×

NMB BANK
NIC ASIA

उपनिर्वाचन र प्रदेश सरकारबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडाैं | चैत १३, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रले उपनिर्वाचन र प्रदेश सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

Muktinath Bank

बुधवार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका एक सदस्यले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उपनिर्वाचन र प्रदेश सरकारको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो’ प्रधानमन्त्री स्रोतले भन्यो । 


Advertisment
Nabil box
Kumari

इलाम २ मा एमाले स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । माओवादीमा पनि पार्टीको तल्लो तहबाट उम्मेदवार सिफारिस भएर आएका छन् । तर माओवादीले एमाले उम्मेदवारलाई नै समर्थन गरेर जाने तयार गरेको माओवादी स्रोतको दाबी छ ।

Vianet communication
Laxmi Bank

‘तलबाट माओवादी उम्मेदवार सिफारिस भएर आउनुभएको छ । तर एमालेकै उम्मेदवारलाई समर्थन गर्ने स्थिति बन्छ’, माओवादी स्रोतले भन्यो ।

प्रदेश सरकारतर्फ कोशीमा एमाले, मधेशमा जसपा, सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री लिने समझदारी भएको पनि बालुवाटार स्रोतको भनाइ छ ।

बाँकी प्रदेशमा पनि गठबन्धनका दलबीच मुख्यमन्त्री सहमतिमा मिलाउने तयारी माओवादीका नेताहरू बताउँछन् ।

केही प्रदेशमा निर्णायक रहेको नेकपा एकीकृत समाजवादीलाई पनि आलोपालोमा मिलाएर जाने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x