×

NMB BANK
NIC ASIA

मुख्यसचिव पदको दौड : अधिकारी मध्यमार्गी, रेग्मी नेताका प्यारा, उपाध्याय अप्ठ्यारा

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ५ कात्तिक – कात्तिक ७ गतेदेखि मुख्यसचिवको पद खाली हुँदैछ । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते ५८ वर्षे उमेरहदका कारण घर फर्कंदैछन् । उनी मुख्यसचिवबाट बिदा भएसँगै कर्मचारी प्रशासनले नयाँ नेतृत्व पाउनेछ ।

सरकारका ५० जना सचिवमध्ये वरिष्ठ तीनजना सचिव अहिले मुख्यसचिवको मुख्य दौडमा छन् । प्रधानमन्त्री कार्यालयका सचिवद्वय शंकर अधिकारी एवं ङइन्द्रप्रसाद उपाध्याय र गृहसचिव लोकदर्शन रेग्मी मुख्यसचिवको दौडमा छन् ।

अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि निजामती सेवाको यो प्रमुख पदका लागि प्रतिस्पर्धामा थिए । तर उनीहरू केही दिनअघि सेवानिवृत्त भएका छन् ।

कार्यकाल सकिनुभन्दा एकवर्षअघि नै तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एडीबीको जागिर खान गएपछि सरकारले सचिव क्षेत्रीलाई मुख्यसचिव बनाएको थियो ।

सरकारले वरिष्ठता र कार्यसम्पादनको आधारमा वरिष्ठ तीन सचिवमध्येबाट एकजनालाई मुख्यसचिव बनाउने परम्परा छ । सोही अनुसार हालका तीन वरिष्ठ सचिवहरू अधिकारी, रेग्मी र उपाध्यायमध्येबाट एकजना मुख्यसचिव बन्नेछन् ।

मुख्यसचिवको दौडमा रहेका तीन सचिवमध्ये गृहसचिव रेग्मी निकै बाठा खेलाडीको रूपमा देखिएको समकालीनहरू बताउँछन् । विमलेन्द्र निधिले गृहसचिव बनाएर लगेका उनी जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहमै छन् । तर पछि निधिसँग उनको सम्बन्ध बिग्रेको जानकारहरू बताउँछन् ।

नेताहरूलाई ‘मिलाउन र रिझाउन सक्ने’ भएकै कारणले मन्त्री फेरिएपनि उनी गृहसचिवमै अड्न सकेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

‘रेग्मी नेताका प्यारामध्येका सचिव हुन्,’ एक बहालवाला सचिवले भने, ‘मुख्यसचिवमा उनको चर्चा व्यापक छ ।’
विभिन्न राजनीतिक दलका नेताहरूसँग रेग्मीले निकट सम्बन्ध बनाएको स्रोतहरू दाबी गर्छन् ।

यसबीच उनले प्रधानमन्त्री देउवा र देउवापत्नी आरजुलाई भेट्न अनेक प्रयास गरिरहेको तर भेट पाउन नसकेको स्रोतको दाबी छ । अर्थसचिव हुँदा राजधानीको पाँचतारे होटलबाट महंगो खाजा मगाएर खाने गरेको समाचार बाहिर आएपछि रेग्मीको तीव्र आलोचना भएको थियो ।

वरिष्ठताको आधारमा अधिकारी र उपाध्याय अग्रपंक्तिमा छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी वरिष्ठताको आधारमा सबैभन्दा अघि छन् । निजामती सेवामा इमान्दार सचिवका रूपमा चिनिने उनी हालसम्म विवादमा आएका छैनन् ।

कम बोल्ने र भलाद्मी व्यक्तिको छवि बनाएका उनी वरिष्ठता नमिचेर मुख्यसचिव बनाउने विषयमा प्रधानमन्त्रीले अडान लिए भने मुख्यसचिव हुन सक्नेछन् ।

‘वरिष्ठताका आधारमा त म नै मुख्यसचिव हुनुपर्ने हो,’ उनले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिए । वरिष्ठताको आधारमा अधिकारी नै मुख्यसचिव हुनुपर्ने समकालीनहरू बताउँछन् ।

‘अधिकारी सोझा सचिव हुन्, सोझा मान्छेलाई नै बनाऔं भन्ने कुरा पनि भएको देखिन्छ,’ एकजना सचिवले भने, ‘तर रेग्मी बाठा छन्, त्यस्ता बाठाको अगाडि अधिकारीजस्ता सिधाले अवसर पाए भने राम्रै हुन्थ्यो ।’

मुख्यसचिवको दौडमा रहेका उपाध्याय पनि वरिष्ठमध्येका एक सचिव हुन् । तर उनले नेताहरूसँग सम्बन्ध बनाउन नसकेका कारण उनको मुख्य सचिव बन्ने सम्भावना कम रहेको सिंहदरबारभित्र चर्चा सुनिन्छ ।

‘नेताले जे भन्यो त्यही काम नगर्ने भएकोले पनि उपाध्यायलाई चाहिँ अप्ठ्यारो हुनसक्छ,’ सिंहदरबार स्रोतले भन्यो ।

उपाध्यायले नेताहरूले गराउन खोज्ने गलत कामलाई ठाडै रोक्ने गरेको सचिवहरू बताउँछन् । निजामती सेवामा इमान्दार छवि बनाएका उपाध्यायले ल्हासामा महावाणिज्यदूतका रूपमा काम गरेका थिए ।

उपाध्यायको सफा छविकै कारण सचिवमा बढुवा हुने बेलामा उनलाई तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले सिफारिश गरेका थिए । निजामती सेवामा स्वच्छ छवि बनाएका र केही कामले चर्चा कमाएका मुख्यसचिव पौड्यालले धेरै कम कर्मचारीको प्रशंसा गर्थे । सचिव उपाध्यायको कार्यशैली, इमान्दार प्रयत्न र सोचबाट पौड्याल पनि प्रभावित थिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x