कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
वन्यजन्तु अधिकारीहरूले श्रीलङ्कामा आइतबार सात जवान हात्तीको शव फेला पारेका छन् । यसलाई पाँच वर्षमा जनावरहरूको सबैभन्दा ठूलो क्षति भएको मानिएको छ ।
दक्षिण पश्चिम मनसुनको सुरुआतका कारण राजधानी कोलम्बोबाट करिब दुई सय ५० किलोमिटर उत्तरपूर्वमा डिम्बुलागलामा हात्तीहरूको बासस्थानमा बाढी आएको एक अधिकारीले बताएका छन् ।
एक क्षेत्रीय वन्यजन्तु अधिकारीले भने, “गाउँलेहरूले हामीलाई हिजो साँझ डुबेका तीन जवान हात्तीको बारेमा सूचित गरेका थिए तर हामी दलदल भएको क्षेत्रमा जाँदा थप चार वटा मरेका हात्ती फेला पार्यौँ ।”
उनले सोमबार सात वटै हात्तीको शव परीक्षण गरिने बताए । यद्यपि प्रारम्भिक अनुसन्धानले ती हात्तीको दलदलमा डुबेर मृत्यु भएको देखाएको छ ।
सन् २०१९ मा मुलुकको उत्तर–मध्य क्षेत्रमा सात वटा हात्ती यस्तै मृत फेला परेका थिए । एक वर्षअघि सन् २०१८ मा पछिल्लो मृत्युको रिपोर्ट गरिएको क्षेत्रमा अन्य सात हात्ती डुबेर मरेका थिए ।
पछिल्लो आधिकारिक आँकडाअनुसार श्रीलङ्कामा जङ्गली हात्तीहरूको सङ्ख्या घटेर सात हजार मात्र भएको छ । गत शताब्दीको प्रारम्भमा यो सङ्ख्या अनुमानिनत १२ हजार थियो ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...