×

NMB BANK
NIC ASIA

अवैध उत्खनन्‌ले जोखिममा बस्ती

लोहन्द्रा खोलामा मापदण्डविपरीत उत्खनन् : कटहरीका सयौं घर जोखिममा

विराटनगर | फागुन २४, २०८०

NTC
Premier Steels

मोरङको कटहरी गाउँपालिका–६ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन्ले सिंगो दुई बस्ती जोखिममा परेका छन् । ठेकेदार कम्पनीले मापदण्डविपरीत खोला उत्खनन् गर्दा कटहरीको चतारीघाट र सतार बस्तीका सयौं घर जोखिममा परेका हुन् । विराटनगर–६ स्थित आरसी सप्लायर्स एण्ड कन्ट्रक्सन प्रालिले खोला उत्खनन् गरिरहेको छ । खोलाको ठेक्का स्थानीय कांग्रेस नेता सञ्जय मण्डलले लिएका छन् । 

Muktinath Bank

कम्पनीले मापदण्डविपरीत उपकरणहरू प्रयोग गरेर खोला उत्खनन् गरेपछि गाउँपालिकाले ती सवारी साधन नियन्त्रणमा लिएको छ । कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन् गरेको पाइएपछि उपकरणहरू नियन्त्रणमा लिएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्खनन्मा उपकरणहरू प्रयोग गर्न नपाइने लिखित सम्झौता भए पनि ट्र्याक्टर र ट्रिपरमा लोड गरिने उपकरणहरू प्रयोग गरेर उत्खनन् गरेको पाइएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

अवैध उत्खनन्ले बस्ती जोखिममा परेको भन्दै स्थानीयले उजुरी दिएपछि गाउँपालिका अनुगमनमा गएको थियो । कटहरी गाउँपालिका ६ की रेनुका हास्दाले दैनिक जेसीबी प्रयोग गरी ट्याक्टर र ट्रिपरमा अवैध रूपमा माटो (भरोट) उत्खनन् गरी बिक्री भइरहेको बताइन् । ‘घरछेउमा मशिन लगाएर  ठूला खाडल हुनेगरी खनेका छन्,’ उनले भनिन्, ‘ यसरी खाडल हुनेगरी उत्खनन् गर्दा बाढी बस्तीमा पस्ने गरेको छ ।’

Vianet communication

धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोला बलुवा र भरौट झिक्ने २०८० मंसिर ८ गते ठेक्का लागेको थियो । श्री आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले १ करोड ३२ लाख १६ हजार ५९२ रुपैयाँमा ठेक्का लिएको छ । ठेक्का सम्झौता अवधि २०८१ जेठ मसान्तसम्म छ । 

कटहरीका स्थानीय कांग्रेस नेता सञ्जय मण्डलले ठेक्का लिएका छन् । खोला ठेक्का लिने कम्पनी भने अर्कै व्यक्तिको हो । ठेकेदार मण्डलले कटर प्रयोग गरिएको स्वीकार गरे पनि ठूला मशिन भने प्रयोग नगरेको दाबी गरे । ‘कटर मशिनले सम्याउने मात्र काम गर्दछ । खोला ढिलोगरी ठेक्का लागेका कारण पनि समस्या भएको हो,’ उनले भने, ‘हामीमाथि झुटो आरोप लगाएको छ । कटहरी गाउँपालिका अध्यक्षले फसाउन खोजेका छन् ।’ स्थानीय सरकारले दुःख दिए ठेक्का रद्द गरेर अदालत जाने चेतावनी ठेकेदार मण्डलको छ ।

कटहरी गाउँपालिकाले भने अवैध उत्खनन्मा उपकरण प्रयोग गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने जनाएको छ । अवैध उत्खनन् गरिएको खोलामा स्थलगत निरीक्षण गरेर आएपछि कार्यपालिका बैठकले ठेकेदार कम्पनीलाई कारवाही गर्ने अध्यक्ष चौधरीले बताए ।  

अनुगमनमा गाउँपालिका अध्यक्ष चौधरीसहित, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीता देवी राजवंशी, मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धानका निर्देशक तिलक शर्मा प्रसाई, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहलगायतको टोलीले अनुगमन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x