×

NMB BANK
NIC ASIA

स्तनपान गराउने आमाको दायित्वबोध गरी आदेश : म्याद थपका लागि पेस गर्दा साधारण तारेखमा रिहा

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Premier Steels

भ्रष्टाचार मुद्दामा म्याद थपका लागि पेस गरिएकी एक प्रतिवादीलाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

Muktinath Bank

नाबालकको सुरक्षा र संरक्षणमा आमाको हैसियतले पूरा गर्नुपर्ने तथा आमाको दायित्वसमेत निर्वाह गर्नुपर्ने भएको भन्दै विशेषले यस्तो आदेश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घुस लिएको आरोपमा पक्राउ परेकी पोखरा महानगरकी सबइन्जिनियर उषाकिरण रोकायालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार दोस्रोपटक १५ दिनको म्याद थपका लागि पेश गर्दा विशेष अदालतले उक्त आदेश गरेको हो ।


Advertisment
Nabil box
Kumari

विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो ।

Vianet communication

अख्तियारको टोलीले रोकायासँगै सुरज कुँवर र शिवप्रसाद बराललाई पनि पक्राउ गरेको थियो ।

अनुसन्धानमा प्रतिकूल प्रभाव पार्न सक्ने तथा सबुद प्रमाणसमेत नष्ट गर्न सक्ने स्थिति भएकोले थुनामा नै राखी प्रतिवादीहरूको बयान लिने र थप अनुसन्धानका लागि आयोगले तीनै जनालाई अदालतमा पेस गरेको थियो ।

तर आरोपित मध्येकी रोकायले आफू हिरासतमा रहँदा २६ महिनाको नाबालिका छोरीलाई स्तनपानसहित हेरचाह गर्नुपर्ने दायित्वबाट विमुख हुने भन्दै तारेखमा राखेर अनुसन्धान होस् भनी इजलाससमक्ष अनुरोध गरेकी थिइन् ।

'सो सम्बन्धमा विचार गर्दा बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७(१) से प्रत्येक बालबालिकालाई आफ्नो आमाको उचित हेरचाह संरक्षण पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुने व्यवस्था गरेको समेत परिप्रेक्ष्यमा र निजको अनुसन्धान अधिकारीसमक्ष बयानसमेत भई सकेको देखिँदा नाबालिक छोरीले संरक्षणमा रहन पाउने हक समेतलाई आधार मानी आरोपित उषाकिरण रोकायालाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिब देखिएन । तसर्थ निजलाई तारेखमा राखी अनुसन्धान गर्नू', विशेष अदालतले गरेको आदेशमा उल्लेख छ ।

यस्तै, आरोपित शिवप्रसाद बरालको हकमा वैशाख ४ गतेदेखि लागू हुने गरी पहिलोपटक १० दिनको म्याद थप गरिएको छ ।

त्यसै गरी अर्का प्रतिवादी सुरज कुँवरको हकमा वैशाख ५ गतेदेखि लागू हुने गरी दोस्रोपटक ९ दिनको म्याद थप गरिएको छ ।

बयान लिने, कल डिटेल माग गर्ने, घटनाका साक्षी तथा रोहबरमा बस्ने व्यक्तिहरूको कागज गर्ने परीक्षण प्रतिवेदन प्राप्त गर्ने, स्क्रिप्ट राइटिङ तयार गर्ने कामका लागि म्याद थप गरिएको आदेशमा उल्लेख छ ।

यस्तो छ आदेश

nullnull

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x