मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडाैं | चैत २६, २०८०
रुसले सोमबार आगामी ४८ घन्टामा ‘अभूतपूर्व’ बाढीको चेतावनी दिएको छ । बढ्दो पानीले आंशिकरूपमा डुबेको सहरमा स्थानीय बासिन्दाहरू सङ्कटको सामना गर्ने अधिकारीहरूको विरोधमा विरलैरूपमा सडकमा उत्रिएका छन् ।
तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजाकिस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेको छ । अधिकारीहरूले बाढीको पानी आगामी ४८ घन्टामा खतरनाकरूपमा बढ्ने चेतावनी दिएका छन् ।
ओर्स्क सहरमा सोमबार दर्जनौँ प्रदर्शनकारीहरूले रुसी सरकारको कमजोर प्रतिक्रियाविरुद्ध असन्तुष्टिको दुर्लभ विरोध प्रदर्शन गरेका छन् । एउटा बाँध फुटेपछि साताको अन्त्यमा बाढीको पानीले उक्त सहर डुबेको थियो । स्थानीय सोसल मिडिया च्यानलहरूले पोस्ट गरेका भिडियोमा भीडले ‘लज्जाजनक’ र ‘पुटिन, सहयोग गर्नुहोस्’ भन्दै चिच्याएका थिए ।
यसअघि क्रेमलिनले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गर्ने कुनै योजना नभएको बताएको थियो । रुसमा कडा विरोधी कानूनअन्तर्गत सरकारविरुद्ध सार्वजनिक प्रदर्शन अवैध छ । ओर्स्कलाई समेटेको ओरेनबर्ग क्षेत्रीय अभियोजक कार्यालयले सोमबार बासिन्दाहरूलाई ‘अनधिकृत’ प्रदर्शनमा सहभागी भए उनीहरूले गिरफ्तारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
प्रदर्शनकारीहरूले थप वित्तीय सहयोगको माग गरिरहेका थिए र उनीहरू सहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकामा आक्रोशित थिए । सप्ताहन्तमा प्रकाशित क्षतिपूर्ति योजनामा क्षेत्रीय सरकारले बाढीले ‘पूर्णरूपमा नष्ट’ भएका घरेलु सामानहरूका लागि प्रतिव्यक्ति एक लाख रुबल (एक हजार एक सय अमेरिकी डलर) प्रदान गर्ने बताएको छ ।
सरकारी आरआइए नोभोस्ती समाचार समितिका अनुसार ओरेनबर्गका गभर्नरले सोमबार घरको नोक्सानीको पूर्ण क्षतिपूर्ति गर्ने बताएका छन् । अहिलेसम्म सबैभन्दा धेरै प्रभावित सहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको र नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले बताएको छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...