×

NMB BANK
NIC ASIA

प्रदेशमा अस्थिरताको गोलचक्कर

आफ्नै मुद्दामा स्थापित नजिरविरुद्ध गण्डकीमा एमालेको सरकार, अदालत जाने पालो अब कांग्रेसको !

काठमाडाैं | चैत २५, २०८०

NTC
Premier Steels

नेकपा एमालेले केही समयअघि आफैं सर्वोच्च अदालत गएर स्थापित गराएको नजिरविपरीत गण्डकी प्रदेशमा नयाँ सरकार गठन गरेको छ । 

Muktinath Bank

एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल समेतको हस्ताक्षर प्रयोग गरी आइतबार मुख्यमन्त्री बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सर्वोच्चको पूर्ण इजलासले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गर्न नमिल्ने फैसला सुनाएको थियो । साथै, त्यसरी मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय समेत बदर गरिदिएको थियो ।


Advertisment
Nabil box
Kumari

न्यायाधीशत्रय ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सुनाएको फैसलामा भनिएको छ, 'सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै, थप वा दोहोरो भूमिका दाबी गर्न मिल्दैन । निजले सभामुखको भूमिकामा सीमित रहनुपर्छ ।'

Vianet communication

फैसलामा अगाडि भनिएको छ, 'सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्ने अभिप्रायले नै नेपालको संविधानको धारा १८६ मा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने, तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने व्यवस्था गरिएको हो ।'

सभामुखको तथस्टताबारे व्याख्या गरिएको फैसलाको ठहर खण्डमा भनिएको छ, 'उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८०/०३/२१ मा गरिएको नियुक्ति र तत् सम्बन्धमा भए/गरिएका काम कारबाही नेपालको संविधानप्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।'

कोशी प्रदेश सभाका सम्बन्धमा ९ महिनाअघि सर्वोच्चले सुनाएको फैसलाको नजिरविपरीत गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार एमालेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

अधिकारीले आइतबार नै शपथ लिएर २ मन्त्री समेत नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीका अलावा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेश प्रमुखसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।

शपथ लिँदै मन्त्रीद्वय चुमान र गुरुङ

गठबन्धन फेरबदलसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न चैत २७ गते ३ बजेसम्मको समय दिएका थिए ।

त्यसै अन्तर्गत एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र एक गरी ३१ सांसदको समर्थनमा दाबी पेश गरेका थिए । सोही दाबीलाई मान्यता दिँदै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अप्ठ्यारो गणित, अब अदालत जाने पालो कांग्रेसको

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमाले-माओवादी गठबन्धनसँग बहुमत छैन । एमालेका २२, माओवादीका सभामुखबाहेक ७ र स्वतन्त्र १ जोड्दा ३० मत मात्र पुग्छ, जुन बहुमतभन्दा १ कम हो ।

सोही कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मनाउन भरपूर प्रयास गरेका थिए । ओलीले 'गण्डकीमा सघाउनुस्, बाँकी हेरौंला' भनेको समाचार बाहिर आएको थियो ।

तर, राप्रपाले तटस्थ बस्ने अडान लिएपछि बहुमत पुर्‍याउन सभामुखको हस्ताक्षर प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको हो । राप्रपाका २ सांसद छन् । सबैभन्दा ठूलो दल कांग्रेससँग २७ सांसद छन् ।

त्यसो त, सभामुख धितालले आफूले नयाँ सरकार गठनका लागि हस्ताक्षर नगरेको दाबी गरेका छन् । ‘सभामुख निर्वाचित भएपछि मैले दलको सदस्यबाट राजीनामा गरिसकेको हुँ । कसैलाई मुख्यमन्त्री बनाउन  मैले हस्ताक्षर गरेको छैन । गर्न मिल्ने कुरा पनि भएन’, धितालले लोकान्तरसँग भने ।

माओवादीका अर्का एक सांसदले पार्टी संसदीय दलको लेटरप्याडमा पार्टीका ८ सांसदको समर्थन रहने गरी संसदीय दलको नेताले हस्ताक्षर गरेको जानकारी दिए । ती ८ मध्ये एक सभामुख हुन् । 

नयाँ सरकार गठन भएसँगै कांग्रेस अदालत जाने तयारीमा जुटेको छ । कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखलाई पत्र लेखेर गैर-संवैधानिक नियुक्ति नगर्न आग्रह गरेका थिए ।

आफूहरूको आग्रह अस्वीकार गरिएपछि कांग्रेस कोशीको नजिर लिएर सर्वोच्च जाने तयारीमा लागेको छ । ‘गैर-संवैधानिक ढंगले गरिएको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी गरेका छौं,' कांग्रेसका एक सांसदले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x