×

NMB BANK
NIC ASIA

प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | फागुन २१, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Muktinath Bank

सिँचाई आयोजना (सीआईपी) का इन्जिनियर महेशसिंह कठायत, वडा नम्बर ९ का अध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले पाण्डेसहित सिँचाइ आयोजनाका इन्जिनियर कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाय, जिल्ला मुगु साविकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिँचाइ आयोजनामा खटिएका सर्जनबहादुर शाही, सोरु गाउपालिका–९ का तत्कालीन वडा अध्यक्ष परुनाथ योगी, तत्कालीन गाविस सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही र कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही सामुदायिक सिँचाइ आयोजना अन्तर्गत परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।


Advertisment
Nabil box
Kumari

आयोगका प्रवक्ता नरहरि घिमेरेका अनुसार उनीहरूले उक्त सिँचाई आयोजना​मा गैरकानूनी लाभ तथा हानि पुर्‍याई रकम हिनामिना गरेका थिए ।

Vianet communication

मुगुको साबिकको कालै गाविस वडा नम्बर ४ हाल सोरु गाउँपालिका वडा नम्बर ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।

आयोगका अनुसार उनीहरूले लागत अनुमान लुकाई इस्टिमेट अनुसार काम नगरेको पाइएको थियो । सरिया र सिमेन्टको कम प्रयोगका साथै न्यून गुणस्तरको काम गरेर रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । 

उपभोक्ता समितिलाई वास्तविक भए गरेको कार्यभन्दा २६ लाख ८२ हजार १४ रुपैयाँ बढी लिई/दिई भ्रष्टाचार गरिएको आयोगको आरोप पत्रमा उल्लेख छ । 

आयोगले उनीहरूविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x