कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेस प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेको जमात बलियो बनेको भन्दै किताव पढ्ने बानी र गहिरो अध्ययन गर्ने बानी हराउँदै गएकामा सम्मेलनका वक्ताले चिन्तासमेत व्यक्त गरेका छन् ।
कार्यक्रममा सङ्घीय सांसद गङ्गाप्रसाद यादवले पुस्तकालयमा पठनपाठन गर्न जाने पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर अगाडि बढ्नुपर्ने बताए।
“पुस्ताकलयमा गएर पढ्ने संस्कृति हराउँदै गएको छ । युवापुस्ता विभिन्न प्रकारका कुलत र दुव्र्यसनमा आकर्षित भएका छन्”, सांसद यादवले भने, “युवालाई चेतना अभिवृद्धि गरी पठन संस्कृतिको विकास नगर्दासम्म सामाजिक विकास गर्न असम्भव छ ।” सांसद यादवले मधेस प्रदेशमा साक्षरता दर कम हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै तीनै तहका सरकारले शिक्षामा प्रसस्त लगानी र उचित वातावरण तयार गर्न जरुरी भएको बताए ।
मधेस प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले मधेसमा पुस्तकालय निर्माणको आवश्यकता भएको जिकिर गर्दै त्यसका लागि आफू लागिपरेको बताए । उनले पठन संस्कृतिको विकास गरेर मात्रै सामाजिक विकास गरी समृद्धिको दिशा देखाउन सकिने बताए ।
नेपाल सामुदायिक पुस्तकालयका महासचिव राजेन्द्र पाण्डे, नेपाल सामुदायिक पुस्तकालय कोशी प्रदेशका अध्यक्ष भरत खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, जे एस मुरारका क्याम्पस लहानका उपप्राध्यापक जितेन्द्रदेव चौधरीलगायतले समाज विकासको जग नै शिक्षा भएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...