×

NMB BANK
NIC ASIA

एकै परिवारका ३ सहित ७ जनाको मृत्युले शोकमा डुब्यो हतुवागढी

विराटनगर | चैत १, २०८०

NTC
Premier Steels

बिहीवार भएको बोलेरो जीप दुर्घटनामा एकै परिवारका ३ सहित एउटै पालिकाका ७ जनाको मृत्यु भएको छ । यस घटनाबाट भोजपुरको हतुवागढी गाउँपालिका शोकमा डुबेको छ ।  दुर्घटनाबाट मृत्यु हुने ८ मध्ये ७ जना हतुवागढीका भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताए । 

Muktinath Bank

मृत्यु हुनेमा हतुवागढी– २ दितेनीका चन्द्रप्रकाश राई, पर्वतमाया राई, डिसाङ राई, हतुवागढी–की ५ रामकुमारी राई र किसन राई रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारीचालक हतुवागढी– २ कै मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । हतुवागढी– ९ का पदमबहादुर थापा र सुनसरीको इटहरी घर भएकी कमला अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मृतकमध्ये दितेनीका ७० वर्षीया पर्वतमाया राई उनका छोरा २३ वर्षीय चन्द्रप्रकाश र  शान्तिकला राईका ६ महिने छोरा डिसाङ रहेका छन् । 

Vianet communication

गम्भीर घाइते भएकी ३२ वर्षीया शान्तिकला पर्वतमायाकी छोरी हुन् । उनको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)मा उपचार भइरहेको छ । एउटै परिवारका तीन जनाको मृत्युले सिंगो दितेनी शोकमग्न बनेको छ । 

दुर्घटनामा हतुवागढी गाउँपालिका– ५ का रामकुमारी राई र किसन राई, हतुवागढी– ९ का पदमबहादुर थापाको पनि मृत्यु भएको छ । दुर्घटनाले सिंगो गाउँपालिकालाई शोकमग्न बनाएको हतुवागढी– ९ का वडाध्यक्ष सञ्जल राईले बताए । 

सुनसरीको धरानबाट १६ जना यात्रु बोकेर भोजपुरको घोरेटारतर्फ हिँडेको बोलेरो जीप अनियन्त्रित भई उदयपुरको बेलका नगरपालिका ७, मैनामैनीमा सडकभन्दा ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । 

नाैजना घाइतेको धरानस्थित घोपा क्याम्पमा उपचार भइरहेको छ ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x