![बाढीपहिरोले अवरुद्ध सडक खुल्न थालेसँगै नयाँ बसपार्कमा घर जानेको चहलपहल [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/buspark_yatra_6_gqqSBZ3Izk.jpg)
बाढीपहिरोले अवरुद्ध सडक खुल्न थालेसँगै काठमाडौंबाट बाहिरिने यात्रुहरूको चहलपहल बढ्न थालेको छ ।

सडक खुल्न थालेसँगै स्थलमार्गबाट दशैंमा घर जाने यात्रुहरूको चहलपहल बढेको हो ।
काठमाडौंको गोगबुस्थित नयाँ बस पार्कमा बाहिरिने यात्रुको चहलपहल बढेको छ ।

यसपालि चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको थियो । तर, लगातारको वर्षाले उपत्यकासहित ठाउँ ठाउँमा व्यापक क्षति गरेपछि भने कमै मात्रै बाहिरिने आकलन छ ।





