×

NIC ASIA

सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका शनिबारदेखि खुल्ने

विराटनगर | जेठ ११, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका भोलि (शनिबार)देखि खुल्ने भएका छन् ।

कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू खुल्न लागेका हुन् । चीनसँग नाका जोडिएका उक्त नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका भोलि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा खोलिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।


Advertisment
Rupse Holidays
Nabil box

किमाथांका नाका बन्द हुँदा सबैभन्दा ठूलो असर भोट खोलामा परेको स्थानीयहरू बताउँछन् ।

Vianet communication

यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए ।

नाका बन्द हुँदा विभिन्न सामग्रीसमेत अभाव हुने गरेको प्रजिअ खड्काले बताए । ‘नाकासम्म पुग्नका लागि २ किलोमिटर ट्रयाक अझै खुलेको छैन’, उनले भने ‘अर्को वर्ष यति बेलासम्म चाहिँ ट्याक्टरसम्म कुद्न सक्छ होला ।’​​

किमाथांकालाई परम्परागत नाका भन्ने गरिएको छ । यो नाका खुल्दा भोटखोलाबासीलाई सहज हुने अनुमान गरिएको छ ।

सदरमुकामबाट सामग्री लिएर जाँदा गाडीबाट ओर्लेर दुई दिन पैदल हिँडेपछि मात्रै यो नाका पुग्न सकिन्छ ।

उत्तरी क्षेत्रमा वि.स.२०३५ सालमा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोट खोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी सारिएको थियो । चीन सरकारले मुहानमा कोरोना संक्रमण देखिएपछि बन्द गरेको थियो ।

नेपाली नाकाभन्दा करिब १५ मिनेट दूरी पर पुगेर उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपस्थितिमा उक्त नाका खोलिने जनाइएको छ । ​

किमाथांका बन्द भएपछि भोट खोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महंगोमा खाद्यान्न ढुवानी गर्दै आएका थिए ।  

भोट खोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथांकाका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।

किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।​

विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन-भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । शनिबार नै एकै साथ १३ जिल्लाको १४ वटै नाका एकै साथ खोलिने जनाइएको छ ।

गोर्खामा दुई वटा नाका पर्छ भने अन्य जिल्लामा १/१ वटा नाका छन् ।

सङ्खुवासभाको किमाथांका, दोलखाको अर्को फालकलगायतका नाका रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x