×

NMB BANK
NIC ASIA

आईपीएलमा राजस्थानको अपराजित यात्रा कायमै, खेर गयो कोहलीको शतक

काठमाडाैं | चैत २५, २०८०

NTC
Premier Steels

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स (आरआर)ले अपराजित यात्रा कायमै राखेको छ । शनिवार राति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ६ विकेटले हारउँदै गुजरातले अपराजित यात्रा कायमै राखेको हो । 

Muktinath Bank

विराट कोहलीको शतकीय पारि खेलेपनि उनले बैंग्लोरलाई जीत दिलाउन सकेनन् । यसर्थ उनको शतक निराशामा परिणत भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंग्लोरले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै अपराजित यात्रालाई कायमै राखे ।


Advertisment
Nabil box
Kumari

टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले उत्कृष्ट शुरूवात गरेको थियो । पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डू प्लेसिसले १२५ रनको साझेदारी गरेका थिए ।  प्लेसिस ३३ बलमा ४४ रनको पारि खेलेर आउट हुँदा २ चौका र २ छक्का प्रहार गरे । कोहलीले अविजित ११३ रनको शतकीय पारि खेले । उनले ७२ बल फेस गर्दा ४ छक्का र १२ चौका हिर्काए ।

Vianet communication

ग्लेन म्याक्सवेल १ रनमा आउट हुँदा सौरभ चौहान ९ रनमा पभेलियन फर्किए । क्यामरन ग्रीन ५ रनमा नटआउट रहेका थिए । राजस्थानका युजवेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।

यता १८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले शुरूवात भने खराब रह्यो । यशश्वी जयसवाल खाता नै नखोल्दै पभेलियन फर्किए । त्यसपछि जोस बटलर र कप्तान सन्जुसामसन मिलेर टिमलाई अघि बढाए । यी २ खेलाडीले १४८ रनको साझेदारी गर्दै जीतको आधार तय गरे । कप्तान सञ्जु सामसन ४२ बलमा ६९ रनको अधर्शतकीय पारि खेल्दै आउट भए । उनले २ छक्का र ८ चौका प्रहार गरे ।

रियान पराग ८ तथा ध्रुव जुरेल २ रनमा आउट भए पनि जोस बटलरले नटआउट १०० रनको शतकीय पारि खेल्दै जीत दिलाए । उनले ५८ बलमा ४ छक्का र ९ चौका प्रहार गरे । उनलाई अन्त्यमा सिमरन हटमायरले साथ दिए । हटमायरले ६ बलमा २ चौका प्रहार गर्दै ११ रनको नटआउट पारि खेले ।

बैंग्लोरका रिसे टोप्लेले २ विकेट लिए । लगातार ४ खेलमा जीत निकालेको राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कोलकाता नाइट राइडर्स ६ अंकसहित रहँदा पराजित भएको बैंग्लोर २ अंकका साथ आठौं स्थानमा छ । उसको यो लगातार तेस्रो हार हो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x