×

गर्मी मौसममा सीट खालि राखेर उड्नुपर्ने जहाजको बाध्यता किन ?

काठमाडाैं | फागुन १५, २०८०

उडानमा यात्रा गर्दा प्रायः विमानमा केही खाली सीटहरू देखिन्छन् । सीट खालि देखेपछि यात्रु आश्चर्यमा पर्नु स्वाभाविक हो ।

Laxmi Bank

यात्रुलाई तुरुन्तै उडान गर्नुपर्ने इमर्जेन्सी भएपनि एयरलाइन्सहरूले प्लेनमा सीट उपलब्ध नभएको बताउने गर्छन् । अनि पर्याप्त सीट संख्या हुँदा हुँदै पनि विमान खालि उडाइयो भनेर आलोचना पनि हुने गर्छ ।


Advertisment

एयरलाइन्सले आफ्नै व्यवसायमा असर पर्ने गरेर खालि सीटमै विमान किन उडाउँछन् त ?


Advertisment

सीट खालि राखेर उडाउनु एयरलाइन्सको बाध्यता हो । विशेष गरेर गर्मी सिजनमा लोड व्यवस्थापनका लागि विमानमा केही सीट खाली राखिएको हुन्छ ।

बढ्दो तापक्रम, विमानस्थलको भौगोलिक कठिनाइ वा धावनमार्गको लम्बाइका कारण विमानले लोड पेनाल्टी पाउन सक्ने विषयलाई ध्यानमा राखेर विमानको तौल कम गर्न सीटहरू खालि राख्ने गरिन्छ ।

लोडकै व्यवस्थापनका लागि विमानमा सीटहरू प्रायः खाली छोड्ने गरिएको बुद्ध एयरका सिनियर अपरेशन इन्जिनियर जीवन बस्न्यात बताउँछन् ।

'लोड व्यवस्थापनको मुद्दा उड्डयन सुरक्षासँग जोडिएको छ । एयरलाइन्सका लागि सुरक्षा पहिलो प्राथमिकता हो र सुरक्षित उडानले नै राम्रोसँग व्यवसाय चल्ने हो,' बस्न्यातले भने ।

कतिपय यात्रुले टिकटको मूल्य बढाउन सीट खालि छाडिएको भन्दै आलोचना पनि गरिरहेका हुन्छन् । तर सरल रूपमा भन्दा लोड पेनाल्टी मुख्यतया: रनवेको लम्बाइ, विमानस्थलको तालिका,  हावाको आद्रता, चाप र हावाको गतिको आधारमा गणना गरिन्छ ।

पोखराका धेरैजसो उडानमा विमानका केही सीट खाली नै देख्न सकिन्छ । तर मौसम सफा र ठूला जहाज अवतरण गर्न सक्ने धावनमार्ग भएपनि विमानको लोड व्यवस्थापन चुनौतीपूर्ण हुन्छ ।

प्रत्येक उडान अघि उडानमा यात्रा गर्ने यात्रु र कार्गोको व्यवस्थापन गरिएको हुन्छ । यस अवस्थामा एक निश्चित एयरपोर्टमा निश्चित उडानमा बोक्न सकिने भार एयरलाइन्स कर्मचारीद्वारा जाँच गरिन्छ ।

नियामक निकायबाट स्वीकृति लिएपछि जहाजको भार व्यवस्थापनका लागि केही सीट खाली राखिने बस्न्यात बताउँछन् ।

सीट भरिनुअघि नै एयरलाइन्सका कर्मचारीहरूले लोड व्यवस्थापनका लागि व्यापक तयारी गर्छन् । यात्रुको तौल र सामानको अनुपात मिलाएर उडान र अवतरणको व्यवस्था मिलाइएको हुन्छ ।

'जहाजको उडान र अवतरणमा धेरै प्राविधिक पक्षहरूको विश्लेषण गर्नुपर्छ । विमानस्थलको तापक्रमले पनि उडान र अवतरणलाई प्रभाव पार्छ,' नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बताए ।

उनले थपे, 'उच्च तापक्रम भएको एयरपोर्टमा टेक-अफ र अवतरणको समयमा, विमानको कार्यसम्पादनमा कमी आएपछि भार कम हुन्छ ।'

गर्मी मौसममा यो समस्या बढी देखिन्छ । बढ्दो तापक्रमका कारण हावाको चापमा फरक पर्छ । यदि यात्रुले बोकेको सामान तोकिएको तौलभन्दा भारी भएमा विमानमा रहेका केही सीट खालि गर्नुपर्छ । साथै मौसम र प्राविधिक कारणले गन्तव्य विमानस्थलमा पुग्नअघि नै विमान अन्यत्र अवतरण गर्नुपर्ने हुनसक्छ । यसबाट बच्न जहाजमा पर्याप्त इन्धन राख्नुपर्छ जसले गर्दा विमानको लोड पनि बढ्छ ।

