जेठ १९, २०८१
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न परिवारमा जन्मिएकी थिइन् लक्ष्मी गुरुङ । सानैदेखि खुला मनकी थिइन् उनी । घरमा कोही माग्न आउँदा चाहिएभन्दा बढी दिएर पठाउने गरेको अहिले पनि सम्झिन्छिन् । हुनेखाने परिवारमा जन्मिएकी लक्ष्मीलाई अभाव देख्नु/भोग्नु परेन । सिक्लेसको काखमा बालापन बित्योे । बुवा भारतीय आर्मी । छोरीलाई पनि पढाउनुपर्छ भन्ने विचार राख्थे बुवा । गाउँमा कक्षा ६ सम्म मात्र पढाइ हुने विद्यालयले थियो । पढाइकै लागि सपरिवार उनीहरू सिक्लेस छोडेर पोखरा झरे । पोखरा झरेलगत्तै बुवासँग लक्ष्मी भारत पुगिन् ।
नयाँ माहोलमा घुलमिल हुन कठिन थियो । पढाइलाई निरन्तरता दिन पनि उत्तिकै कठिन भयो । दुई वर्ष भारत बसेपछि पुनः पोखरा फर्कियो उनको परिवार । भद्रकाली विद्यालयमा ७ कक्षामा भर्ना भइन् लक्ष्मी । २०४७ सालमा सत्र वर्षको उमेरमा एसएलसी पास गरिन् ।
स–साना बाधा हटाउँदै पढ्दै थिइन् । जिन्दगीको यान सरल रेखामै थियो । तर, बाटो सधैं कहाँ जहिले सहज हुन्छ र ? एसएलसी उत्तीर्ण गर्नुअघि नै उनको विवाद भइसकेको थियो । ७ कक्षामा पढ्दापढ्दै मग्नी र ९ कक्षामा विवाह भइसकेको थियो । विवाह भए पनि पढाइ र बाहिरी कुरामा रोकटोक थिएन । विवाहपछि बिना रोकटोक एसएलसी दिन पाइन् । श्रीमानले कुनै रोकटोक गरेनन् ।
तर, त्यो श्रीमानको समझदारी नभई वेवास्ता थियो भन्ने बुझ्न लक्ष्मीलाई केही समय लाग्यो । एसएलसी दिएलगत्तै ठुली छोरी गर्भमा थिइन् । गर्भमा अर्को जीवन हुर्किंदै थियो लक्ष्मी परिपक्व हुँदै थिइन् । अनि मात्र थाहा भयो श्रीमानले देखाएको स्वतन्त्रता समझदारी नभई वेवास्ता थियो । ‘विवाह भएपछि जिन्दगीमा सबथोक पूरा भएजस्तो हुने रहेनछ । विवाहको वर्ष दिनपछि फरक पाएँ’, उनले विगत सुनाइन् ।
भारतीय आर्मीमै थिए श्रीमान पनि । छोरी जन्मिएपछि खर्च बढेको थियो । आफ्नो आयश्रोत थिएन । परिवारसँग माग्न इमानले दिएन । श्रीमानको बेवास्तामा पैसा माग्न सहज थिएन । छोरी हुँदाहुँदै पृथ्वीनारायण क्याम्पसमा कक्षा ११ मा भर्ना भइन् । जिम्मेवारीले थिचेपछि १२ पढ्दापढ्दै छोड्नुपर्यो । छोरीको आवश्यकताका लागि ५२ सालमा भाष्कर मेमोरियल विद्यालयमा पढाउन थालिन् । पाँच वर्षसम्म विद्यालयमा पढाएपछि उनलाई महसुस भयो आफूले पनि विद्यालय सञ्चालन गर्न सक्छु । विद्यालय त सञ्चालन गर्ने तर, त्यसमा सबैको पहुँच होस् अर्थात सबै पढ्न सकुन् ।
