×

NMB BANK
NIC ASIA

शिक्षासेवीको जीवन भोगाइ

२२ वर्षमै प्रअ बनेका कोइराला: आफूभन्दा जेठा विद्यार्थी पढाए, कुटिने डरले बडिगार्ड राखियो

विराटनगर | फागुन १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भूपेन्द्र कोइराला विसं २०४४ सालमा धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा पढ्दै थिए । ताप्लेजुङका शिक्षा क्षेत्रका अगुवा हरि घिमिरे शिक्षक खोज्दै क्याम्पसमै आइपुगे । हाल सुन्दरहरैँचाको मृगौलिया निवासी घिमिरे चार–पाँच जनाको दलबलसहित तत्कालीन साँघुगाँउ पञ्चायतको नारायणी माध्यमिक विद्यालयका लागि शिक्षक खोज्न आएका थिए । त्यो दलबलमा अभिभावकहरू थिए ।

Sagarmatha Cement
Muktinath Bank

घिमिरे आफैँ पनि मोरङको डाँगीहाट (हाल बेलबारी– ८) मा रहेको धीरनाथ सम्फुल माध्यमिक विद्यालयमा पढाउने गर्थे । धनकुटा क्याम्पसमा कोइरालालाई भेटेर घिमिरेले जागिरको प्रस्ताव राखे। कोइराला राजी भए र फागुन ७ गते दलबलसहित आएका घिमिरेसँगै जागिर खान धनुकटाबाट ताप्लेजुङ हिँडे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेह्रथुमको वसन्तपुरमा पुगेपछि ठूलो हावाहुरी आयो । हिउँसमेत पर्र्‍यो । उनीहरू छोटो बाटो हुँदै जान सकेनन् । घुमाउरो बाटो हुँदै ११ गते ताप्लेजुङको साघुगाँउस्थित नारायणी मावि पुगेका थिए । उनको कोइरालाको पहिलो जागिरको सिलसिला त्यहीँबाट शुरू भएको हो । त्यति बेला फागुन १२ गते शिक्षा दिवस मनाउने गरिन्थ्यो । सोही आसपास उनी पहिलोपटक शिक्षक बनेका थिए ।  


Advertisment
Nabil box
Kumari

निजी स्रोतबाट तलबभत्ता खाने गरी कोइराला अंग्रेजी शिक्षक नियुक्ति भएका थिए । केही महिनापछि नै उनलाई प्रधानाध्यापक (प्रअ)को जिम्मेवारी दिइयो ।  कक्षा– ९ पढाइ भइरहेको विद्यालयमा १० कक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको थियो । कोइरालाले त्यहाँ पहिले पढाइ छाडेर फेरि पढ्न आएका तथा बढी उमेरका विद्यार्थीलाई पढाउनु पथ्र्याे ।

Vianet communication
Laxmi Bank

उनी भने भर्खर २२ वर्षका मात्र थिए । ‘कोही आफ्नै उमेरका र कोही मभन्दा धेरै जेठा विद्यार्थीलाई पनि पढाएँ,’ उनले भने । एसएलसीमा पाँच पटकसम्म फेल भएर बसेका विद्यार्थीको समूह पनि त्यहाँ पढ्न आउने गरेको उनले सुनाए । तिनीहरूलाई बिहान ६ बजेदेखि बेलुका ९ बजे सम्म विद्यालयमै राखेर उनले पढाउन थाले । शिक्षकभन्दा विद्यार्थी धेरै उमेरका थिए । उनीहरू वलिष्ठ पनि थिए, त्यसैले तिनले प्रअ कोइरालालाई कुट्छन् भनेर अंगरक्षक (बडीगार्ड)को व्यवस्था गरिएको थियो । ‘रमाइलो कुरा के छ भने विद्यार्थीले मलाई कुटपिट गर्न सक्छन् भनेर विद्यालय व्यवस्थापन समितिले बडीगार्ड नै दिएको थियो,’ त्यो बेलाको अवस्था सम्झिँदै कोइरालाले भने ।

null

बडीगार्ड नै बसेपछि कुनै पनि विद्यार्थीले शिक्षकमाथि अभद्र व्यवहार गर्न पाएनन् । पढाइ राम्रो चल्यो । २८ विद्यार्थीमध्ये २४ जनाले एकैपटकमा एसएससी उतीर्ण गरे । यो सोचेभन्दा पनि धेरै राम्रो नतिजा थियो । सोही नतिजाका कारण त्यहाँ अहिले पनि ‘हेडमास्टर भनेको भूपेन्द्र कोइरालाजस्तो हो’ भन्ने छाप रहिरहेको उनी सुनाउँछन् ।

