×

NMB BANK
NIC ASIA

रास्वपाले बुझायो स्वास्थ्यमन्त्रीलाई २६ बुँदे सुझाव

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
वीर अस्पतालको भ्रमणका क्रममा डा तोसिमा कार्कीलगायत रास्वपाका सांसद ।
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्वास्थ्य विभागले बिहीवार स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्वास्थ्य मन्त्रालयमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसमक्ष २६ बुँदे सुझावपत्र पेश गरेको छ । प्रतिनिधिसभा सदस्य तथा रास्वपाका स्वास्थ्य विभाग प्रमुख डा तोसिमा कार्की नेतृत्वको टोलीले उक्त सुझावपत्र दिएको हो । 

Muktinath Bank

आपतकालीन स्वास्थ्यसेवालाई राज्यको पूर्ण दायित्वभित्र पार्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै यसलाई सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, उपचार तथा स्वास्थ्य सेवामा शुल्क निर्धारणका विषयमा पुनरावलोकन हुनुपर्ने, चिकित्सक तथा स्वास्थ्य मानव स्रोतको सुनिश्चित व्यवस्थापन गर्न जति सक्दो छिटो आवश्यक दरबन्दी सिर्जना गर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी रास्वापाले अस्पताल तथा स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरणको अवस्था बुझ्न, स्वास्थ्य क्षेत्रका नियमनकारी निकायलाई थप सक्रिय गराई समन्वयात्मक ढाँचामा स्वास्थ्यसेवा प्रदायकको अनुगमन र नियमनलाई तीव्र बनाइनुपर्ने र दीर्घकालीन रुपमा सबै नियामक गाभी ‘स्वास्थ्यसेवा नियमन परिषद्’ गठन गर्नुपर्ने सुझाव दिएको छ । 


Advertisment
Nabil box
Kumari

सुझाव पेश गर्दै डा कार्कीले भनिन्, ‘हामीसँग स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञको टोली छ । स्वास्थ्यका विषयमा हामीले गृहकार्य गरेका छौँ । हामी सहयोग र सहकार्य गर्न तयार छौैँ ।’

Vianet communication
Laxmi Bank

सुझावपत्र बुझ्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारको आवश्यकता रहेको उल्लेख गर्दै भने, ‘मुख्य कुरा त अस्पतालमा आम नागरिकले राम्रो स्वास्थ्य सेवा पाउनुपर्यो । उपकरण र जनशक्तिको आवश्यकता रहेको छ ।’ उनले दिइएका सुझावलाई अवलम्बन गर्दै  आवश्यक परेका बेलामा सहयोग माग्ने प्रतिबद्धता व्यक्त गरे ।  

विभागका सल्लाहकार डा सुवास प्याकुरेलले स्वास्थ्य क्षेत्र कसरी नागरिक तथा बिरामीमैत्री बनाउनेलगायतका विषयमा सुझाव दिएको बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रको गुणस्तरीयतामा सम्झौता गरिनुहुन्न । स्वास्थ्य क्षेत्रलाई तथ्याङ्क केन्द्रित बनाउन आवश्यक छ । रगत व्यवस्थापन र एम्बुलेन्सको गुणस्तरलगायत बुँदाबारे  चर्चा गरेका छौँ ।’

चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका सन्दर्भमा विद्यमान कानूनलाई कडाइका साथ लागु गनुपर्ने, औषधि उत्पादनमा गुणस्तर सुनिश्चित हुने गरी नीति परिमार्जन गरिनुपर्ने, अनलाइन टिकटको व्यवस्था, इ–फलो अप, टेलिमेडिसिन, डिजिटल हेल्थ कार्डजस्ता सेवामुखी प्रविधिलाई उच्च प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएका छन् । 

विभागका उपप्रमुख डा पुष्पमणि खरालले दरबन्दीमा जोड दिँदै भने, ‘दरबन्दी बढाउनका लागि सङ्घीय सरकार अग्रसर हुनुपर्छ । विदेशमा रहेका स्वास्थ्यकर्मीलाई नेपालमै बसेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x