×

NMB BANK
NIC ASIA

इजिप्टको राजधानी कायरोमा आगलागीः ८० वर्ष पुरानो अरब फिल्म स्टुडियो ध्वस्त

काठमाडाैं | चैत ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कायरो–इजिप्टको राजधानी कायरोमा भीषण आगलागी हुँदा ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको एएफपीका एक पत्रकारले बताएका छन् । 

Muktinath Bank

आगोले कायरोको गिजा जिल्लामा अल–अहराम स्टुडियोलाई आफ्नो चपेटामा पार्दा भित्रका सबै कुरा जलेको थियो । नजिकैका तीन भवनमा आगो फैलिनुअघि भवनहरू खाली गराइएको थियो । छिमेकी घरका बासिन्दाहरू शनिबार बिहान सडकका भुइँमा सुतिरहेको एएफपीका पत्रकारले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजिप्टमा घातक आगलागी सामान्य खतरा हो । यहाँ अग्नि संहिता विरलै लागु हुन्छन् र आपत्कालीन सेवाहरू प्राय सुस्त गतिमा पुग्छन् । सुरक्षा स्रोतहरूले आगलागीबाट कसैको पनि मृत्यु नभएको तर धुवाँबाट पीडित केही मानिसलाई घटनास्थलमै उपचार गरिएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

स्थानीय मिडियाका अनुसार रमजान टेलिभिजन शृङ्खलाका लागि छायाँकन सकिएको २४ घन्टापछि आगो लागेको हो । गत सोमवारदेखि शुरू भएको मुसलमानहरूको पवित्र उपवास महिना रमजानमा इजिप्ट र बाँकी अरब संसारमा दर्शकहरूको सङ्ख्या उच्च हुन्छ । 

Vianet communication
Laxmi Bank

सुरक्षा स्रोतहरूका अनुसार आगलागीको कारण अझै थाहा भएको छैन । आगो निभाउन अग्निशमनकर्ताहरूलाई छ घन्टाभन्दा बढी समय लागेको थियो । आगलागी देखेका छिमेकी युसुफ मोहम्मदले दमकलहरू आइपुग्नुअघि नै वरपरका घरहरूमा आगो फैलिसकेको बताए । 

अल–अहराम स्टुडियोको स्थापना सन् १९४४ मा भएको थियो र यसलाई २७ हजार वर्गमिटरमा बनाइएको थियो । यसमा तीन उत्पादन चरण, एक स्क्रिनिङ कक्ष र एक सम्पादन सुइट समावेश थिए । स्टुडियोमा इजिप्टका अनगिन्ती फिल्म र टेलिभिजन शृङ्खला बनाइएको छ । 

सन् १९५० को दशकमा इजिप्ट विश्वको तेस्रो सबैभन्दा ठूलो फिल्म निर्माता थियो । अहिले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटमा परेको इजिप्टले अरब संसारको सिनेमा उत्पादनको तीन चौथाई हिस्सा ओगटेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x