कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
कोशी प्रदेश पछिल्लो समय राजनीतिको प्रयोगशालाजस्तो बनेको छ । विशेषगरी प्रदेश सभाको दोस्रो कार्यकाल शुरू भएदेखि कोशीमा एकपछि अर्को अस्थिर प्रयोग भइरहेका छन् । गत चुनाव (२०७९ मंसिर ४) मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका थिए । चुनावको परिणामपछि केन्द्रमा गठबन्धन फेरियो । माओवादी अध्यक्ष प्रचण्डले राजनीतिमा 'उथलपुथल' गर्दै एमालेलगायत दलहरूसँग सहकार्य गरेर सरकारको नेतृत्व गरे । केन्द्रसँगै प्रदेशमा पनि नयाँ समीकरण बन्यो । राप्रपासमेत कोशी सरकारमा सहभागी भयो ।
२०७९ पुस २४ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बने एमालेका हिक्मतकुमार कार्की । उनले झन्डै ६ महिना सरकारको नेतृत्व गरे । राष्ट्रपति चुनावमा केन्द्रमा गठबन्धन फेरिएपछि एमाले नेतृत्वको सरकार असार १५ मा ढल्यो । बजेट बनाउने बेलामा माओवादीले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए ।
प्रचण्ड फेरि उथलपुथल गरेर पुरानै गठबन्धनमा फर्किएपछि कोशीमा राजनीतिक अस्थिरता सिर्जना भयो । त्यसयता केन्द्रसँगै कोशीमा पनि पटकपटक उथलपुथल भइरहेको छ । कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा (असार २१) मुख्यमन्त्री बने । उनले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेपछि एमाले सर्वाेच्च अदालत पुग्यो । साउन ११ मा अदालतले थापाको नियुक्ति बदर गरिदियो । त्यसपछि सभामुख बाबुराम गौतमको राजीनामा गराएर थापा पुनः साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री बने ।
थापा सरकारको नेतृत्वमा फर्किएपछि भदौ ४ मा विश्वासको मत लिने तयारी थियो । थापालाई विश्वासको मत लिनबाट रोक्न एमालेले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने आफ्ना सांसदलाई अनुपस्थित गरायो । एमालेबाट उपसभामुख बनेकी सृजना दनुवार अचानक ‘बिरामी’ परिन् । प्रदेशसभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले आफैं पनि मुख्यमन्त्री थापालाई मत दिए । त्यो पनि अदालतले बदर गरिदियो । प्रदेश सरकारले पहिलो पटक बजेट होलिडेसमेत मनाउनुपर्ने बाध्यता आयो ।
एमाले फेरि सर्वाेच्च गयो । भदौ २१ गते एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चले परमादेश दियो । भदौ २२ मा एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त भए ।
असोज २० मा विश्वासको मत पाउन नसकेपछि कार्कीले संसद्मा सम्बोधन गर्दै राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान प्रदेश प्रमुख परशुराम खापुङले गरेका थिए ।
तत्कालीन सत्तारूढ गठबन्धनले माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । आङबोलाई छेक्न नेकपा एमाले र कांग्रेसको संस्थापन इतर समूह लागेको थियो । उनीहरू सफल पनि भए । कांग्रेसका ८ सांसदको विद्रोह गराएर एमालेको समर्थनमा असोज २७ मा केदार कार्की मुख्यमन्त्री बने । कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई कात्तिक १ प्रदेशसभामा राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
गएको फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता सहयात्रा तोड्दै एमालेसँग सहयात्रा थालेपछि प्रदेशमा फेरि समीकरण फेरिएको छ । पहिला मुख्यमन्त्री बन्न आङबोलाई छेकेको एमालेलाई भने तिनै आङबोको साथ चाहिएको छ । अहिले एमाले माओवादीले थालेको प्रक्रिया फेरि पनि सर्वाेच्च अदालतमा पुगेर मात्र किनारा लाग्ने अनुमान गर्न थालिएको छ ।
करिब ६ महिनाअगाडि संविधानको धारा १६८ को उपधार ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीको सरकारलाई विस्थापित गर्ने प्रक्रिया प्रदेशसभामा बहुमत सांसद रहेका एमाले र नेकपा माओवादी केन्द्रले प्रक्रियाको प्रारम्भ गरेका छन् ।
कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढाउन एकैसाथ एमाले र माओवादीले पाँच कदम चालेका छन् । सत्ता गठबन्धनले एमाले संसदीय नेता हिक्मतकुमार कार्कीलाई कोशीमा नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । त्यसअनुसार एमालेका ३९ र माओवादीका १३ गरी ५२ सांसदले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभामा दर्ता गरिएको छ ।
गठबन्धनकै दलहरू नेकपा एकीकृत समाजवादीले भने तत्काल सरकारबाट फिर्ता नहुने जनाएको छ । एमाले र माओवादी मात्रै मिल्दा पनि प्रदेशसभामा स्पष्ट बहुमत पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसद चाहिनेमा दुई दलसँग ५२ सांसद छन् ।
सरकारलाई समर्थन दिएका दलहरूले समर्थन फिर्ताको घोषणा गरेसँगै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन् । उनलाई दिएको समर्थन फिर्ता लिने एमाले र माओवादी निर्णयले प्रदेशमा फेरि एकपटक सरकार फेरबदलको खेल दोहोरिने निश्चित भएको छ ।
कोशीमा पछिल्लो पटक भएका राजनीतिक घट्नाक्रमले जटिल मोडमा पुर्याएको छ । सरकार बनाउन उल्लेख भएका संविधानका सबैधारा उपधाराको प्रयोग कोशीमा भएको छ । सरकार गठनको अन्तिम विकल्प मानिएको संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेको दाबी गरेर प्रदेशसभा विघटनगरी नयाँ निर्वाचनको सिफारिस गर्ने राजनीतिक मोडमा केदार कार्की छन् । उनले जोखिमपूर्ण विकल्प मोल्छन् कि मोल्दैनन् त्यो भने हेर्न बाँकी छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...