शिक्षा सबैका लागि अपरिहार्य । तर, कतिपय बालबालिका शिक्षाको पहुँचमा अझैसम्म आएका छैनन् । नेपालका दुर्गम ग्रामीण भेगमा शिक्षाको सोचेजस्तो प्रगति अझै हुन सकेको छैन । वर्गीकरणका हिसाबले बालबालिका शिक्षाको पहुँचमा छन् । निम्न, मध्यम र धनी वर्गका बालबालिकाले पाउने शिक्षाको सुविधा फरक छ । यहीँ समस्यालाई आत्मसाथ गर्दै समाजका केही अनुयायीहरू लागिपरेका छन् । राज्यले गर्नुपर्ने काम व्यक्तिबाटै भइरहेको छ । यस्तैमा एक हुन् लक्ष्मी । शिक्षाको पहुँच हरेक परिवारमा पुर्याउन उनले पोखरामा विद्यालयमा स्थापना गरिन् । अनि ०५९ सालमा आफूसँगै ४ जना महिला मिलेर सुरुआत गरे कन्चनजंगा बोर्डिङ स्कुल । अनि फूलबारी–११ सयपत्री चोकनजिकै सुरु भयो लक्ष्मीको विद्याको कन्चनजंगा । पौने ३ रोपनी जग्गामा ६ वटा कक्षा सञ्चालनमा आयो । उनीसँगैका बाँकी ३ जनाले पढाउने भए । सोचेजस्तो सहज पक्कै थिएन । ‘महिलाले खोलेको स्कुल भनेर धेरैले कुरा काटे । त्यो पनि गुरुङ परिवारले खोलेकोसम्म भन्न भ्याए,’ उनले सुनाइन् ।
उनी भने आफ्नो कामप्रति विश्वस्त थिइन् । एक दिन पक्कै सफल भइन्छ भन्ने आत्मविश्वास थियो । विद्यालय स्थापनाको केही समयमै विद्यार्थी बढ्न थाले । विद्यालय क्षेत्रको जग्गा सानो हुन थाल्यो । त्यसको केही पर अर्को ६ रोपनी जग्गा भाडामा लिएर विद्यालय सञ्चालन हुने भयो । गुरुङ परिवार भएकाले रकम जुटाउन असहज भएन । काम आँटेपछि आर्थिक पाटोले रोकिनुपरेन । आर्थिकबाहेक पनि व्यवस्थापन मूल कुरा थियो । व्यवस्थापनको भार आफैंमा थियो । सन्तान र विद्यालयसँगै लैजानु थियो । हरेक परिवारका लागि खुला थियो कन्चनजंगा । जसकारण पनि विद्यालय व्यावसायिकरूपमा सक्षम थिएन । यहीँ कारण लक्ष्मीले ३४ वर्षको उमेरमा विदेश हानिने निर्णय लिइन् । आफू जहाँ भए पनि विद्यालय सञ्चालन गर्ने उनको इच्छा थियो । २०६५ सालमा नर्वे जानुअघि विद्यालयलाई केही हदसम्म उकासेर गइन् । ‘म गइसकेपछि मान्छेमा अलिकति नकरात्मक सन्देश गयो । लक्ष्मी गइसकेपछि स्कुल चल्दैन भन्ने भयो । तर, मेरो ध्यान यतै हुन्थ्यो । थोरै तलमाथि त भयो तर, म यता हेर्थे । आर्थिक पाटो बलियो बनाउन विदेश पुगेकी थिएँ,’ उनले भनिन् ।
