×

NMB BANK
NIC ASIA

शैक्षिक सत्र शुरू नहुँदै कोशीका सबै पहाडी जिल्लामा पुग्यो पाठ्यपुस्तक

विराटनगर | चैत २३, २०८०

NTC
Premier Steels

अघिल्ला शैक्षिक सत्रहरूमा समस्या खेप्दै आएका विद्यार्थीले यसपटक भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाठ्यपुस्तक पाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक नपाउने समस्याबाट कोशी प्रदेश मुक्त हुने विराटनगरस्थित जनक शिक्षा सामग्री केन्द्र कोशी प्रादेशिक कार्यालयले जनाएको छ । 

Muktinath Bank

जनक शिक्षा सामग्री केन्द्र कोशीका अनुसार यसपटक पहाडी जिल्लाहरूमा पुस्तक पुगिसकेको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंङ्गामा भने केन्द्रीय कार्यालयले नै पठाउने गरेको छ । विराटनगरबाट पठाउँदा ढुवानी भाडा बढी लाग्ने भएकोले काठमाडौंले नै पुस्तक पठाउने गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, पाँचथर  ताप्लेजुङलगायत पहाडी जिल्लामा पाठ्यपुस्तक पुगिसकेको र तराईका जिल्लामा पनि पुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

चैत्र १३ गतेदेखि नै पुस्तक बिक्री वितरण गर्न थालेकाले वैशाख १ गतेबाटै विद्यार्थीहरूले सहजै पुस्तक प्राप्त गर्ने जनक शिक्षा कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख भुपराज थापाले बताए । ‘कोशीमा आवश्यक पर्ने पुस्तकमध्ये ४१ प्रतिशत पुस्तक हामीले पहाडमा मात्र पठाएका छौं, तराईका पनि केही जिल्लामा गइसकेको र बाँकी ठाउँमा केही दिनभित्रै पठाइसक्छौं,’ उनले भने । कोशी प्रदेशमा झापा, मोरङ र सुनसरी तारईका जिल्ला भएकोले ढुवानीमा कुनै समस्या नहुने र छिट्टै पुस्तक पुग्ने उनले बताए । 

Vianet communication

व्यापारीहरूले पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउने बताएका छन् । ‘पहिला सामग्रीको प्रादेशिक कार्यालयहरूमा फोन गर्दा पनि उठदैन थियो,’ धनकुटाबाट पुस्तक लिन आएका खेमराज पौडेलले भने ‘अहिले एक महिनाअगाडि नै पुस्तक लिन आउन भनेकाले सहजै रूपमा पठाउन सकिने भएको छ ।’ 

पहिलोपटक व्यवसायीलाई जनक शिक्षा सामग्रीले पूरै पुस्तक उपलब्ध गराएको उनले बताए । गत शैक्षिक सत्रबाट सहज भए पनि गत वर्ष दुई वटा पुस्तक भने विद्यार्थीले ढिलो मात्रै पाएका थिए । यसपटक भने सेट नै एकै पटक लिएर गएको उनले बताए । ‘यसअघि ३० हजारको पुस्तक किन्न ७ हजार खर्च गर्दासमेत पूरा सेट लान पाइँदैन थियो । अघिल्लो  वर्षदेखि भने समस्या कम हुँदै गएको छ । समयमै नेपाली तथा अंग्रेजी माध्यमका सबै सेट पाठ्यपुस्तक प्राप्त भएकाले चाँडै विद्यालयमा पुर्‍याउन सक्छौं उनले भने ।

जनक शिक्षा सामाग्री कोशी प्रदेशको कार्यालय विराटनगरमा भेटिएका सुनसरीको झुम्काका व्यापारी सोवित तिम्सिनाले तीन दिनमा विद्यार्थीको हातमा पुस्तक पुर्‍याइदिने बताएका छन् ।

जनक शिक्षा सामग्री कोशी प्रदेशका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १६ लाख पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म साढे ७ लाख पुस्तक भने बिक्री गरिसकेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x