×

NIC ASIA

डब्लूएफपीको चेतावनी– सुडानमा सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्तिने खतरा छ

काठमाडाैं | फागुन २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

पोर्ट सुडान–सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले बुधवार चेतावनी दिएको छ ।

Muktinath Bank

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले ८० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । यसबाहेक, द्वन्द्वअघि नै आफ्नो घरबाट विस्थापित भएका २० लाखभन्दा बढी नागरिकका कारण सुडानमा विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट निम्त्याएको छ ।


Advertisment
Nabil box
Kumari

डब्लूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले भने, ‘अहिले लाखौं मानिसको जीवन र सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरता खतरामा परेको छ ।’

Vianet communication

‘२० वर्षअघि डार्फरमा विश्वको सबैभन्दा ठूलो भोकमरीको सङ्कट थियो र विश्वले यसको प्रतिकार गर्न एकजुट भएको थियो,’ सुडानको विशाल पश्चिमी क्षेत्रतर्फको विस्थापितहरूको अवस्था सङ्केत गर्दै उनले भने । 

तर, पूरानो घाउ आज सुडानका जनताले बिर्सिएका छन् ।

सन् २००० को दशकको सुरुमा डार्फरमा जातीय अल्पसङ्ख्यक विद्रोहीविरुद्ध पूर्व तानाशाह ओमार अल–बशीरले प्रयोग गरेको जन्जाविद मिलिसियाबाट आरएसएफ आएको हो ।

वर्तमान युद्धमा आरएसएफ र सेना दुवैलाई आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको, सर्वसाधारणलाई निशाना बनाएको र अत्यावश्यक सहायतामा अवरोध पु¥याएको आरोप लगाइएको छ ।

डब्लूएफपीले हाल ‘भोकमरीको आपतकालीन स्तर’ सामना गरिरहेका ९० प्रतिशत मानिसहरूसम्म पुग्न असमर्थ रहेको र सुडानको जनसङ्ख्याको पाँच प्रतिशतले मात्र ‘दिनको एक छाक खाना किन्न सक्ने’ बताएको छ ।

‘सुडानबाट ६ लाख मानिस भागेको दक्षिण सुडानको भीडभाड युक्त ट्रान्जिट क्याम्पमा मानिसहरू भोकभोकै आउँछन् र उनीहरूलाई थप भोकमरीको सामना गर्नुपर्ने हुन्छ,’ डब्लूएफपीले जानकारी गराएको छ । 

डब्लूएफपीका अनुसार सीमा पार गर्ने पाँचमध्ये एक बालबालिका कुपोषित रहेको बताइएको छ ।

सुडानमा एक करोड ८० लाख मानिसले तीव्र खाद्य सुरक्षाको सामना गरिरहेका छन्, जसमध्ये ५० लाख मानिस भोकमरीको भयावह स्तरमा छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x