×

NMB BANK
NIC ASIA

विवादमा प्रदेश खेलकुद विकास बोर्डको निर्णयः प्रशिक्षक नियुक्तिमा चलखेलको आशंका

विराटनगर | चैत १९, २०८०

NTC
Premier Steels

कोशी प्रदेशको खेलकुद विकास बोर्डले प्रशिक्षक नियुक्तिमा चलखेलको आंशका गरिएको छ । केही दिनअघि मात्रै बोर्डले करार प्रशिक्षक नियुक्ति गरेको थियो । अनियमित तथा धाँधलीपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरीसमेत परेको छ । उजुरी परेपछि कार्यालयले सामाजिक विकास मन्त्रालयलाई छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन पत्राचार गरिसकेको छ । कार्यालयले आइतबार सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै बोर्डले गरेको नियुक्ति प्रक्रियाको छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । 

Muktinath Bank

सामाजिक विकास मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ, ‘अनियमित तथा धाँधलीपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको विषयको उजुरी परेको सन्दर्भमा तपसिल विषमा के भएको हो ? त्यहाँ मन्त्रालयबाट एक छानबिन समिति गठन गरी ७ दिन भित्रमा स्पष्ट राय प्रतिक्रिया सहितको प्रतिवेदन पेसगर्न हुन आदेशअनुसार अनुरोध छ । साथै छानबिन प्रतिवेदन पेस भई अन्तिम कारबाही नटुंगिएसम्म लागि सो विषयमा भए/गरेका काम कारबाहीहरू यथास्थितिमा राख्न हुनसमेत अनुरोध छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ खेलका १७ प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढेपछि मुख्यमन्त्री कार्यालयले निर्देशन दिएको हो । ११ जनाले भने नियुक्ति पत्र नै बुझिसेकेको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बताए । नियुक्ति प्रक्रिया नियम संगत भएकाले आफूले गरेको निर्णयबाट पछि नहट्ने उनले बताए । ‘फुटबल खेलाडी दीपक लिम्बुलगायत अन्य केहीलाई प्रशिक्षक नियुक्ति गर्न दबाब दिएका थिए,’ वाग्लेले भने ‘मैले प्रक्रियाबाट जोसुकै आए पनि भयो भनेको थिएँ । त्यसैलाई इगो बनाए ।’ दीपकको ठाउँमा सुनसरीका सुरेन्द्र तामाङलाई प्रशिक्षक नियुक्त गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकले नै २१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । ४२ जनालाई ६ महिनाका लागि नियुक्त गर्न प्रदेश सरकारसँग ९६ लाख रुपैयाँ माग गरिएकोमा २१ लाख दिएपछि मासिक ३० हजार  दिने गरी १५ खेलका १७ प्रशिक्षक करारमा नियुक्ति गरिएको वाग्लेले बताए ।

Vianet communication

‘विज्ञसहितको समितिले छनोट गरेका प्रशिक्षकलाई नियुक्ति दिइएको हो ।  खेलकुद नबुझ्नेहरूले विरोध गरेका छन् । खेलाडीका पक्षमा राजनीतिजस्तो फोहरी खेल देखाएका छन् । कसलाई कहाँ लहड चल्यो कुन कुन नेताका मान्छे परेनन् भनेर हुँदैन,’ उनले भने, ‘कसले कसरी दबाब दिएका थिए । त्यो सबै रेकर्ड हामीले पनि राखेका छौ । छानबिन गर्ने भनेको अदालतले मात्रै हो ।’ कसले दबाब दिएको भन्ने विषयमा भने सदस्य सचिव वाग्लेले केही खुलाउन चाहेनन् । 

उनले समावेशी तरिकाले ५ महिला प्रशिक्षक पनि छनोट गरिएको जानकारी दिए । तर, सदस्य सचिव वाग्लेले प्रशिक्षक नियुक्ति प्रक्रिया सुरु गर्नुअगाडि नै प्रशिक्षकको नाम तयार गरेको अडियोसमेत बाहिरिएको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत थाहा पाउन नहुने अडियोमा बताएका छन् । ‘खेलाडीहरू सबै तयारी राखेका छौं । यो ओलीले समेत थाहा पाउनु हुँदैन । धेरै मान्छेले थाहा पाए भने छनोटमा समस्या हुन्छ । हामीले मान्छे तयारी अवस्थामा राखेका छौ,’ उनले अडियोमा भनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x