×

NMB BANK
NIC ASIA

अन्तर प्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

चितवन | चैत २७, २०८०

NTC
Premier Steels

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । 

Muktinath Bank

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधिसँगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त ग¥यो । उपविजेता कोशी प्रदेशले ट्रफी र रजत पदक प्राप्त ग¥यो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले पुरस्कार प्रदान गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट भइन् भने उत्कृष्ट बलर कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी कप्तान बिन्दु रावल भए । फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।


Advertisment
Nabil box
Kumari

 सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेलिन् । लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँरले ११ र रुबि पोदारले ११ रन बनाए ।

Vianet communication

बलिङतर्फ कोशी प्रदेशकी रुविना क्षेत्रीले २, सबनम राइ र सङ्गीता राइले समान एक–एक विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेलिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x