×

NIC ASIA

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ परेपछि भारत-जर्मनी सम्बन्धमा तनाव

काठमाडाैं | चैत १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिराको अन्तःशुल्कमा नीतिगत भ्रष्टाचारसँग जोडिएको सम्पत्ति शुद्धिकरण मुद्दामा भारतको प्रवर्तन निदेशालय (इडी)को कार्यालयमा लगिएको छ ।

Muktinath Bank

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उक्त घोटालामा गिरफ्तार गरिएकोविरुद्धमा जर्मनीले टिप्पणी गरेपछि भारतले आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै कडा आलोचना गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केजरीवाल पक्राउ परेपछि जर्मन विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीमा भारत आक्रोशित बनेको हो ।


Advertisment
Nabil box
Kumari

'हामीले नोट गरेका छौं, भारत एक लोकतान्त्रिक देश हो । यस मामिलामा न्यायपालिकाको स्वतन्त्रता र आधारभूत लोकतान्त्रिक सिद्धान्त सम्बन्धी मापदण्डहरू पनि लागू हुनेछन् भनी हामी अनुमान र अपेक्षा गर्छौं,’ जर्मन विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए ।

Vianet communication

उनको यही भनाइलाई लिएर भारत-जर्मनी सम्बन्ध अहिले तनावपूर्ण स्थितिमा पुगेको छ ।

भारतको विदेश मन्त्रालयले जर्मन दूतावासका डेपुटी हेड अफ मिशन, जर्ज एन्जवेलरलाई बोलाएर स्पष्टिकरण लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जर्मनीको विदेश मन्त्रालयको भनाइलाई भारतले 'भारतको आन्तरिक मामिलामा स्पष्ट हस्तक्षेप' भनी टिप्पणी गरेको छ ।

विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'आरोपको सामना गर्ने सबैले निष्पक्ष परीक्षणको हकदार छन् । यसमा केजरीवालले पनि प्रतिबन्धबिना सबै उपलब्ध कानुनी मार्गहरू प्रयोग गर्न सक्छन् । निर्दोषताको अनुमान कानूनको शासनको एक केन्द्रीय तत्व हो ।'

शुक्रवार केजरीवाललाई सात दिनका लागि ईडी हिरासतमा पठाइएको थियो । उनलाई दिल्ली अन्तः शुल्क नीति र त्यसैसँग जोडिएको सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि इडीले पक्राउ गरेको हो ।

केन्द्रीय एजेन्सीले बिहीबार राति पक्राउ गरेपछि दिल्लीका केजरीवाललाई राउज एभिन्यू अदालत पेश गरिएको थियो । उक्त अदालतका सीबीआई न्यायाधीश कावेरी बावेजाले केजरीवाललाई ७ दिनको हिरासतमा राख्न अनुमति दिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x