साँघुगाँउ छोडेर सुटुम्क पाख्रिबास 
राम्रो नतिजा दिलाएपछि कोइराला त्यहीँ अडिएर बसेनन् । पढाउँदै गरेको विद्यालय (नारायणी मावि)मा कसैलाई नभनी उनी सुटुक्क धनकुटाको पाख्रिबासको जाल्पादेवी माविमा पढाउन थाले । त्यसपछि नारायणी माविमा एसएलसी दिन लागेका सबै विद्यार्थी पढ्नलाई जाल्पादेवीमै आएको उनले सुनाए । पछिल्लो वर्ष नारायणी माविमा एलएलसी दिने २४ जना विद्यार्थी थिए । तिनीहरूलाई कोइरालाले नै अंग्रेजी, गणित र विज्ञान विषयमा निःशुल्क पढ्ने व्यवस्था गरिदिएका थिए ।

ताप्लेजुङमा पनि धनकुटाकै अवस्था दोहोरिएको थियो । यो बेला पनि कोइरालालाई अभिभावककै टोली लिन आएको थियो । ‘अभिभावक नै आएपछि नाइँ भन्न सकिनँ र पाख्रिबास गएँ,’ उनी भन्छन् ।

पाख्रिबासमा कोइरालाले एक वर्ष पढाए । त्यसपछि उनी पुनः पुरानै ठाउँ साँघुगाउँको नारायणी माविमा फर्किए । यो बेला उनले विभिन्न पारिवारिक समस्या झेल्नुपर्यो । विद्यालय व्यवस्थापनलाई नै जानकारी दिएर जागिर छोडे ।  ‘आमा बिरामी हुनुहुन्थ्यो, बुवा राजनीतिक कारणले जेल पर्नुभएको थियो,’ कोइरालाले भने ‘ म घरको जेठो सन्तान हुँ, अरू भाइहरू बाहिर भएका कारणले म घर सम्हाल्न हिँडे ।’ 

त्यति बेला कोइरालाको तलब १६ सय ९३ रुपैयाँ थियो । तलबसमेत उनले सबै पाएका थिएनन् । त्यो बेला विद्यालय छोड्दा १६ हजार तलब बाँकी रहेको उनले लोकान्तरसँगलाई सुनाए ।  तलब दिनसक्ने अवस्था पनि थिएन । ‘विद्यालय छोड्दा पूरै तलब दिन सकेनौं भनेर विद्यालय व्यवस्थापनका मानिसलाई मलाई भन्नु भएको थियो,’ उनले भने, ‘मैले विद्यालय सक्षम भयो भनेपछि दिनुहोला नत्र चन्दा लेखिदिनु भनेर हिँडेको थिएँ । आठ हजार भने उनको घरमा पठाइदिएका थिए ।’ 

मोरङदेखि भोजपुरसम्म
ताप्लेजुङमा जागिर छोडेपछि कोइराला मोरङको साविक भलुवा गाविस (हाल केराबारी)मा रहेको लक्ष्मी माविमा निजी स्रोतबाट नै तलब खाने गरी पढाउन थाले । त्यहाँ पनि उनको रमाइलो घटना छ । बडीगार्ड राखेर पढाउने शिक्षकका रुपमा परिचित कोइरालाले १० कक्षामा पढ्ने उछृङ्खल खालका विद्यार्थीलाई चड्कन लगाएका थिए । कारण ती विद्यार्थीले आफूलाई कुट्ने योजना बनाइरहेको कोइरालाले थाहा पाए । ‘ती केटाहरूले बाटामा मलाई कुट्ने भनेर ढुकेर बसेका रहेछन् । म घर निस्किने बेलामा एकजना विद्यार्थीले हस्याङ–फस्याङ गर्दै यसको जानकारी दिए । मैले पनि उसलाई १५ जना जति भेला गरेर बस, नत्र आठ–नौ जना विद्यार्थीलाई त एकैपटकमा ढाल्छ भनेर भनिदिन खबर पठाएँ । त्यो खबर सुनेपछि उनीहरू डरले भागेछन्,’ उनले भने । 

सोही विद्यालयमा डेढ–दुई वर्ष जति पढाएपछि उनले विद्यालय निरीक्षकमा नाम निकाले । त्यसपछि भोजपुर गए । जिल्ला शिक्षा कार्यालयमा एक वर्ष जति काम गरेपछि उनको फेरि मोरङमा सरुवा भएको थियो । सिंहदेवी स्रोत केन्द्रको विद्यालय निरीक्षक भएर उनले केही समय काम गरे । तर उनी विद्यालय निरीक्षकमा रमाउन सकेनन् । ‘प्यासिभ’ पदमा नरमाउने आफ्नो आदत नभएको उनले बताए ।  

