०३ साउन २०८३, आइतबार
सन्दर्भ कांग्रेस केन्द्रीय समिति बैठक

माओवादीबारे झन् आक्रामक बनेर आयो कांग्रेस उपसभापति खड्काको संशोधित नीति प्रस्ताव [पूर्णपाठ]

साउन २२, २०८१
काठमाडौं
माओवादीबारे झन् आक्रामक बनेर आयो कांग्रेस उपसभापति खड्काको संशोधित नीति प्रस्ताव [पूर्णपाठ]

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको ‘नीति प्रस्ताव’ संशोधन भएर आउँदा माओवादीप्रति झनै आक्रामक देखिएको छ ।

खड्काले ल्याएको नीति प्रस्तावमा पहिले माओवादी युद्धलाई ‘२०५२ सालमा माओवादीले चालेको हिंसात्मक द्वन्द्व’ भनिएको थियो ।

भोलि (बुधबार)देखि शुरू हुन लागेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नु अघिको संशोधित प्रस्तावमा ‘२०५२ पछि चालिएको हिंसात्मक सशस्त्र द्वन्द्व’ले थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको र निजी क्षेत्रको गतिविधिलाई सङ्कुचित गराएको उल्लेख छ ।

कांग्रेस महासमिति लगत्तै माओवादीले कांग्रेस छोडेर एमालेसँग २०८० फागुन २१ मा समीकरण बनाउनुको कारणमा खड्काको माओवादीबारे गरिएको टिप्पणीलाई मानिएको थियो ।

सत्ता सहयात्री दलबारे खड्काले गरेको टिप्पणीको त्यतिखेर आलोचना भएको थियो । कांग्रेस र माओवादीबीच निरन्तर सत्ता सहयात्रा भएको भए सो शब्दावलीलाई सच्याउनुपर्ने दबाब खड्कालाई आएको थियो । तर माओवादीलाई छोडेर एमालेसँग मिल्ने स्थिति आएपछि खड्काले माओवादीबारेको कठोर टिप्पणी संशोधन गर्न नचाहेका हुन् ।

तर गत असार ३० गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण फेरिन पुग्यो । यसैले ६ महिनापछि पारित हुन लागेको कांग्रेस महासमितिको निर्णय अघि खड्का माओवादीप्रति झन् आक्रामक देखिएका छन् ।

यस अघिको प्रतिवेदनमा माओवादी हिंसात्मक द्वन्द्व मात्रै भनिएकोमा यसपटक खड्काले सशस्त्र शब्द पनि थपेका छन् । यस अघि सशस्त्र शब्द छुटे पनि संशोधित प्रस्तावमा पुनः उल्लेख गरिएको छ ।

खड्काले २०४८ सालपछिको सुधारले उठ्न लागेको अर्थतन्त्रलाई माओवादीले देशभित्र चलाएको सशस्त्र द्वन्द्वले अघि बढ्न नदिएको उल्लेख गरेका छन् । 

महासमितिको बैठकमा धेरै सदस्यहरूले खड्काको नीति प्रस्तावलाई सच्याउन सुझाव दिएका थिए । तर केही ठाउँमा मात्रै भाषिक विषय मिलाइएको छ । धेरै विषय संशोधन गरिएको छैन ।​​​

यस्तो छ संशोधित नीति प्रस्तावको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्