×

NMB BANK
NIC ASIA

ललितपुर, ७ मंसिर– मंगलबार ललितपुर महालक्ष्मी नगरपालिकाको सिस्नेरीमा ठूलो आवाजमा वाम गठबन्धनको गीत घन्कियो । 

Muktinath Bank

‘स्वाधिनता र समाजवाद सवृद्धिको नारा, 
उठौ, जागौं कम्युनिष्टहरु ए नेपाली सारा !!’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुर क्षेत्रनंबर दुईका प्रतिनिधि सभा उम्मेदवार कृष्णलाल महर्जन र  प्रदेशसभाका उम्मेदवार माधव पौडेल एमाले र माओवादीका कार्यकर्ताको  साथमा थिए ।
ललितपुर क्षेत्र नंबर दुईमा प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमालेकै नेताहरुको उम्मेदवारी रहेपनि चुनावी घरदैलो अभियानमा एमाले र माओवादी दुवै पार्टिका कार्यकताको साथमा महर्जन र पौडेल घरदैलो अभियानमा हिडेका थिए ।


Advertisment
Nabil box
Kumari

गाउँमा ठूलो स्वारमा स्पीकर बजाउँदै मतदाताको घरघरमा पुगेर आफ्नो पाटिको चुनाव चिन्ह देखाउदै उम्मेदवारहरुले हात जोडेर भोट मागे । उनीहरुसंगै रहेका सहयोगीहरुले महर्जन र पौडेलको चुनावी घोषणा पत्र मतदाताको हातमा थमाइदिएर सुर्यमा भोट हाल्न आग्रह गरे ।

Vianet communication

एमालेका एक कार्यकर्ताको घरमा चुनावी घरदैलो अभियान सकेर वामगठबन्धका कार्यकर्ताहरु खाना खाने तयारी गर्दै थिए । ठूलो आवाजमा वामपन्थीको प्रसंशा र नाराको गित लगातार बजिरहेको थियो ।
सोही कार्यक्रम भएको घर नजिकै एउटा घरमा ८९ वर्र्षीया कान्छा भुजेल निगालो हातमा लिएर डोको बुन्दै थिए । डोको बुन्न व्यस्त रहेका भुजेललाई ठूलो आवाजमा धन्किएको चुनावी गीतको कुनै वास्ता थिएन ।  चाउरी परेको

बुढेउली अनुहारमा नत चुनावको रौनक देखिन्थ्यो ।

बाटोकै छेउमा घरको पिढिमा बसेर उनी डोको बुन्दै थिए ।
त्यही बाटो हुदै एकजना युवा आएर उनलाई  बोलाए ‘ए बुबा जाम त्यता तिर चुनावी कार्यक्रम हेर्न ।’
उनको आग्रहलाई अस्वीकार गर्दै भुजेलले भने, ‘जुन नेता आएपनि हामीलाई के हुन्छ र जाउ जाउ म जाँदिन ।’ उनी एकनासले डोको बुन्न थाले ।

आँखा अगाडीरहेको मानिसको चहलपहल र चुनावी रौनको उनलाई कुनै वास्ता थिएन ।
‘चुनावको बेला हामीसंग हात जोडेर भोट माग्न आउछन् । जस्लाई दिएपनि हुने केही भएन,’ लोकान्तरलाई  भने, ‘हामी गरिवलाई केही न केही ! ओठ मुख सुकाएर दिनभरी लाइन बसेर भोट हाल्ने मात्रै त हो । जुन नेताले पनि आसा मात्रै देखाउने हुन् । ’

भूकम्पले भत्किएको घर देखाउँदै उनले थपे, ‘अहिलेसम्म भूकम्पले भत्काएको घर बनाउन नसकेर टहराकै बास छ । नेतालाई भोट हालेर के पो भा छ र?’
सरकारले दिएको ५० हजारले घर नपुग्ने र आफुसंग अरु पैसा नहुदा घर बनाउन सुरु नै  नगरेको उनको भनाइ छ ।
राजनीति प्रति चासा राख्ने केही मानिस बाहेक अन्य स्थानीयलाई चुनावको कुनै रौनक थिएन ।

