×

NMB BANK
NIC ASIA

जब रमजानमा खाना खान जम्मा हुँदाको दृश्य चाँडै रक्तपातमा बदलियो !

काठमाडाैं | चैत ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गाजा– इजराइली बमबारीबाट विस्थापित तबातिबी परिवार रमजानको पहिलो शुक्रवार राति सँगै खाना खान मध्य गाजामा जम्मा हुँदाको दृश्य चाँडै रक्तपातमा बदलियो । 

Muktinath Bank

महिलाहरूले उपवासको खाना तयार गर्दा उनीहरू बसेको भवनमा हवाई आक्रमण हुँदा परिवारका ३६ सदस्यको मृत्यु भएको आक्रमणमा बाँचेकाहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको समान सङ्ख्या जानकरी गराउँदै इजराइललाई नुसेरतमा भएको आक्रमणको दोषी ठहराएको छ । इजराइली सेनाले घटनाको जाँच गरिरहेको बताएको छ ।  


Advertisment
Nabil box
Kumari

‘यिनी मेरी आमा, बुवा, काकी र मेरा भाइहरू हुन्,’ हमलामा परी दोस्रो हातमा चोट लागेका १९ वर्षीय मोहम्मद अल–तबातिबीले देर अल बलाहमा रहेको अल–अक्सा शहिद अस्पतालमा आँसु बगाउँदै भने, ‘उनीहरूले हामीलाई घरभित्रै हमला गरे । मेरो आमा र काकी उपवासको खाना पकाउँदैहुनुहुन्थ्यो, सबैको मृत्यु भयो ।’

Vianet communication
Laxmi Bank

अस्पतालको आँगनमा शवहरू थुप्रिएपछि ट्रकमा कोचेर समाधिस्थल पुर्याउनुपर्ने उनले बताए । शव व्यवस्थापन सामग्रीको अभावमा मृतकहरूलाई रगतले लतपतिएको सेतो कपडामा बेरेर राखिएको एएफपी टेलिभिजनले प्रसारण गरेको छ । 

सोमवारदेखि शुरू भएको मुस्लिमहरूको पवित्र महिना रमजानको पहिलो शुक्रवार पवित्र अल–अक्सा मस्जिद क्षेत्र तनावपूर्ण भए पनि इजराइली कब्जामा रहेको पूर्वी जेरुसेलममा भने शान्तिपूर्ण रह्यो । 

गाजा क्षेत्रमा भने स्थिति फरक थियो । नुसेरतमा शुक्रवार राति भएको हवाई आक्रमण उत्तर गाजा क्षेत्रदेखि दक्षिणमा रफासम्म भएको ६० घातक हवाई आक्रमणमध्ये एक भएको हमासद्वारा सञ्चालित सरकारको प्रेस कार्यालयको प्रतिवेदनले जनाएको छ । 

‘यो रक्तपातपूर्ण रात हो । विनाशको हदलाई हेर्नुहोस्’, हमासद्वारा सञ्चालित सरकारी मिडियाका कर्मचारी सलामा लारुफले भने । 

गत अक्टोबरमा दक्षिणी इजरायलमा हमासको अभूतपूर्व आक्रमणबाट गाजामा युद्ध शुरू भएको हो । एएफपीको तथ्याङ्कअनुसार घटनामा एक हजार एक सय ६० नागरिकको ज्यान गएको थियो । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई समाप्त पार्न इजराइलको प्रतिशोधात्मक सैन्य अभियानमा कम्तीमा ३१ हजार पाँच सय ५३ व्यक्तिको ज्यान गएको छ । 

गाजाका २४ लाख बासिन्दाले शरण लिएको रफामा इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रवार सैन्य कारबाही गर्ने योजना स्वीकृत गरेको बताएपछि थप रक्तपातको त्रास फैलिएको छ । यद्यपि कुनै योजना सञ्चालन हुनुअघि नै हवाई आक्रमण जारी छ । शनिवार बिहान हवाई आक्रमणमा परी मस्जिदका मुएजिन इस्सा दुहैर र उनका दुई छोराले ज्यान गुमाएका थिए । 

मध्यगाजास्थित नुसेरतमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाएका आफ्ना ३६ सदस्यको सङ्ख्या बढ्दो रहेको युसेफ तबातिबीले बताए । ‘घटनामा परेका केहीलाई हामीले अझै उद्धार गर्न सकिरहेका छैनौँ, हामीसँग उद्धार गर्ने उपकरणको अभाव छ,’ धुलो हात टकटक्याउँदै उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x