बाहिर भए पनि उनले विद्यालयको बारेमा बुझिरहिन् । २०७१ सालमा नेपाल फर्किएपछि भने उनले विद्यालयमै समय दिइन् । योबाहेक उनी सामाजिक सेवामा पनि सक्रिय छिन् । विदेश रहँदै उनले समय समयमा विपन्नलाई सहयोग गर्थिन् । भूकम्प जाँदा पनि गोरखामा उत्तिकै सक्रिय भएर सहयोगका लागि खटिन् । जीवन अघि बढिरहे पनि उनलाई खुल्ला महसुस भएको थिएन । नफुकेको गाँठोले असहज बनाएको थियो । बिग्रिएको वैवाहिक जीवनलाई मौका दिने सोच राखेकी उनले बुझिन् इज्जतका कारण मौन बस्नुहुँदैन । ‘वैवाहिक जीवन सम्पन्न हुन्छ भन्ने छैन । इज्जतको ख्याल गरेर २५/२६ वर्ष मौनतामा बसे । दाम्पत्य जीवन राम्रो बनाउनतिर लागे तर, हिजो नभएको कुरा आज पनि हुँदैन । इज्जत भनेर बसेर नहुने रहेछ’, उनले भनिन् ।
आफूले अहिले लिएको निर्णय विवाह भएको केही समयपछि लिन नसकेकोमा उनलाई पछुतो छ । ‘पहिले म साइड लागेको भए म केही अगाडि हुन्थे कि ? तर, छोराछोरी भइसकेपछि आफ्नोभन्दा बच्चाको लागि सोच आउने रहेछ । निर्णय लिन सकस थियो’, उनले भनिन् ,‘जहिले एकै कुराको कलहले पनि जन्जिर हुने रहेछ । काममा झन्झट हुने समय र उमेर महत्वपूर्ण हो । अब त्यो फर्किएर आउँदैन ।’
आँखामा अनेकौं सपना सजाएकी लक्ष्मीको पढ्ने इच्छा अझै कायमै छ । आफूले देखेको केही सपना आधा अपूरो भए पनि अरुको आँखाको सपना देखेर उनी खुशी हुन्छिन् । विपन्न परिवारको बच्चाको आँखामा सपनाको उडान भरिरहेकी छिन् । कञ्चनजंगा अन्य बोर्डिङ स्कुलभन्दा कम शुल्कमा पढाइ हुन्छ । विद्यालयमा भर्ना शुल्क र पढाइ शुल्क भनेर कहिले निर्धारण गरिएको हुँदैन । परिवारको आर्थिक परिस्थिति हेरेर विद्यालयले शुल्क लिन्छ । त्यसैले पनि होला विद्यालयबाट निस्किएका विद्यार्थी पनि फर्कि फर्की आउँछन् ।
आफू पनि सरल, शान्त स्वभावकी उनी हरेक कुरा दीर्घकालीन हुनुपर्ने सोच राख्छिन् । ‘प्रसिद्ध हुनुभन्दा दीर्घकालीन हुनुपर्छ,’ उनको विचार छ । ‘मान्छे दीर्घकालीन रूपमा चलन पर्छ । क्षणिक रूपमा देखावटी गर्न मन लाग्दैन । हाइलाइटमा लान र जान चाहन्नँ,’ उनी भन्छिन् ,‘हिजो थियो, आज छ । भोलि पनि हुन्छ र पर्सि पनि हुन्छ भन्ने लाग्छ ।’
उनी निरन्तरमा विश्वास गर्छिन् । आत्तिएरभन्दा धैर्यताका साथ काम गर्नुपर्ने उनको विचार छ । लक्ष्मीको सहयोगी भावले सम्मान र माया गर्ने धेरै छन् । विद्यालयको वातावरण पनि विद्यार्थी सम्झिएर भेट्न आइरहन्छन् । कोही विद्यार्थी बाल्यकालका अभावका तितामिठा घटना सम्झिँदै लक्ष्मीलाई धन्यवाद भन्छन् । उनको अघि आएर रुन्छन् । यति भनिसक्दा लक्ष्मीका आँखा पनि भरिन्छन् । कुरा गर्दागर्दै लक्ष्मीका आँखा रसाए । पछ्यौराले आँसु पुछ्दै उनले भनिन्, ‘बोर्डिङ स्कुल धनी र हुनेखानेका लागि मात्र होइन । सबैले गुणस्तरीय शिक्षा पाउनुपर्छ ।’
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...