×

NMB BANK
NIC ASIA

ओलीले उद्घाटन सत्रमै पदाधिकारीको नाम घोषणा गरेपछि एमाले झापाको अधिवेशन विवादमा

विराटनगर | चैत १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेकपा (एमाले)को नेतृत्व छनोट चुनावी प्रक्रियाबाट गरिने भएको छ । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि झापाका नेता–कार्यकर्ताले त्यसलाई नमानेपछि चुनावी प्रक्रिया अगाडि बढाइएको छ । 

Muktinath Bank

अध्यक्ष ओलीले उद्घाटन सत्रमा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरीलाई अध्यक्ष बनाउन खुल्ला मञ्चबाटै भनेका थिए । सचिव शिव ढुङ्गेल दाबीबाट पछाडि नहटेपछि झापामा एमालेको जिल्ला अधिवेशन रोचक बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई जनाबीच सहमति हुन नसकेका कारण शुक्रवारका लागि तोकिएको उम्मेदवार मनोनयनको कार्यतालिका प्रभावित भएको बनेको छ । निर्वाचन समितिले शुक्रवार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समयावधि तोकेको थियो । तर सहमतिका लागि भन्दै शुक्रवारको कार्यतालिका शनिवार बिहानका लागि सारिएको जनाइएको छ ।  


Advertisment
Nabil box
Kumari

निर्वाचन समितिले शनिवार बिहान ९ बजेदेखि उम्मेदवारी दर्ताको समयावधि तोकेको छ । पार्टी अध्यक्ष ओलीले ढुङ्गेल बाहेकका नेताको नाम राखेर पदाधिकारी घोषणा गरेको भन्दै झापाका कार्यकर्ताहरू रुष्ट बनेका छन्  । 

Vianet communication
Laxmi Bank

यद्यपि, नेतृत्वले सर्वसम्मत ढङ्गले पार्टी समिति घोषणा गरेको भन्ने विषय आफूलाई थाहा नभएको ढुङ्गेलले बताए । आफू प्रतिस्पर्धाको लागि तयार भएर बसेको उनको भनाइ छ । 

बिहीवार जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सर्वसम्मत चयन नेतृत्व गर्न निर्देशन दिएका थिए । गिरीको नेतृत्वमा उपाध्यक्षमा असारू राजवंशी र सचिवमा तुलसी कार्कीको नाम लिइएपछि ढुङ्गेल पक्ष रुष्ट बनेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x