×

NIC ASIA

रियलको उपाधि रक्षा थप मजबुत

काठमाडाैं | चैत ४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

स्पेनिस ला लिगा फूटबलको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जीत हात पार्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।

साविक विजेता रियलले शनिवार राति घरेलु टोली ओसासुनामाथि ४–२ गोल अन्तरको सहज जीत निकाल्दै शीर्षस्थानमा १० अंकको अग्रता बनाउँदै उपाधि यात्रा थप मजबुत बनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाम्पलोनामा भएको खेलमा रियलको सहज जीतमा भिनिसियस जुनियरले दुई तथा ड्यानी कार्भाजल र ब्राहिम डियाजले समान एक–एक गोल गरे । भाल्भेर्डेले ३ असिस्ट प्रदान गरे । ओसासुनाका एन्टी बुडीमिर र इकर मुनोजले एक–एक गोल फर्काए ।


Advertisment
Rupse Holidays
Nabil box

खेलको चौथो मिनेटमा नै भिनिसियसको गोलबाट रियलले अग्रता लिन सफल भएको थियो । तर, रियलको त्यो अग्रता लामो समय टिकेन ।

Vianet communication

सातौं मिनेटमा एन्टीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

खेलको १८औं मिनेटमा कप्तान कार्भाजलले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । 

खेलको ६१औं मिनेटमा डियाजले गोल गर्दा रियललाई ३–१ को अग्रता दिलाए । 

६४औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई सहज जीततर्फ अघि बढाए । 

यद्यपि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मुनोजले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए ।

यस जीतले रियलले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ । रियलको २९ खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाट जिरोनाको ६२ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ६१ अंक छ । पराजित ओसासुना ३६ अंक जोडेर ११औं स्थानमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x