०३ साउन २०८३, आइतबार

कविता : पश्चाताप

कात्तिक २०, २०७४
कविता :  पश्चाताप


हाँसौखेलौँ दुइदिन यहाँ के छ खै भोलि लानु
के के फोस्रा गफ दिनु हरे पर्दछ भूलि जानू
पैसा भन्दै कति पल विते सक्किए बैँस सारा
छुटे चाडैँ समय अहिले साथ छन् जुनतारा ।।

मेरोमेरो भनिभनिकनै आएथे दुष्ट बन्दै
छोडे धर्ती नलिइ धन यी छैन औचित्य भन्दै
हाँस्दै बाँच्दा सहज तिमीले भुल्ने छौँ दुख् सारा
डुब्ने डुङगासरि मनुजको आउनेछन् अध्याँरा ।।

केही नोलो अनि भरसिलो काममै जोड राखौँ
छुट्यो गाडी समय डुबिगो भन्नु पूर्व नि जागौँ
हाँस्दै हुन्छन् हरबखत यी ओइलेरै फूल सारा
गर्दै हुन्छन् ढुकुर वनमा प्रीतका गीत प्यारा ।।

मान्छे मात्रै किन अबुझ भै भुल्छ कर्तब्य फेरी
मृत्युसामू अमर रहने कार्य खोजौँ न केही
रम्दै बाँचौँ दुइदिन यही जिन्दगी साथ हूदैँ
सोचौँ भाई समय रहदैँ गुज्रला भोलि रुदैँ ।।

कान्ति रोचना, तीनघरे ।

salt training

कमेन्ट गर्नुहोस्