कोइरालाले त्यति बेला नै अंग्रेजी विषयको विशेषज्ञमा नाम निकालेका थिए । अंग्रेजी विषयको विशेषज्ञ भनेर लोकसेवाले १० जना मागेको थियो । १२–१३ हजार भिडेकोमा ५ औँ नम्बरमा उनको नाम निस्केको थियो । यसपछि उनको अंग्रेजी विषय विशेषज्ञका रुपमा उनको शैक्षिक तालिम केन्द्र, सुनसरीमा पोस्टिङ भएको थियो । उनले त्यहाँ १६ वर्षसम्म काम गरेका थिए । यस्तै उनले उदयपुरमा पनि सहायक जिल्ला शिक्षा अधिकारी भएर तीन वर्षभन्दा बढी समय बिताएका थिए । त्यो समायोजन ऐन आएपछि धेरै कर्मचारी स्थानीय तहमा नजाने भनेर बसेका थिए  । अन्य कर्मचारीले आन्दोलन गरिरहँदा उनी भने राजी भए । उनलाई मोरङको उर्लाबारी जान भनिएको थियो । यद्यपि उनले इटहरीमा जाने रुचि देखाएपछि उनको त्यही सरुवा भएको थियो । १८ महिना इटहरी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख भएर काम गरेका उनको जागिरे जीवनको उत्तरार्धमा बेलबारी सरुवा भएको थियो । 

निजी विद्यालय ‘सिस्टम’मा ल्याउने कसरत 
निजी विद्यालयहरू ‘सिस्टम’मा नचलेको अनुभव कोइरालासँग छ । भोलि राज्य बलियो हुँदा ठूलो श्रम र सम्पत्तिको लगानी भएका विद्यालयलाई अफ्ठयारो पर्ने उनको ठम्याइ छ । यसकारण आफू उनीहरूकै सम्पत्ति संरक्षण गर्न लागिपरेको कोइरालाको दाबी छ ।

सिस्टममा नचलेका दुर्गुण हुनका बाबजुद निजी विद्यालयले धेरै मानिसलाई विदेशिनबाट रोकेकोमा भने उनी सकारात्मक देखिए ।  ‘राम्रो चलेका विद्यालयले ५०–६० जनालाई रोजगारी दिएका छन् । त्योबापत सरकारले शुल्क उठाउन भनेर भनेको छ । उठाउने शुल्क स्थानीय प्रशासनबाट स्वीकृत गर्नु भनेको छ । उहाँहरूले त्यो स्वीकृत गराउनु भएको छैन । मनपरी उठाउनु भएको छ,’ उनले भने, ‘उहाँहरूको आम्दानी कानूनी देखिँदैन । राज्य कमजोर भएका बेला जे गरे पनि हुन्छ । भोलि राज्य सबल भएको बेलामा सम्पत्ति छानबिन गर्ला । यसर्थ कानूनी प्रक्रिया अपनाउन आग्रह गरेको हुँ ।’

धेरै विद्यालयमा अहिले पनि पाठ्यक्रम नगर्ने गरेको कोइरालाले गुनासो गरे । पाठ्यक्रम सबैको एउटै भए पनि त्यो नियम निजी विद्यालयले नमान्ने गरेको उनले बताउँछन् । निजी विद्यालयले विद्यार्थीलाई आफ्नो वजनभन्दा पनि बढी किताब बोकाइरहेको पनि उनले आरोप लगाए ।  ‘विद्यालयलाई सिस्टममा ल्याउन दाह्रा किटेर नै म लाग्ने गरेको थिएँ । अहिले पनि लाग्छु,’ उनले प्रतिबद्धता जनाए । 

सार्वजनिक कार्यक्रममा उनीप्रति लाग्ने आरोपप्रति पनि कोइरालाको चित्तदुखाइ छ । तर विस्तारै मानिसले कुरा बुझ्न थालेको उनको भनाइ छ । ‘भूपेन्द्र कोइराला भनेको निजी विद्यालय सक्न आएको मान्छे हो भनेर भन्ने गरेका थिए,’ उनले भने, ‘तर पछिपछि हामी डुब्न आटेका रहेछौं, यसले अलि–अलि भए पनि बचायो भन्ने गरेको सुन्न थालेको छु ।’ 

