
सरकारले अछामको साँफेबगरमा जग्गा एकीकृत आयोजना सञ्चालन गर्न स्वीकृति दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जग्गा एकीकृत आयोजना सञ्चालन गर्न स्वीकृति दिएको बताए ।
साँफेबगर नगरपालिका–६ मा नयाँ शहरका लागि ८० करोड रूपैयाँ बराबरको लागत अनुमान गरिएको थियो । नयाँ शहरमा बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्कजस्ता भौतिक पूर्वाधार निर्माण गर्ने योजना छ।
आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसंख्या तथा यातायातको सुविधाका आधारमा सरकारले २० वर्षीय गुरुयोजना तयार गरी साँफेबगर र पाटनमा नयाँ शहर विकास गर्ने लक्ष्य राखेको १३ वर्ष भइसकेको छ।