सीट खाली राख्नुको अर्को महत्वपूर्ण कारण भूगोल हो । काठमाडौं र तुम्लिङटारजस्ता भौगोलिक कठिनाइ भएका विमानस्थलमा बढी ध्यान दिनु पर्ने सिनियर अपरेसन इन्जिनियर बस्न्यातको भनाइ छ ।

तापक्रम बढेपछि जहाजको अवरोध पार गर्ने क्षमता घट्छ । त्यसैले ती भौगोलिक अवरोध पार गरेर सुरक्षित उडान र अवतरणका लागि कतिपय सीट खाली राखिन्छन् ।

जहाजको भार व्यवस्थापन गर्ने एक मात्र तरिका सीट खालि राख्नु भएको नेपाल एयरलाइन्सका इन्जिनियरको भनाइ छ ।

उनले भने, 'सीट खालि राखेर मात्र भार व्यवस्थापन गर्न सकिन्छ ।  कतिपय गन्तव्यमा हवाइ इन्धनको व्यवस्था नहुँदा विमानले उडान गर्ने गन्तव्यबाट उडान भर्दा बढी रिजर्भ इन्धन राखेर उडान भर्नुपर्ने हुन्छ । त्यसैले यात्रु, सामान र कार्गो घटाउनुपर्छ ।'

नेपालको सन्दर्भमा प्राधिकरणले गर्मी मौसममा जहाजले बढी खाली सीटहरू छुट्याउनुपर्ने बताएको छ । प्राधिकरणका अनुसार विमानको लोड म्यानेजमेन्टको काम एयरलाइन्सले नै गर्नुपर्छ । छोटो रनवे भएका विमानस्थलमा विमानको लोड क्षमता कम हुन्छ ।

तापक्रम बढेपछि यो अझ कम हुन्छ त्यसैले  यात्रुहरूको संख्या र कार्गोको तौल कम गरिन्छ ।

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्ने निजी वायुसेवा कम्पनी बुद्ध एयरका सिनियर इन्जिनियर बस्न्यातले भने, 'विमानमा दुईवटा इन्जिन भए पनि प्राविधिक कारणले एउटा मात्र इन्जिनको क्षमतामा लाई ध्यानमा राखेर लोड व्यवस्थापन गर्नुपर्छ । दुई मध्ये एउटा इन्जिनमा समस्या आयो भने पनि अर्को इन्जिनबाट पनि सुरक्षित अवतरण गर्न सकिन्छ । जसले गर्दा यात्रुले सुरक्षित यात्रा गर्न सक्छन् ।'

 लोड व्यवस्थापनदेखि तालिमसम्म यात्रुको सुरक्षामा कुनै कमी नआउने प्रतिबद्धताका साथ बुद्ध एयरले दक्ष जनशक्ति राखेको बुद्ध एयरको दाबी छ ।

बुद्ध एयरका सञ्चार व्यवस्थापक दिपेन्द्र कर्णले भने, 'उच्च दक्ष र अनुभवी फ्लाइट इन्जिनियरहरूको सहयोगमा हामीले लोड एण्ड ट्रिम सीट सफ्टवेयर डिजाइन गरेका छौं । यसरी बुद्ध एयरले उडान र अवतरणका लागि विमानको तौलको गणना र व्यवस्थापन गर्छ ।'

सरल शब्दमा भन्नुपर्दा विमानस्थलबाट उडान भर्दा विमानले कति भार बोक्न सक्छ त्यो धावनमार्गको लम्बाइ, विमानस्थलको तापक्रम, समुन्द्री सतहबाट उचाइ, हावाको चाप र हावाको गतिमा भर पर्छ ।

छोटो रनवेबाट टेक अफ गर्दा विमानको लोड क्षमता घट्छ भने लामो रनवेबाट टेक अफ गर्दा विमानको लोड क्षमता बढ्छ । त्यस्तै टेकअफको समयमा उच्च गतिमा हावा चलिरहेको छ भने त्यसले विमानको लोड क्षमता घटाउँछ ।

विमानस्थल समुन्द्र सतहबाट जति माथि छ, जहाजको लोड क्षमता त्यति नै कम हुनेछ । तापक्रम बढ्दै जाँदा जहाजको भार क्षमता कम हुने भएकाले जहाजमा यात्रु र सामानको आवतजावत पनि सोही अनुसार घटाउनुपर्ने हुन्छ । त्यसैले जहाजमा सीट खाली राखिन्छ ।

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x