×

NMB BANK
NIC ASIA

सरकारी जग्गा व्यक्तिको नाममा : नापी अधिकृतसहित २८ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | फागुन १३, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी र मालपोत कार्यालय प्रमुखसहित २८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Muktinath Bank

सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको आरोपमा आयोगले मुद्दा दायर गरेका कुल १७२ जना प्रतिवादीमध्ये २८ जना सरकारी कर्मचारीहरू छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारले झापाको चन्द्रगढीस्थित नापी कार्यालयका प्रमुख विष्णुकुमार न्यौपानेसहित १७२ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


Advertisment
Nabil box
Kumari

हालसाबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर भएको हो ।

Vianet communication

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साबिक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर  १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) विभिन्न कित्ताका २९ विगाहा १७ कट्ठा ४ धुर (३९७ रोपनी ८ आना १ पैसा ३ दाम) जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाबिक जग्गा दर्ता कायम गरिएको छ ।

उक्त जग्गाको मूल्यांकन ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ कायम गरिएको छ ।

उक्त मुद्दामा सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारीहरू १० जना, मालपोत कार्यालय, दमक, झापाका कर्मचारीहरू ११ जना, नापी कार्यालय, दमक, झापाका कर्मचारीहरू ७ जना गरी २८ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो ।

त्यसै गरी सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले हालसाबिक जग्गा दर्ता प्रकृयाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ३६ जना र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाईएका प्रतिवादीहरु १०८ (एक सय आठ) जना गरी जम्मा प्रतिवादीको संख्या १७२ जना रहेको अख्तियारले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x