गर्न लगेका थिए । अस्पताल प्रशासनका अनुसार उनी अहिलेसम्म पनि अचेत अवस्थामै छन् ।  अध्यक्ष बिरामी भएपछि उपाध्यक्ष गुणावति थारूले कार्यबाहकको जिम्मेवारी पाएकी छन् । तर, उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । जयप्रकाश कांग्रेसबाट निर्वाचित भएका थिए । 


Advertisment
Nabil box
Kumari

कांग्रेसले कार्यवहाक एमालेलाई नदिने भन्दै गच्छदारलाई राजीनामा गराएर चुनाव गर्ने रणनीति अपनाएको  छ । ‘अध्यक्षको अहिलेको स्वास्थ्य अवस्था र चिकित्सकको भनाइअनुसार उहाँ सन्चो भएर गाउपालिकाको नेतृत्व गर्ने सम्भावना कम छ,’ काग्रेसका एक नेताले भने, ‘त्यहाँ उपाध्यक्ष एमालेको हुनुहुन्छ । एमालेलाई किन कार्यवहाक दिने ? अध्यक्षलाई राजीनामा दिन लगाएर उप निर्वाचन गर्नुपर्छ भन्नेगरी छलफल चलिरहेको छ ।’

Vianet communication

गत स्थानीय निर्वाचनमा गच्दार ७ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका शिवनारायण माझीलाई (६ हजार ९३ मत) हराएका थिए । 
उनलाई राजीनामा गराएर उपनिर्वाचनमार्फत् चुनाव जित्ने रणनितिमा कांग्रेस छ । निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएको खण्डमा ६ महिनाभित्र उप निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ । 

ग्रामथानमा उप निर्वाचन हुँदासमेत चुनाव जित्ने कांग्रेस नेताहरूको विश्लेषण छ । अध्यक्षको बोल्ने अवस्था नभए पनि सेन्स भने रहेको कांग्रेस मोरङका उपसभापति भक्ती माझीले बताए  । ‘एक/दुई महिना नहेरी राजीनामा दिन लगाउने कुरा भएन,’ उपसभापति माझीले भने  ‘निर्वाचति जनप्रतिनिनिधि हो । हतारहतार राजीनामा दिनुहोस् भन्न मिलेन । तर राजीनामाको विषयमा चर्चा चाहिँ चल्न थालेको छ ।’ उनले राजीनाको विषयमा चलेको चर्चा स्वाभाविक पनि भएको बताए ।

‘परिस्थिति र डाक्टरको रिर्पोट हेरेर ६ महिनासम्म पनि रिकभर भएन औपचारिक छलफल हुन्छ । उहाँ अहिले पुरै हाइली रिक्समा हुनुहुन्छ । रिकभरता हुन्छ होला तर, समय लाग्छ,’ उनले भने । उपाध्यक्ष गुणावतिले भने पनि बेहोस अवस्थामा अध्यक्षलाई राजीनामा दिनु नहुने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x