×

NMB BANK
NIC ASIA

संसद् भवनभित्र आन्दोलनकारी

केही लघुवित्त पीडितलाई सांसदले नै छिराएका थिए संसद् भवन, अन्तै थियो प्रहरीको ध्यान !

काठमाडाैं | फागुन १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

संसद् भवन बानेश्वरमा सांसदले नै केही आन्दोलनकारीलाई पास दिएर भित्र लगेको पाइएको छ ।

Muktinath Bank

सोमबार लघुवित्तपीडितहरू हुलैसहित संसद् भवनभित्र छिर्नुभन्दा अगाडि सोही समूहका १४/१५ जनालाई सांसदले नै प्रवेश पास मिलाएर भित्र छिराएको पाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो संघीय सांसदज्यूहरूले केही आन्दोलनकारीलाई पास मिलाएर भित्र छिराउनुभएको देखिएको छ । छानबिन समितिले त्यसबारेमा अनुसन्धान गरिरहेको छ,’ एआईजी थापाले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसी भूपेन्द्र खत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडिओ) जीतेन्द्र बस्नेतलगायतको टीमले अहिले त्यस क्षेत्रको क्लोज सर्किट क्यामेरा (सीसीटीभी) र संसद् भवनमा भएको रेकर्ड फाइल अनुसन्धान गरिरहेको छ । 

‘आन्दोलनकारीको हुल छिर्नुअघि सांसद्ले नै केही आन्दोलनकारीलाई पास मिलाएर क्यान्टिनमा लगेको देखिएको छ । त्यसको बारेमा सीसीटीभी फूटेज अनुसन्धान भइरहेको छ,’ एसएसपी खत्रीले लोकान्तरसँग भने  । को–को सांसदले क–कसलाई पास दिएर छिराएको भन्ने विषय छानबिन समितिले सार्वजनिक गर्ने उनले बताए । 

प्रहरीले पक्राउ परेका ४९ जनालाई शान्ति सुरक्षा खल्बल्याएको कसूरमा मुद्दा चलाउने तयारी गरेको छ । ‘पक्राउ परेकाहरूलाई निषेधित क्षेत्र तोडेको र शान्तिविरुद्धको कसूरमा मुद्दा चलाउने तयारी गरिरहेका छौं,’ एसएसपी खत्रीले लोकान्तरसँग भने । 

null

कसरी आए आन्दोलनकारी ?

करिब १ महिना लामो पैदल यात्रा गरेर देशभरका लघुवित्त पीडितहरू अघिल्लो हप्ता काठमाडौं आएका थिए ।

काठमाडौं आइसेकेपछि केही धर्नाकारी माइतीघरमा प्रवेशलगायतका कार्यक्रम गरेर आन्दोलन गरिरहेका थिए । बिहीबार बालुवाटारमा रहेको राष्ट्र बैंकअगाडि पनि आन्दोलन गरेका थिए । 

आइतबार बिहान ८ बजे काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्री, सीडीओ जितेन्द्र बस्नेत र गौशाला वृत्तका प्रमुखले गौशालाको सिफलचौरमा बसेका आन्दोलनकारीहरूसँग समन्वय गरेका थिए ।

त्यसक्रममा लामो समयदेखि हिँडेर आएको र थाकेकाले आन्दोलनका कार्यक्रम नभएको जानकारी आयो । स्थानीयले सिफल चौरमा फोहोर भएको भन्दै विरोध गरेपछि पशुपति विकास कोषको भन्डारखालमा सार्ने निर्णय भयो । 

सरकारले वार्ताका लागि आह्वान गरेपछि त्यसका लागि टोली पनि गठन भएको विषय प्रहरी हुँदै गृह मन्त्रालयसम्म पुगेको थियो । त्यसपछि अभियन्ताहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भेटे । उनीहरूबाट थप गतिविधि नहुने निष्कर्षसहित प्रहरी उनीहरूको पछाडि लाग्न छाड्यो । 

null

त्यसपछि प्रहरी अस्कल क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीबीचको झडप, मिटरब्याजी पीडितको अर्को समूहको पैदल यात्रा र क्रिकेटतर्फ केन्द्रित भयो । सिफलचौरमा भएका ५ सय जनालाई सामान्य वाच गरियो । उनीहरूलाई ल्याउनेमध्ये केही होटलमा बसेका थिए । 