सिस्नेकीकै कमला पौडेलले पनि नेताहरु भोट माग्न मात्रै आफ्नो अगाडि आउने गरेको बताइन् । ‘अहिले यस्तो गर्छु उस्तो गर्छु भनेर आउँछन् । मलाई त कुनै पनि उम्मेदवारको विस्वास लाग्दैन । जसलाई भोट हालेपनि जितेर गएपछि भोट हाल्नेलाई विर्सन्छन् । उहाँहरुको प्रतिवद्धता चुनाव जित्नलाई मात्रै हो ।’

कमला संगै रहेका २१ वर्षीया प्रविन पौडेलले थपे, ‘नेताहरुले घोषणा पत्र बनाउने मात्रै हुन् । कुरा मात्रै गर्छन् काम गर्ने होइनन् । पार्टिका नेताहरु घरमा आएर हामीलाई जिताउनु यस्तो गर्छु उस्तो गर्छु भन्छन् । मलाई त विस्वास लाग्दैन उनीहरुको ।’

यता दुई पार्टिका कार्यकर्ताको साथमा जनताको घरदैलोमा पुगेका खुसी भएको प्रतिनिधि सभाका उम्मेदवार कृष्णलाल महर्जनले जनताहरु आफुप्रति सकारात्मक रहेको बताए । ‘चुनावी अभियान धेरै राम्रो भएको छ । दुई कम्युनिष्टहरु एक साथ मिलेर आउँदा जनताहरु धेरै खुसी भएका छन्,’  महर्जनले ‘दिगो सरकार नहुदा योजनाहरु अलपत्र छन् । धुँवा धुलोको समस्या खानेपानीको समस्या भएको मतदाताको गुनासो छ । वाम गठबन्धनको सरकार बनेमा देशमा दिगो विकास हुन्छ भनेर प्रतिबद्धता जनाउँदै भोट मागेको छु ।’

महर्जनले ललितपुरको सडकमा व्याप्त रहेको धुलो, धुवाँ हटाउने, ललितपुर र महालक्ष्मी महानगरपालिकाको सडक,ढल व्यवस्थापन गर्ने, ऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निमाण गर्ने, नगरहरुलाई व्यवस्थित र सुविधायुक्त बनाउने, युवाहरुको सक्रियतामा ललितपुरलाई विश्वकैपर्यटन गन्तव्यको रुपमा विकास गर्ने लगायतका बुँदागत रुपना नै ३२ वटा  प्रतिवद्धताहरु बनाएर मततादाको घरघरमा पुगेका छन् । 
यस्तै लोकातान्त्रिक गठबन्धनका उम्मेदवार  चन्द्र महर्जनले पनि मंगलबार बिहान महालक्ष्मी नगरपालिकाको विभिन्न ठाउँमा चुनावी घरदैलो अभियान चलाए । उनी पनि मतदाताको घरघरमा पुगेर आफ्नो योजनाहरु सुनाउदै आफुलाई भोट दिन आग्रह गरिरहेका छन् । 

कांग्रेसका चन्द्र महर्जनले शान्ति र संविधान कार्यन्वयन गर्ने, ललितपुरको शिक्षा, स्वास्थ्य, खानेपाली, सडक, पर्यटन रोजगारी लगायतका विषयलाई समेटेर २१ बुँदामा आफ्नो प्रतिबद्धता पत्र उम्मेदवार सामु पु¥याएका छन् ।
चुनावी अभियानकै क्रमम रहेका उम्मेदवार चन्द्र महर्जनले जनताले संविधान कार्यन्वयनका लागि आफुलाई जिताउने विश्वास लिएका छन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनमा  मतदाताले आफुलाई भोट हालेर जिताउने दुबै गठबन्धनका उम्मेदवारको दावी छ । 

भोट माग्दै गाउँ पुगेका उम्मेदवारको प्रतिवद्धतालाई ललितपुरका मतदाताले विश्वास गरेका छैनन् । हरेक निर्वाचनमा भोट माग्न आउने र जितेपछि गाउँ नफर्कने उम्मेदवारको बानी मतदाताले पहिचान गरिसकेका छन् ।  उम्मेदवारहरु उत्साहका साथ भोटमाग्न गाउँ पसेपनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रति उम्मेदवारको उत्साह कम देखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x