×

NMB BANK
NIC ASIA

कांग्रेसलाई रवि लामिछानेको खुला चुनौती, काठमाडौँ–४ मा सार्वजनिक बहसको प्रस्ताव !

काठमाडाैं | चैत १०, २०८०

NTC
Premier Steels

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई आफूसँग सार्वजनिक बहसमा आउन चुनौती दिएका छन् । सहकारी विवादमा आफूलाई कांग्रेसले निरन्तर निशाना बनाइरहेको प्रति आक्रोश पोख्दै लामिछानेले संसदमा जवाफ दिन नपाएकाले कांग्रेसले भनेको ठाउँमा सार्वजनिक बहस गर्न प्रस्ताव गरेका हुन् । त्यसका लागि कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र उपयुक्त हुने पनि लामिछानेको भनाइ छ।

Muktinath Bank

‘तपाईँहरूले भनेको दिन,स्थान र  समयमा तपाईँहरू र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईँ  आफ्ना विज्ञ,पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईँले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनु होला’, लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत खुला चुनौती दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यो बहस लाइभ गरेर सारा देशलाई देखाइनुपर्ने पनि उनको भनाइ छ । ‘सारा देशका अगाडि तपाईँहरूले मलाई  सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईँका कुरा तपाईँ जान्नुहोस्, मैले त मेरा मतदाता माथि न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ’, लामिछानेले भनेका छन्, ‘मेरो यो प्रस्तावको  जवाफमा तपाईँहरूले कहीँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। बस्, तपाईँ मलाई यत्ति मात्र भन्नुस्,म कहिले कहाँ तपाईँका आरोपहरूको जवाफ दिन आउँ ?’


Advertisment
Nabil box
Kumari

उनले अदालतमा सूर्यदर्शन सहकारीको मुद्दा चलिरहेको तर सो मुद्दामा आफू प्रतिवादी नभएको स्पष्ट पारेका छन् । ‘कसैको बयानमा समेत मेरो नाम संलग्न  भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ?’ लामिछानेको प्रश्न छ । 

Vianet communication

सूर्यदर्शन सहकारीका पीडितहरूलाई भेट्न सार्वजनिक अपिल गरिसकेको र संघर्ष समितिसँग आफ्ना कुरा राखिसकेको  पनि लामिछानेले बताएका छन् । लामिछानेले सहकारी पीडितले न्याय पाउने पनि बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x