उनीहरू काठमाडौं घुम्ने भन्दै कोही बानेश्वर लागे र कोही पशुपति लगायतका क्षेत्रमा घुम्न लागे । त्यति हुँदा दिउँसोको करिब १२ बजिसकेको थियो । प्रहरीको सीआरभी टोलीले बानेश्वरमा पुगेका मध्ये ७/८ जनालाई सोधखोज पनि गरेको थियो, तर उनीहरूले घुम्न आएको बताए । घुम्न आएको भनेपछि उनीहरूलाई हस्तक्षेप गर्नु आवश्यक नठानेर छाडिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

null

यसरी छिरे प्रदर्शनकारी

संसद् भवनको २ नम्बर गेटबाट सांसद्को गाडी मात्र छिर्छन् । यो गेट बानेश्वरबाट शान्तिनगरतर्फको मुख्य सडकमै छ । गेटमा २ जना र नजिकै सेन्ट्रीमा १ जना प्रहरी खटिएका हुन्छन् ।

सोमबार करिब २ः१६ मिनेटमा जाँदा आन्दोलनकारीहरू एक्कासि आएर प्रहरीलाई धकेलेर भित्र छिरेका थिए । सवारी साधन आइरहने भएकाले एउटा गेट हल्का खुला थियो । त्यसलाई प्रयोग गरेर आन्दोलनकारी भित्र छिरेका थिए । करिब २ घण्टाको बीचमा आन्दोलनकारीले योजना बनाएर केही पत्रकारलाई समेत बोलाएको देखिन्छ ।

संसद् भवनको भित्री घेरामा मर्यादापालकहरू रहने गर्छन् । दोस्रो घेरामा प्रहरी प्रधान कार्यालयबाट खटिएको ८४ जनाको विशेष टोली हुन्छ । त्यसको कमान्डर प्रहरी उपरीक्षक (एसपी) हुन्छन् । सबैभन्दा बाहिरी घेरामा काठमाडौं प्रहरीका केही सुरक्षाकर्मीहरू खटिएका हुन्छन् । त्यसका अलवा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली पनि संसद् भवनमा खटिएको हुन्छ । 

यी सबैलाई जिल्याउँदै प्रदर्शनकारी संसद् भवनभित्र छिरेका थिए ।

null

केही कमजोरी भएको हो : एआईजी थापा

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापा प्रहरीबाट केही कमजोरी भएको स्वीकार्छन् । ‘उनीहरूले आन्दोलनका कार्यक्रम आज हुँदैनन् भनेपछि सामान्य स्क्रीनिङमा राखेर हामी अन्य आन्दोलनका कार्यक्रममा लाग्यौं । त्यसको फाइदा उठाउँदै उनीहरू भित्र छिरे,’ एआईजी थापाले लोकान्तरसँग भने, ‘हाम्रो केही कमजोरी भएको हो, तर त्यसमा प्रहरीलाई मात्रै दोष दिनेले सांसदज्यूहरूले नै आन्दोलनकारीलाई भित्र लगेको देखेनन् ।’

प्रहरी मात्र नभएर राष्ट्रिय अनुसन्धानको पनि कमजोरी रहेको उनको भनाइ छ ।

घटना छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

null

बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

बानेश्वरको घटनाका बारेमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले साँझ सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका थिए ।  

मन्त्री श्रेष्ठले गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख रुद्र पण्डित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका थिए ।

सभामुख देवराज घिमिरेले पनि प्रहरीलगायतका सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर यस विषयमा ब्रिफिङ लिएका छन् । सोमबार दिउँसो निषेधित क्षेत्र पार गर्दै ४८ जना महिला र एक पुरुष संसद् भवन परिसरमा प्रवेश गरेर प्रदर्शन गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको छ ।

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x