×

NMB BANK
NIC ASIA

विधि र पद्धतिमा आधारित कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्दछ : अध्यक्ष नेपाल

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको चाहना अनुरुप शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताएका छन्।
 
कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा अध्यक्ष नेपालले आज शुभकामना सन्देश जारी गर्दै विगतको सबै कमजोरीको आत्मसमीक्षा गरी सही विचार र कार्यदिशा भएको कम्युनिष्ट आचरणको विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताएका हुन् । 

Muktinath Bank

कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोस बढेको बताउँदै उनले भने, “टुट फुट विभाजन र एकताका अनेकौँ श्रृङ्खला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ । मुलुक र जनताका एजेण्डालाई केन्द्र विन्दुमा राखेर विगतका गल्ती नदोहो-याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउन सक्दछ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा अहिले पनि विविधखाले चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको प्रष्ट पारे । 


Advertisment
Nabil box
Kumari

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव  पुष्पलाललगायत सम्पूर्ण संस्थापकहरुको स्मरण गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थासम्म ल्याइ पु-याउन जीवन उत्सर्ग गर्ने सहिदप्रति उच्च सम्मानका साथ  श्रद्धाञ्जली व्यक्त गरे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x