सात वर्षको उमेरमा मात्रै विद्यालय भर्ना
कोइरालाको जन्म मोरङको बेलबारीमा विसं २०२२ सादमा भएको थियो । यद्यपि, उनले हजुरबा–हजुरआमाको प्यारो भएकाले भोजपुरमा बाल्यकाल बिताएका थिए । ‘म हजुरबा–हजुरआमासँगै हुर्केँ । म उहाँहरूलाई पछिसम्म पनि बुवा–आमा भन्थेँ । ठूलो भएपछि पनि यसो भन्दा अप्ठ्यारो पनि लाग्ने गरेको थियो,’ विगतलाई उनले सम्झिए ।

शिक्षा क्षेत्रमा यत्रो प्रगति गरेका कोइराला सात वर्षको हुँदा मात्र कक्षा १ मा भर्ना भएका थिए । भोजपुरको तत्कालीन च्याग्रे गाविस (हाल पौवादुम्बा गाउँपालिका)मा रहेको जाल्पादेवी प्राविमा त्यसबेला एकजना मात्रै शिक्षक थिए । चन्द्रमनि भुजेल नामका ती शिक्षकले  कक्षा १ र ५ कक्षाका विद्यार्थीलाई मात्रै पढाउँथे । ‘कक्षा २ का विद्यार्थी १ कालाई, ३ ले २ लाई, ४ ले ३ लाई र ५ ले ४ लाई पढाउनु पथ्र्याे । कक्षा ४ मा पुगेपछि मात्रै अंग्रेजी विषय पढ्न पाइन्थ्यो,’ कोइरालाले पुराना दिन सम्झिए । 

कोइरालालाई नेपाली र गणित विषय हजुरबाले सिकाएका थिए । यीमध्ये नेपालीमा भने उनी पोख्त थिए । हजुरबाले अंग्रेजी नजान्ने भएकाले उनको त्यो विषय भने घरमा सिक्न पाएनन् । ‘म कक्षा ३ मा हुँदै रामायण–महाभारत पढ्न सक्थेँ । चिठी लेख्न सक्थेँ । तर ४ मा पुगेपछि अंग्रेजी पढ्नुपथ्र्यो । यसमा भने कमजोर रहेँ ।’

सरले एबीसीडी पढ्न दिँदा आफूले एउटा मात्र जानेको अनुभव पनि कोइरालासँग छ । ‘चन्द्रमनि सरले भोलि एबीसीडी सबै जानेर आउनु भन्नुभयो । मैले जम्मा ‘ए’ मात्रै जाने । आज चन्द्रमनि सरले सोध्नुहुन्छ भनेर स्कूल नगइ लुकेर बसेको थिए । उहाँले देख्नु भएछ । जेठा किन लुकेको स्कूल हिँड भन्नुभयो,’ पुराना दिन उनले सम्झिए, ‘मैले पिसाब फेर्न गएको भनेर टारेँ । सरले नै देखेपछि कक्षामा जान बाध्य भएँ । मेरो एबीसीडी भन्ने पालो आयो । त्यसबेला मैले एउटा ‘ए’ भन्न सकेँ, अरू सकिनँ । तैँले २६ मध्ये २५ वटा चिनिस्, अरु भोलि चिनिहाल्छस् नि भनेर ढाप मार्नुभयो । त्यही माया र हौसलाका कारण मैले पनि सबै अक्षर चिने ।’ 

कोइरालाले कक्षा ६ र ७ भने पञ्चकन्या माविमा पढेका थिए । उनको घरबाट यो विद्यालय पुग्न एक घण्टा हिँड्नु पथ्र्यो ।  कक्षा ८ देखि भने उनले बेलबारी आएर पढे । त्यहाँको जनता नमुना माविबाट एसएलसी पास गरेका हुन् ।

कोइरालाले दोस्रो डिभिजनमा एसएलसी पास गरेका थिए । यसपछि उनले विज्ञान विषय लिएर पढ्ने योजना बनाए । उनी गणितमा कमजोर भएकाले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट आइकम गरेका थिए । तर पनि उनलाइए जागिर खानका लागि एजुकेसन (शिक्षा संकाय) पढ्नुपर्छ भन्ने लाग्यो । यसपछि धनकुटामा गएर एमएड गरेको उनले सुनाए । बीएडकै योग्यताले उनले विशेषज्ञमा नाम निकालेका थिए । सेवामा प्रवेश गरेपछि उनले एमएड गरेका हुन् । त्यसो त उनले बिएड र एमएड नै दुईपटक गरेका छन् । 

‘दुईवटै तहमा पहिलोपटक दोस्रो डिभिजन मात्रै आयो । बढुवा हुनका लागि पहिलो डिभिजन चाहिने भएपछि मैले दुईपटक बीएड र एमएडको परीक्षा दिएका हुँ । पास पनि भएँ,’ उनी भन्छन् । 

