![सुनकोशी नदीमा बेली ब्रिज जडान गर्दै नेपाली सेना [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/SR_Bridge_4_jKZpnijIcs.jpg)
नेपाली सेनाले सुनकोशी नदीमा बेली ब्रिज जडान गर्न शुरू गरेको छ ।
अविरल वर्षासँगैको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका- ६ जोड्ने पुल बगेको थियो ।
बीपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बाढीले बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न असोज १९ गतेबाट खटिएको प्राविधिकसहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आज बेली ब्रिज जडान कार्य शुरू गरेको हो ।
तस्वीरहरू : नेपाली सेना


