×

NMB BANK
NIC ASIA

बाटोमा कुस्ती जितेर गोल्ड मेडल पाइँदैन, सरकार अल्पमतमा परेको भनेर भन्न मिल्दैन: राजेन्द्र राई

विराटनगर | चैत २८, २०८०

NTC
Premier Steels

केन्द्रमा सत्ता समीकरण फेरिएर नयाँ सरकार बनको एक महिना बढी भइसक्यो । तर, प्रदेशमा भने कतै सरकार फेरिएका छन्, कतै फेरबदलको कसरत भइरहेको छ ।

Muktinath Bank

कोशीमा एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विशेष महाधिवेशनको माग गरेका छन् । तर, नेकपा एकीकृत समाजवादीले भने सरकार छोडेको छैन । एकीकृत समाजवादी केदार कार्की नेतृत्वकै सरकारमै सहभागी छ । एकीकृत समाजवादीका कमल प्रसाद जबेगु भौतिक पूर्वाधार विकास मन्त्री छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार छोड्ने विषयका कुनै निर्णय नभएको संसदीय दलका नेता राजेन्द्र राईले बताए । सरकार बनाउने र गिराउने खेल अहिले एकीकृत समाजवादीका लागि ठूलो कुरा नभएको राईले बताए । ‘हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं,’ उनले भने, ‘अहिले हामी प्रदेशमा भएका गतिविधिलाई सामान्य रूपमा हेरिरहेका छौं ।’ 


Advertisment
Nabil box
Kumari

अहिले दुई दलले गरेको अभ्यासले सरकारलाई कुनै असर नगर्ने उनको तर्क छ । 'कुनै एउटा प्रतियोगिता हुँदै छ । दुई जना प्रतियोगी छन् । बाटोमै भेटर कुस्ताकुस्ती गर्दै एउटाले जित्यो भन्दैमा त्यसले गोल्ड मेडल पाउँदैन । सरकार अल्पमतमा पर्ने भनेको त संसद्‍‌बाट सिद्ध हुनुपर्छ । कि अविश्वासको प्रस्तावबाट सिद्ध हुनु पर्‍यो वा विश्वासको मत नपाउनु पर्‍यो’ उनले भने ।

Vianet communication

विवाहमा बहुमत सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुखले पनि आह्वान नगरेको बेला दाबी गर्दै जानुले मान्यता नपाउने राईको तर्क छ । प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै बहुमत सांसदले हस्ताक्षर लिएर जानु पर्ने उनको भनाइ छ । 

अहिलेको अवस्थामा अदालतमै पुग्नु पर्ने अवस्था सिर्जना भएको उनले बताए  । विशेष अधिवेशनमा सरकार अल्पमत परेको विषय टेबुल हुने आधार नै नरहेको उनको तर्क छ । अहिलेको गतिविधि भनेको रेकर्डका लागि मात्रै भएको उनले बताए ।

‘राजनीतिक  रूपमा राष्ट्रपतिले संविधान मिचेर निर्णय गरेजस्तै पनि प्रदेश प्रमुखले संविधान मिच्नु भयो भने बेग्लै कुरा नत्र अल्पमतमा  परेको भनेर भन्न मिल्दैन,’ राईले भने ‘यद्यपि म सरकार टिकाउने पक्षमा छैन ।’ माथिको गठबन्धनका आधारमा पनि सरकार टिकाउनु पर्छ भन्ने पक्षमा नरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x