दुई वर्षसम्म तलब नलिइ क्याम्पस प्रमुख 
२०६६ सालमा स्थापना भएको हो बेलबारी बहुमुखी क्याम्पस । भगवती माविबाट शुरू भएको यो क्याम्पस अहिले आफ्नै भवनमा सञ्चालित छ । तत्कालीन क्याम्पस प्रमुख खगेन्द्र लुइँटेलले राजीनामा दिएपछि यहाँ क्याम्पस प्रमुखको खोजी भएको थियो । चरम आर्थिक अभावसँग जुधिरहेको यो क्याम्पसका शिक्षक र कर्मचारीको तलब दिन मात्रै ६१ लाख रुपैयाँ बाँकी थियो । ६० प्रतिशत रकम बेलबारी नगरपालिका र ४० प्रतिशत क्याम्पसले जुटाउने सहमति गरेर नयाँ भवन बनाइएको हो । भवन बनाउँदाको एक करोड रुपैयाँ ऋण बाँकी नै रहेको कोइरालाले बताए  ।

क्याम्पस प्रमुख नभेटाएपछि तत्कालीन  बेलबारीका प्रमुख (मेयर)समेत रहेका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले कोइरालालाई नगरपालिकाबाट राजीनामा दिएर क्याम्पस प्रमुख बन्न आग्रह गरे । त्यो बेला कोइराला नगरपालिकाको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत थिए । यसैले उनले मानेनन् । उनले नगर प्रमुखलाई राजीनामा नदिइ क्याम्पस प्रमुख हुने आश्वासन दिए । सुवेदी अहिले कोशी प्रदेशसभा सदस्य छन् ।हाल उनी नै व्यवस्थापन समितिका अध्यक्ष पनि छन् । ‘राजीनामा नदिइ काम गर्छु भनेपछि मेयर सा'बले मन्त्रालयमा पनि बुझ्नुभएको रहेछ,’ काेइरालाले भने ‘यसपछि कार्यपालिकाको बैठकबाट निर्णय गराएर मलाई जिम्मेवारी दिनुभयो ।’ 

क्याम्पस प्रमुखको रुपमा कोइरालाको तलब मासिक ६० हजार रुपैयाँ तोकिएको थियो । घाटा भएको क्याम्पसमा नगरपालिकामा काम गरेसम्म सुविधा लिन्न भनेर तलब नलिएको उनले सुनाए । ‘मैले दुई वर्षसम्म तलब नलिइ काम गरेको थिएँ,’ उनले थपे ।

नगरपालिकाले एक वर्ष ७५ लाख र अर्काे वर्ष ५० लाख अनुदान दिएकाले  त्यो पैसाले क्याम्पसको भवन बनाएको ऋण तिरेको उनले सुनाए । विद्यार्थी संख्या बढेकाले गत साउनमा ऋण शून्यमा ल्याएको उनले जानकारी दिए ।  ‘लकडाउनको अन्त्य भएर पठनपाठन शुरू गर्दा क्याम्पसका ७५ वटा डेस्क–बेच थिए,’ उनले भने, ‘बेलबारीका धार्मिक संस्थाबाट प्लास्टिकका कुर्सी भेला गराएर पढाएका हौं ।’

सुनसरी तालिम केन्द्रबाट १४ ट्रक फर्निचरका सामग्री ल्याएपछि अहिले भने सहज भएको उनको भनाइ छ ।  अहिले क्याम्पसमा ५० जना क्षमताको कम्प्युटर ल्याबसमेत बनाएको उनले सुनाए । साथै वर्षको ३०० वटा नयाँ किताब किन्ने गरी पुस्तकालयको व्यवस्थापन गरिएको छ ।

कोइरालाको व्यवस्थापनपछि अहिले बेलबारी क्याम्पस राम्ररी चलिरहेको गाइँगुइँ सुनिन्छ । अहिले विभिन्न सहयोगले चलिरहेको क्याम्पसको पाँच वर्षपछि स्थायी स्रोत हुने उनी दाबी गर्छन् । 

‘सहयोगबाटै क्याम्पस क्षेत्रमा संविधान दिवसका दिन लिची, एभोकाडो, आँप लगायतका बिरुवा  रोपेका छौं । वैशाखभित्र ६ हजार सुपारीका बिरुवा रोप्ने तयारी छ । पाँच वर्षपछि स्थायी स्रोत बन्छ,’ उनले भने । ५८ वर्ष पुगेका कोइरालाले उमेर हदका कारण उपसचिवबाट अवकाश पाइसकेका छन् । अहिले उनको सबै ध्यान बेलबारी क्याम्पसतर्फ खिचिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x