×

NMB BANK
NIC ASIA

पीएसजीको घरेलु मैदानमा बार्सिलोनाको जीत

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पीएसजी)लाई स्पेनिस टोली बार्सिलोनाले हराएको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा पीएसजीलाई बार्सिलोनाले ३–२ ले हराएको हो ।

Muktinath Bank

खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । राफिन्हाले गोल गर्दै खेलमा शुरूआती अग्रता दिलाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो हाफको शुरूआती समयमा नै घरेलु टोली खेलमा फर्कियो । ४८औं उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए ।


Advertisment
Nabil box
Kumari

बराबरीको ३ मिनेटपछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । तर, ६२औं मिनेटमा पेड्रीको सुन्दर पासमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

Vianet communication

७७औं मिनेटमा मैदान भित्रिएका आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको‌ पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ । घरेलु मैदान सिभिटास मेट्रोपोलिटनो स्टेडियममा भएको खेलमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमन्डलाई हराएको हो ।

एट्लेटिको म्याड्रिडका लागि खेलको चौथो मिनेटमा रोड्रिगो डि पलले पहिलो गोल गरे । ३२ औँ मिनेटमा स्याम्युल लिनोले अर्को गोल थपे । बोरसिया डर्टमन्डका लागि सेबास्टेन ह्यालरले खेलको ८१ औँ मिनेटमा गरेको गोलबाहेक अरु गोल हुन सकेन ।

क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x