×

NMB BANK
NIC ASIA

हमास र युद्धका लागि प्यालेस्टिनी समर्थन उच्च– सर्वेक्षण

काठमाडाैं | चैत ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गाजा क्षेत्र र प्यालेस्टिनी प्राधिकरण (पिए)मा बस्ने प्यालेस्टिनीबीच बुधबार जारी गरिएको एक सर्वेक्षणमा युद्धका बावजुद हमासका लागि लोकप्रिय समर्थन उच्च रहेको पाइएको छ । 

Muktinath Bank

रमल्लाहस्थित प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत प्यालेस्टिनीले अक्टोबर ७ मा हमासले इजराइलमा गरेको आक्रमणलाई समर्थन गरेका छन् । यो धारणा पिए र गाजा क्षेत्रमा समान रहेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वेक्षणमा हमाससँग प्यालिस्टिनी समर्थन (पिएमा ७५ प्रतिशत र ६२ प्रतिशत गाजामा)७० प्रतिशतमा स्थिर रहेको पाइएको छ  । हमासका नेता याह्य सिनवारलाई (६८ प्रतिशत पिएमा र ५२ प्रतिशत गाजामा) ६१ प्रतिशतले समर्थन गरेका छन्  । सर्वेक्षणमा फतहप्रतिको सन्तुष्टि धेरै कम २७ प्रतिशत र पिएका राष्ट्रपति महमुद अब्बासको पक्षमा १४ प्रतिशत रहेको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

डिसेम्बरमा भएको सर्वेक्षणको तुलनाना गाजामा हमासको समर्थन १० प्रतिशतले बढेको छ भने पिएमा १० प्रतिशतले घटेको छ । युद्धपछि गाजाको नियन्त्रण कसले गर्नुपर्छ भन्ने प्रश्नमा(६४ प्रतिशत पीएमा र ५२ प्रतिशत गाजामा) ५९ प्रतिशतले हमासलाई रुचाएका थिए । तेह्र प्रतिशतले अब्बासबिनाको पिए छनोट गरेका छन् भने ११ प्रतिशतले अब्बाससहितको पिए छनोट गरेका छन् । यसबाहेक तीन प्रतिशतले एक वा बढी अरब देश, एक प्रतिशतले संयुक्त राष्ट्रसङ्घ र एक प्रतिशतले इजराइली सेनालाई रोजेका थिए ।  

Vianet communication
Laxmi Bank

सर्वेक्षणमा प्यालेस्टिनीहरूलाई अमेरिका र उदार अरब राज्यहरूले पिए संस्थालाई सुदृढ गर्ने, दुई राज्यबीच शान्तिवार्ता पुनःस्थापित गर्ने र इजराइल तथा अरबबीचको सम्बन्ध सामान्य बनाउनकालागि योजना विकास गर्ने विचारको बारेमा पनि सोधिएको थियो । यो विचारलाई ७३ प्रतिशतले विरोध गरेका थिए । 

सर्वेक्षणमा महमुद अब्बासको अनुमोदन मूल्याङ्कन निराशाजनकरूपमा कम रह्यो । एकासी प्रतिशतले उनको नेतृत्वसँग असन्तुष्टि जनाए भने ८४ प्रतिशतले उनको राजीनामा माग गरे । 

अब्बासको सट्टामा राष्ट्रपतिकारूपमा हेर्न रुचाउने व्यक्तिलाई छान्न भन्दा ४० प्रतिशतले कारागारमा रहेका मारवान बरघोतीलाई, १९ प्रतिशतले हमासका नेता इस्लामाइल हानियालाई र १० प्रतिशतले हमासका गाजा नेता याह्या सिनवरलाई समर्थन गरेका छन् भने १८ प्रतिशतले कसैलाई समर्थन गरेनन्। बाँकी उत्तरदाताले पिएका नागरिक मामिलामन्त्री हुसेन अल–शेख, हाल निर्वासनमा रहेका मोहम्मद दहलान, हमासका वरिष्ठ नेता खालेद मसाल र पूर्व पिए प्रधानमन्त्री मोहम्मद श्तायेहलाई रुचाएका थिए । 

पिएमा ८३० र गाजा क्षेत्रमा ७५० गरी प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले एक हजार ५८० व्यक्तिलाई प्रश्न गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x