×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

संसदमा फेरिएको दृश्य : विपक्षी बेन्चबाट प्रचण्डमाथि कांग्रेसको हमला

काठमाडाैं | फागुन २५, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता समीकरण परिवर्तन भएसँगै कांग्रेस प्रतिपक्षी बेन्चमा बसेको छ । कांग्रेसले नयाँ समीकरणपछिको पहिलो प्रतिनिधिसभा बैठकमै सत्ता पक्षमाथि तुस पोखेको छ । उसले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाज भएको टिप्पणी गरेको छ । 

Muktinath Bank

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएकाहरू कुनै दिन मिल्ने अवस्था आउन सक्ने टिप्पणी गरे । गठबन्धन फेर्ने यही गतिले प्रतिनिधिसभाको कार्यकालसम्ममा प्रचण्डले १३ वटासम्म गठबन्धन गर्न सक्ने भन्दै उनले कटाक्ष गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब प्रचण्डले धोका दिन बाँकी कोही भएन, तपाईंबाट धोका पाएकाहरू एक ठाउँमा उभिए भने तपाईं कहाँ पुग्नु होला ?’ उनले प्रश्न गरे । 
नेता लेखकले आफूलाई धोका दिनेलाई ‘लात्तीले हान्दिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्ति शोभनीय नभएको बताए । ‘बाँचुन्जेल राजनीतिमा उथलपुथल ल्याउँछु भन्नुभएको छ, तपाईं १०० वर्ष जीवित रहनु होला । सबैले सबै बुझेका छन्, यो कतिदिन रहन्छ इतिहासले देखाउला,’ उनले थपे ।
००००
तर, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नयाँ बनेको सत्ता समीकरण यो संसद्को कार्यकालसम्मै जाने दाबी गरेका छन् । पौडेलले नयाँ गठबन्धन केही हुन्छ कि भनेर नसोच्न आग्रह गरेका हुन् । विगतका अनुभवबाट पाठ सिकेर चालिएको अहिलेको कदम नटुट्ने उनले दाबी गरे । 


Advertisment
Nabil box
Kumari

‘अहिले शुरू भएको सहयात्राले प्रतिनिधिसभाको कार्यकाल पूरा गर्छ । किनकि स्वार्थ र अवसरले गरेको सहायात्रा नभइ जनताका समस्यालाई केन्द्रमा राखेर गरिएको सहयात्रा हो,’ पौडेलले भने, ‘अनुभवबाट शिक्षा लिएर गरिएको यात्रा हो । दुर्घटनामा परोस् भनेर आशा नगरे हुन्छ । बाँकी कार्यकाल पूरा गर्दै जनताको आशा र अपेक्षालाई पूरा गर्छ ।’
पौडेलले यस्तो बताइरहँदा कांग्रेसले एकतर्फी रूपमा प्रधानमन्त्रीले गठबन्धन तोडेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पूर्व समझदारीविरुद्ध हुने गरी प्रधानमन्त्रीले अराजनीतिक कदम चालेको बताए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम उठाएरै सत्ता समीकरण बदलेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले औसत र तदर्थवादमा रमाउन नचाहेपछि समीकरण बदलेको बताएका हुन् । 

Vianet communication

‘औसत उपलब्धिको पिँजडामा रमाउन चाहिनँ । औसत र तदर्थवादमा रमाउन नसकेपछि पदको जोखिम उठाएँ,’ उनले भने, ‘किनकी म फेरि फोटो झुण्ड्याउन आएको होइन । एक वर्ष पुग्दा पनि पद ओगटिनरहने अवस्थाबाट मुक्त हुनुपर्छ भन्नेमा पुगेको हुँ । सुशासनस र परिवर्तनप्रति जति सहयोग गर्नुपर्ने हो त्यो नगरेपछि पदको जोखिम उठाएरै राष्ट्र निर्माणमा लाग्ने संकल्प गरेको हुँ ।’
००००
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका साझेदार दललाई धोका दिएको आरोप लगाएका छन् । पाँच वर्ष नै गठबन्धन चलाउने आफ्न प्रतिबद्धतामा प्रचण्ड अडिन नसकेको देउवाले आरोप लगाए । 
संसद् भवन नयाँ बानेश्वरमा बिहीवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रचण्डले दिएको धोकाबारे आफूसँग भन्ने शब्द नै नरहेको बताएको एक सांसदले लोकान्तरलाई जानकारी दिए । ‘प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन,’ संक्षिप्त सम्बोधन गरेका देउवाले भनेका थिए ।  
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीवारको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले भने, ‘प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।’
००००
आज लागेको पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेको बताए ।  

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । 
००००
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको छ ।
उनीसहित तीनजनाविरुद्ध फौजदारी अभियोगमा बिहीवार मुद्दा दर्ता भएको हो ।
००००
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् ।  निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा  भएको छलफलमा मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए ।
००००
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडासेवा निवृत्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकास लिएका हुन् ।  

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले बिहीबार बिदाइ गरे ।
००००
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गरेका हुन् ।
००००
नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार लामो समय चल्छ भन्नेमा सरकारमै बसेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नै भरोसा नभएको बताएका छन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि बाहिरिएर सञ्चारकमीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले बोल्दा गठबन्धनको ठूलो दल एमाले अध्यक्ष ओलीकै मनमा पनि धोका पाउने कुरा खेलिरहेको दाबी गरेका हुन् ।
००००
गण्डकी प्रदेश सरकारको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । फागुन २५ गते शुक्रवार रातिदेखि अधिवेशन अन्त्य गर्ने घोषणा गरिएको प्रदेशसभा सचिवालयले बिहीवार जनाएको छ ।
००००
नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । यस्तै भारतीय राजदूतले पनि बिहीबार नै भेटेका छन् । 
००००
निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन अस्वीकार गरेको छ ।
पार्टीको महाधिवेशनबाट अध्यक्षमा चौधरी निर्वाचित भएको भनेर विवरण अद्यावाधिक गर्न निवेदन परे पनि आयोगले त्यसलाई मान्यता नदिएको हो ।
००००
जनता समाजवादी पार्टीका  अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x